२०८१ बैशाख १, शनिबार | Sat, 13, Apr, 2024

सामाजिक सञ्जालको माध्यमले वावा चिन्नु पर्दाको पिडा


३६०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ९, बुधबार मा प्रकाशित ४ साल अघि
  • मेरो मनको देउता
    धेरै धेरै माँया अनि सम्झना हजुर्लाइ….

    काठमाडौ विमानस्थल बाहिर पट्टि बसेर मैले आँसु बगाउँदै हजुलाई बिदाइका हातहरु हल्लाउँदै गर्दा विशाल आकाश बाट धर्तिमा आएर कुनै चीलले कुखुरा टिपेझैं एउटा हवाइजहाँजले ९ बर्षसम्म कुनै एकपल पनि नछुटेर आफ्नो अङ्गालोमा बाधेर राखेको मेरो मन्को राजा मेरो प्राण लाई यसरी एकपलमै मेरो साथ बाट चटक्कै उडाएर लैजाला भन्ने लाग्नत नलागेको हैन तर पत्याउन सकेको थिइनँ किन भने म उहाँलाई बिदाइ गर्नैको लागि विमानस्थल गयको थिएँ ।बिशाल गगनको त्यो सेतो बादलुको घुम्टो भित्र हजुर हराउँदा मेरो मन्को कालो बादल चर्कियर भयको जलरुपि अश्रुबर्षालाई रोक्न म राम्रो स्रोत आइपुगें है सानु भन्ने मीठो प्रेम भरियको बचनको पर्खाइ गर्नु परेको थियो मैले ।

    जिन्दगीमा हजुर्ले दिनुभएको माँया प्रेम लाई जिउने सहारा बनाएर बाँचेको मान्छे म कहिले कसो आउने हजुर्र्को म्यासेज र फोटो हेरेर कति खुशी हुनेगर्छु त्यो हजुर्लाइ के थाहा । तिनै म्यासेज हरुलाइ दोहिर्याइ तेहेर्याइ पढेर कहिले हाँस्छु कहिले रुन्छु तर किन है भनेर नसोध्नु होला हजुर आउनु भएपछी म यतै भनम्ला । बगर लागेको माछाले खोली भेटेझैं हजुर्लाइ झम्टेर हजुर्र्को अंगालोमा बेरिएर एकपटक धोको फेरेर रुने मन्छ किनकी त्यसपछी कहिले रुन नपरोस ।

    सानो छोराले बाबा कति बिदेश बस्नु भाको हाम्रो माँया लाग्दैन जस्तो छ बाबालाइ हगि मामु भन्दा मलाइ कति रीस उठ्छ तर के गरम उ पाँच महिनाको हुँदा हिन्नुभएको हजुर अहिले उ ५ बर्षको भैसक्दा पनि प्रत्यक्ष देख्नपाएको छैन इमो र म्यासेन्जरमा हेरेर आफ्नो बाबालाइ चिन्नु पर्दाको पीँडा उस्ले यसरी ब्यक्त गर्छ । बिचरा बालख लाई के थाहा हजुर्ले परदेशमा बगाउनु भएको हरेक थोपा पसिना ले उनिहरिको भबिस्य निर्धारण गर्दछ भनेर । तर मलाइ लाग्छ हाम्रो छोराको त्यो प्रश्नले हाम्रो मात्र नभएर सम्पुर्ण वैदेशिक रोजगारिमा गएका हरुको सन्तानको प्रतिनिधित्व गर्छ । समय आएपछी उस्ले पनि सबैकुरा बुझ्नेछ । उस्लाइ थाहा हुनेछ कि भोलि उ खाडिमा गएर दुःख गर्नु नपरोस भनेर आज हजुरले खाडिमा पसिना बगाइरहनु भएको छ ।

    हजुर्लाइ थाहा छकि छैन कुन्नी तल जस्ताघरे ठुल्दाइकी बुहारी सीता घरछोडेर बाटो लागी । सबैले गरेको संका हेलाँ अनि छुद्र व्यबहारले उस्लाइ गरिखान अनि घर गरेर बस्न दिएन । त्यसमाथी परदेश बस्ने लोग्नेले अरुको कुरा सुनेर तथानाम भनेर गाली गरेपछी टिक्न बस्न सकिनँ बिचरी । हजुर्लाइ त केथाहा तर म भाठाउँमा आएर रुन्थी उस्को लोग्नेलाइ भएको नभएको कुराले कान भरेर तिनिहरुको बस्दै गरेको रमाइलो प्रेमको संसार पुरै उजाड बनाइदिए अपराधी हरुले । उ घरछोडेर हिन्ने भन्दा अघिल्लो साँझ मलाइ भेट्न आएकी थिइ । अब के गर्ने त सीता कता जान्छेस भनेर सोध्दा कर्मले जता लैजान्छ त्यतै जान्छु तर पोइल भने जान्न कान्छी आमा भन्दै रुन्थी, उहाँले मेरो मायालाइ नबुझेपनी मैले कुनै अपराध गरेकी छैन उहाँ आउनु हुँदा म मरेछु भनेपनी उहाँलाई म गलत थिइनँ भनिदिनुस है कान्छी आमा भन्दै थिइन ।

    सबै राम्रा हुन्छन् र छन् त मपनी भन्दिनँ किनकी क्षणिक सन्तुष्टिको लालचमा डुबुल्की मार्नेहरुको जमात बढेको छ अहिले भन्ने सुन्छु तर सामाजिक संजालमा समाचार आएजस्तो त्यति धेरै नराम्रो पनि भैसकेको छ जस्तो मलाइ लाग्दैन । आफ्नो अनि सन्तानको भबिस्यको लागी मरुभुमीको प्रचन्ड गर्मिमा तप तप पसिना चुहाएर घरधान्ने श्रीमान लाइ झुक्याएर आफुले नौमहिना गर्भमा राखेर प्रशवपीँडा भोग्दै जन्माएका लालाबाला को उज्यालो भबिष्य लाई खाल्डोमा हाल्ने अधिकार कसैलाइ पनि छैन र हुँदैन पनि तर सबैले यो कुरा बुझेका छन् भनेर म ठोकुवा पनि गर्दिनँ । मन्को मन्दिरमा सजायको मुर्तिझैँ भगवान् स्वरुप परदेश बाट फर्केका श्रीमानका ठेला उठेका हातमा प्रेमसहित आफ्नो माँया र जिम्मेवारी सुम्पन आतुर कति चेली हरु छन् जस्को पबित्रतामा कुनै खोट लगाउन सकिने स्थिती छैन । तर अहिलेत बास्तविक सुनेर बुझेर र हेरेर भन्दापनी धेरै त शंका उपशंका अनि अरुको कुरा सुनेर भएको झगडाले धेरै घरहरु बिग्रेको देखेकी छु मैले यहाँ ।

    हजुर हिन्नु भएको दिनदेखी हजुर्ले भन्नू भएझैं आत्मनिर्भर बन्नको लागि मैलेपनी सिलाइ कटाइको काम सिकेको छु, लाग्छ अब कोर्स छिट्टै पुरागर्नेछु अनिआफ्नै सानो केही ब्यबसाय सुरु गर्नेछु । यहाँ मैले कमाएर डेरा भाडा खानाखर्च र बच्चाको पढाइ खर्च मात्र पनि आफैं तिर्न सक्ने भएँ भने हजुरको कमाइलाइ बचत गरेर डेरा बाट आफ्नै घरमा छिर्ने रहर पुराहुन धेरै समय लाग्ने छैन हामिलाइ । हाम्रो सानो घरहोला भन्ने गित मेरोलागी अहिलेको सपना हो अनि संकल्प पनि हो जस्लाइ हामिले जसैगरी पनि पुरागर्नु पर्नेछ । म त्यसैको तयारी मा छु । थाहा छ हजुरलाइ हिजो हामिलाइ कहिले मतलब नगर्ने हाम्रा आफ्नाहरु अहिले हामिलाइ निकै सम्झिनँ थालेका छन । हामिले जोरपाटीमा घडेरी किनेको दिनदेखी सबैको ध्यान अहिले हामितिरै छ । अब त्यो घडेरीमा सानो एउटा घर बनाउनु छ । त्यस्पछी जिन्दगी खुशी कटाउने रहर छ हजुर्र्को प्रेममय अंगालोमा ।

    मत भन्छु हजुरले यता घरतिरको केही चिन्ता गर्नुपर्दैन आफ्नो ज्यानको ख्याल राख्नु होला गर्र्मी निकै होला सकेसम्म गर्र्मीमा जोगिनु होला आफ्नो स्वास्थ प्रति सजग रहनु होला । हुनत मैले भन्दा नराम्रा ेलाग्न सक्छ तरपनी भन्नै पर्छ के गरम । खाडिमा रक्सी पाइन्न भन्छन् कतैकतै महँगो तिरेर किनेर खान्छन रे नेपालिले भनेको पनि सुनेको छु । यता हुनेबेला रमाइलो र पार्टिको बहानामा हल्का पिउने गरेको मान्छे हजुरलाइ मन थाम्नत गाह्रोे भएकै होला तर प्लिज त्यस्तो केही नसा लिनु भन्दा पहिले म र छोरालाइ सम्झनुहोला हजुरलाइ नसाको मोह हुने छैन । मैले संका मानेको जस्तो नमान्नु होला है मैले त्यस्तो सोचेको हैननी मात्र खराब संगत बाट जोगिनुस है भन्न खोजेकी मात्रहो ।

    हजुर जहिले पनि म अनलाइन आइनँ भनेर रिसाउनु हुन्छ त्यही भएर भन्छु हजुर्र्को फुर्सत भएपछी फोनमा मिसकल हान्नु म अनलाइन आइहाल्छु नि फोन काटेर है । मेरो लागि बोल्ने मान्छे हजुरबाहेक कोहि छैन अनि बकम्फुसे कुराको लागि फुर्सतपनी छैन त्यसैले म खासै आनाबस्यक रुपमा अनलाइन बस्ने गरेकी छैन । मलाइ त यो फेसबुक पनि खोल्न मन थिएन हजुर्र्को चित्त बुझाउन मात्र खोलेकी हुँ । किनकी मलाइ थाहा छ बढेको खहरेको धमिलो खोलामा बल्छी हान्ने धेरै भेटिन्छन यो सामाजिक संजाल मा म त जोगिएको छु र जोगिन्छु पनि हजुर्र्काे सोझो पनको फाइदा उठाउलान कसैले हजुरपनी जोगिनु होला है ।
    अन्त्यमा, मनभरी मिलनको सपना सजाएर नौडाँडापारी हजुर्लाइ कुरिरहेकी हजुर्र्की भुन्टी आजलाइ कलम यतिमै बन्द गर्ने अनुमती माग्दछु । बाँकि कुरा अर्र्को पल्ट अर्र्को म्यासेन्जर पत्रमा लेखम्ला । मलाइ बिस्वास छ हजुर्ले पनि यो पत्रको जवाफ यसैगरी म्यासेन्जर पत्रको रुपमा दिनुहुनेछ । अहिले लाइ सम्झनाका लहर हरु छोड्दै यतिमै बिदा माग्दछु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार