२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

शिक्षक ब्यवस्थापना को सन्दर्भ


३४६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ९, बुधबार मा प्रकाशित ४ साल अघि
  • सर्वोत्तम गिरी

    लामो समयको राजनीतिक संक्रमणपश्चात् नेपालमा स्थिर सरकारको गठन भएको छ । संक्रमणकालको बेथितिको अन्त्य गर्दै बर्तमान समय सान्दर्भिक बिकासको निकास दिनु राज्य सरकारको लागि चुनौतिको बिषय छ । राष्ट्रनिर्माण को मेरुदन्ड को रुपमा रहेको शिक्षाको निती निर्माण र यसको ब्यवस्थापना मा राज्य चुक्ने बित्तिकै बिकासको गती अबरुद्ध हुन्छ । सम्रिद्धिको महान अभियानमा धक्का लाग्न सक्छ।

    शैक्षिक बिकासको महत्वपूर्ण पक्षको रुपमा शिक्षक ब्यवस्थापनाको रहेको छ। राज्यको लगानी रहेको सामुदायिक बिद्यालयको शैक्षिक उपलब्धी निरासाजनक रहनुमा शिक्षकको सहि ब्यवस्थापना हुन नसक्नु मुल कारण मध्ये एक रहेको छ। यसै सन्दर्भमा UNESCO ले भन्छ , “Teachers are at the heart of the learning process. They strongly influence both the quality of education that children receive at school and eventually their learning outcomes. Effective teacher management is therefore essential to success of any education system.”

    हाल नेपालका सामुदायिक बिद्यालयमा बिभिन्न किसिमका शिक्षक सिकाइ क्रियाकलापमा संलग्न छन । स्थाइ, आस्थाइ, उमाबी , राहात , करार, साके , निजिश्रोत , सट्टा , लियन , ज्यालादारी आदी । यस आलेखमा स्थाइ बाहेक राज्यको तलब सुबिधा प्राप्त गर्ने शिक्षकको ब्यवस्थापना को सन्दर्भ उजागर गर्न खोजिएको छ ।

    सँगै एउटै बिद्यालय र उही तहमा कार्यरत शिक्षक छन तर प्रकृती फरक छ। समान काम छ तर ज्याला फरक छ। अझ धेरै मिहेनत गर्नुपर्ने बाध्यता छ । शिक्षाकका उल्लेखित बिबिधताले सिर्जना गर्ने मनोबैगानिक , सामाजिक सुझबुझ फरक पर्दछ । एउटा चरणको परिक्षा पास गरेर स्थाइ हुने ले अन्य प्रकृतिका शिक्षकलाइ हेयको दृष्टिुकोणले हेर्ने र राज्यले समेटा भेद गर्ने परिस्थिती रहेको छ ।

    करार वा आस्थाइ निस्चित समयका लागि हुन्छ । तर हामीकहा ६० बर्ष उमेर कटेर सेवाबाट बाहिरिदासम्म समेत राज्यको भेदको शिकार हुन वाध्य छन नेपाली शिक्षाकहरु । बिद्यालय , परिवार र समाजबाट समेत तिरस्क्रित हुनुपर्ने र शिक्षक आँफै उक्त कार्यरत समयावधिभरी अनिश्चितता , डर र त्रास मा शीक्षण गर्नुपर्ने बाध्यता बाट गुज्रिरहेका छन हाम्रा शिक्षाकहरु। प्र अ , बिब्यस, जनप्रतिनिधी , र तथाकथित ठालुहरुबाट कतिबेला जागिरबाट निश्कासित हुनुपर्ने हो भन्ने चिन्ताबाट ग्रस्त हुनुपरिरहेको छ नेपाली शिक्षकहरु । अनी जागिर जोगाउन गुलामी , चाकडी जस्ता शिप बिकासमा केन्द्रित हुनुपर्ने अवस्थामा समेटा छन हाम्रा शिक्षकहरु।

    राष्ट्रका होनहार जनशक्ती बिकास गर्नुपर्ने शिक्षक निराशा , चिन्ता, डर र अनिश्चितताको भुमरिबाट गुज्रदै गर्दा , तिनिहरुबाट दिक्षित जनशक्तिबाट राष्ट्रले कसरी फाईदा लिन सक्लारु ज्ञान दिने शिक्षकको सहि ब्यवस्थापना गर्न नसक्ने राज्य सरकारले अन्य राष्ट्र निर्माणका पक्षहरुको सहि ब्यवस्थापन कसरी गर्लारु संकाको कुरा छ । अनी त्यो ब्यवस्थापनले साच्चै सम्रिद्धिको होडमा बिजयको झन्डा फहराउन सकिएलारु

    दुई तिहाइ सरकार निर्माण आँफैमा ठुलो एतिहासिक उपलब्धी हो । अब यसलेनै शैक्षिक बिकिर्ती र बिसंगती अन्त्यमा निर्णयक भूमिका खेल्नेछ भन्ने ठुलो आसा र भरोशा छ । अब यसले कहिले र कसरी उमाबी, राहत, जस्ता भेदको शिकारमा परेका शिक्षक र कर्मचारीको ब्यवस्थापना गर्छ हेर्न बाँकी छ । सरकार सन्चालनको यो चरणमा यस सरकारलाई लामो समयदेखिको शैक्षिक बेथिती अन्त्यको महत्वपूर्ण पाटो शिक्षक ब्यवस्थापन सम्पन्न गर्ने एतिहासिक अवसर जुटेको छ। यो कार्य समयमै सम्पन्न होस् । शुभकामना।

    ऋजबत ऋयलखभचकबतष्यल भ्लम
    त्थउभ ब mभककबनभ।।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार