२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

कोरोना तथा ग्लोबल पोलिटिक्स


३३७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २४, सोमबार मा प्रकाशित ४ साल अघि
  • विशाल घिमिरे
    सामान्यतया जब हामिले अन्तराष्ट्रिय शक्तिको बारेमा चिन्तन गर्छौ हाम्रो मष्तिस्कमा स्वतस्फुर्तरुपमा अमेरिकाको नाम उत्पन्न हुने गर्दछ । कारण एउटै छ कि वर्तमान समयसम्म आउदा अमेरिकालाई आर्थिक तथा सैन्य द्रिष्टिकोणले विश्वको सर्वाधिक शक्तिशालि राष्ट्र मानिन्छ । साथै अमेरिकाले जसरि आर्थिक तथा राजनैतिक पद्धतिमा उदारवादि नितिको वकालत तथा प्रोत्साहनमा नेतृत्वदायि भुमिका निर्वाह गर्दै आएको छ र आफ्नो ग्लोवल स्ट्राट्रेजिहरु जस्तै सैन्य प्रभुत्व एवम् आर्थिक उन्नतिलागि जसरि सबैभन्दा अग्रगामि रुपमा प्रयत्नरत छ यसले यो राष्ट्रलाई विश्वमै प्रभाावशालि बनाउन सफल भएको छ ।

    वर्तमान समयमा कोरोना प्रकोपको परिप्रेक्ष्यमा विश्वले कल्पना र चहाना गर्ने भुमिका के अमेरिकाले देखाइरहेको छ ? अमेरिकालाई जसरि अनुभुति गरिदै आएको छ त्यसले गर्दा यो प्रश्न जनमानसमा उब्जनु स्वभाविक हो । यो लेख लेख्दै गर्दाको समयसम्म विश्वमा कोरोनाबाट संक्रमित हुनेको सङख्या १२ लाख १५ हजार भन्दा बढि रहेको छ जसमध्य अमेरिकामा मात्र संक्रमण हुनेको सङख्या ३ लाख ११ हजार भन्दा बढि पाइएको छ । एप्रिल ४ मा मात्र अमेरिकामा ३४ हजार भन्दा बढिमा कोरोना सक्रमण पाइयो र यो अनुपात बृद्धि हुदै जाने देखिन्छ र यसले अमेरिकाको कोरोना रोकथामको क्षमतामा मात्र प्रश्न चिन्ह खडा गरेको छैन बरु भोलिको भयावह अमेरिकाको परिकल्पना सबैको मनसपटलमा श्रीजना गरेको छ ।

    कोरोनाको सन्दर्भमा चीनको कुरा गर्दा चीनले कोरोना सक्रमणलाई चमत्कारिक रुपमा न्युनिकरण मात्र गरेको मात्र छैन बरु विश्वलाईनै आश्चर्य चकित तुल्याउदै कोरोना सक्रमणबाट चपेटामा परेका राष्ट्रहरुका लागि सहयोग शुरु गरिसकेको छ । गएको हप्ता चीनले कम्बोडियालाई पर्याप्त टेस्टिङ् किट्स, इटली र फ्रान्सलाई भेन्टिलेटरस, मास्क तथा स्वास्थ्य जनशक्ति सहयोग गरेको छ । अमेरिकालाई पनि १००० भेन्टिलेटरस सहयोग गरिसकेको चीनले अन्य कोरोना संक्रमण बढीरहेको राष्ट्रहरुलाई सहयोगको लागि तत्परता देखाएको छ । सन १९५६ को स्वेज क्राइसिस ( Suez Crisis) पछि बेलायतले ग्लोबल पावरको श्रेणिबाट जसरि पछि हट्नु प¥यो त्यसरिनै के अमेरिकाले ग्लोबल पोलिटिक्सको नेतृत्व चीनलाई दिनेछ कि छैन भन्ने प्रश्नको उत्तर अमेरिकाको आगामि भुमिकाले तय गर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार