२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

कोरोना प्रकोपका षड्यन्त्र सिद्धान्तहरु Conspiracy Theories


२३३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २६, बुधबार मा प्रकाशित ४ साल अघि
  • विशाल घिमिरे
    कोरोना भाइरस प्रकोपको कारणको विषयमा विभिन्न राष्ट्र, निकाय तथा व्यक्तिहरुबाट फरक प्रकृतिका अनुमान, आरोप एवम् टिका टिप्पणि सुनिदै र पढिदै आइएको भएपनि यस प्रकोपको ठोस कारण यहि हो भन्ने परिस्थिति सिर्जित भइनसकेको परिवेश छ । तर एउटा सर्वविदित वास्तविकता चाहि के हो भने यो भाइरसको संक्रमणको सुरुवात चीनको वुहानबाटनै शुरु भएको हो । चीनले कोरोनाको उत्तपत्ति तथा संक्रमणको विषयमा आफ्नो सञ्चार माध्यमबाट स्पस्ट पारिसकेको छ कि यो भाइरस वुहान शहरको एउटा सिफुड मार्केटमा अवैध व्यापार गरिने जनावरबाट मानिसमा सरेको हो । साथै वुहान शहरमा कोरोना सक्रमण पश्चात वुहान इन्स्टिच्युट फर भाइरोलोजिको एउटा टिमले कोरोनाको ९६ प्रतिशथ जेनेटिक मेकअप चमेरोमा संक्रमण हुने कोरोना भाइरससँग मिल्ने हुदा चमेरोबाट मानिसमा सरेको हुनसक्ने तथ्य प्रस्तुत गरे लगत्तै ग्वाङ्झौको साउथ चाइना एग्रिकल्चरल युनिभर्सिटिका वैज्ञानिकहरुले यस भाइरसको ९९ प्रतिशत जेनेटिक म्याच प्याङ्गोलिनमा पाइने कोरोनासँग रहेको तथ्य प्रस्तुत गरिसकेपछि चीन तथा विश्वमानै यसको उत्तपत्तिको विषयका झन अन्यौलको वातावरण सृजित भएको छ ।

    कोरोना भाइरसको प्रकोप बढेसँगै यसको उत्तपत्तिको विषयका विभिन्न षड्यन्त्रका सिद्धान्तहरु ( Conspiracy Theories) प्रतिपादित भएका छन् । विशेषगरि कोरोना उत्तपत्तिको विषयमा दुई भर्सनका पश्चिमि प्रोपागाण्डाहरु मिडियामा तरङ्गित भएका छन् र दुवै भर्सनका साझा अवधारणा के छ भने कोरोना भाइरसलाई वुहान शहरको प्रयोगशालामा बनाइएको हो । पहिलो भर्सन अनुसार यो भाइरसलााई मानविय तथा आर्थिक क्षतिको निम्ति जैविक हतियारको रुपमा बनाइएको हो र दोश्रो भर्सनको प्रोपागाण्डाले यो भाइरसको ल्यावमा अध्यन हुदै गर्दा कमजोर सुरक्षा प्रोटोकलको कारण भाइरस लिक भएको हो भन्ने अवधारणा प्रस्तुत गरेको छ । सर्वप्रथम मिडियामा यो भाइरस वुहानको ल्यावमा उत्पादन गरिएको भनि दावि गर्ने व्यक्ति अमेरिकि सेनेटर टम कटन हुन् जसले अमेरिकि टेलिभिजन न्युज च्यानल फक्स न्युजमा आफ्नो अभिव्यक्ति दिएका थिए । यद्यपि यि दुवै भर्सनका कुनैपनि विश्वसनिय आधारहरु भने छैनन् । त्यसैगरि केहि समय अगाढि लोकप्रिय अमेरिकि पप गायक केरी हिल्सनले कोरोना र चीनको फाइब जि बिचको कनेक्सनको बिषयमा ट्विट गरेपछि यो सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो जसअनुसार चीनले शुरु गरेको फाइब जि मोबाइल नेटवर्कको सिग्नलमा हुने रेडियो वेभ्सले कोरोना भाइरसको संक्रमण मानिसमा चाडो हुन्छ कथोकथित तथ्यलाई बेलायतका वैज्ञानिकहरुले खण्डन गरिदिएका छन् ।

    कोभिड १९ बाट नामाङ्कृत भएको कोरोना भाइरसले विश्वव्यापि महामारिको रुप लिइ तेह्र लाख पचास हजार भन्दा बढिलाई संक्रमित गरिसकेको र पचहत्तर भन्दा बढिको ज्यान लिइसकेको अवस्थामा आरोप एवम् प्रत्यारोपमा नलागि विश्वका सम्पुर्ण राष्ट्रहरु एकजुट भइ रणनितिक रुपले प्रकोप रोकथाममा प्रयत्नरत हुनुको विकल्प छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार