२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

नेपालीहरु जटिलमोडमा प्रबेश गरिसकेको छ


३३१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २६, बुधबार मा प्रकाशित ४ साल अघि
  • भेषराज दनुवार

    विश्व आज कोरोनाभाईरसको कारणठुलो सन्त्रासबाट गुज्रिरहेको छ । विश्व परिबेशमा तथ्यांक हेर्ने हो भने केहि देश बाहेक सबै देशहरुमा यो भाईरसको प्रवेश गरीसकेको अवस्था छ । तथ्यांक संक्रमति र मृत्यु हुनेको दिनानुदिन दिन दुईगुणा रात चार को दरमा संसार भर फैलने क्रम रहेको छ । कोरोनो भाईरसको उद्गम स्थल चिनको वुहान शहर पछिल्लो आठ हप्तापछि सामान्यिकरण तर्फ जादै गरेको अवस्था छ ।

    यो अवस्थामा विश्वको शक्तिशालि मानिएको राष्ट्र ईटलि, स्पेन, अमेरीका,फ्रान्स, जर्मनि जस्ता राष्ट्रमा ठुलो उथल पुथल बनाईरहेको छ । यसले हरेक राष्ट्रको अर्थतन्त्रको अवस्था समेत तहस नहस बनाउने छ । यस अवस्थामा हामी नेपालीहरु पनि अछुतो रहने अवस्थाभने पक्कै पनि छैन । सामान्य रुपमा अध्ययन गर्ने हो भने नेपाल सरकार मार्फत समयमा नै नागरिक क¥र्फु को रुपमा लागेको कारण अन्य राष्ट्रमा जस्तो अवस्था सृजना भैरहेको छैन । यस कारण अझ हरेक नागरीक आफ्नै लागी सचेत हुनु पर्ने आवश्यक छ ।

    बिश्व परिवेशमा हेर्ने हो भने विभिन्न विपत हुने गरेको देखिन्छ । यस अवस्थामा ठुला भोमरी जुनटोनार्डो, ठुला आधिहुरि सुनामी, बाढिपहिरो, असिनापानी, भुकम्प, खडेरी आगलागी, महामारी जस्ताप्रकोप हुने गरेको देखिन्छ । यस कारण पृथ्विको भुखण्डमा जहिले पनि यसरीनै चक्रिय ताचलिरहेको छनै । कतिपय प्रकोपहरु मानव निर्मित पनि रहेको छ । विश्व ईतिहास हेर्ने हो भने १९३१ मा चाईनामा बाढिबाट ४० लाखको मृत्यु भएको छ । सेप्टेम्बर १८८७ मा जण्डीस ९यल्लो फिवर० बाट ९ लाख भन्दा बढिको मृत्यु भएको छ । चिनको सान्छिमा २३ जनवरी १५५६ माभुकम्प जादा ८ लाख ३० हजार को मृत्यु भएको छ । २८ जुलाई १९७६ माटांगसांग भुकम्पको समयमा ६ लाख ५५ हजार को मृत्यु भएको छ ।

    ईष्टपाकिस्तानमा १३ नोभेम्बर १९७० मा ५ लाखको मृत्यु भएको छ । १२ जनवरी २०१० मा हैटिको बिनासकारी भोकम्पमा ३ लाख १६ हजार को मृत्यु । १९२० डिसेम्बर १६ माहाईफङ टाईफङभियतनाममा ३ लाखको मृत्यु । १६ डिसेम्बर १९२० हायुङ भुकम्प चाईनामा जादा २७३४०० जनाको मृत्यु तथा ७ अगष्ट १९७५ टाईफुननिना चाईनामा २ लाख २९ हजार को संख्यामा बिश्वमा ठुला बिनासकारी प्रकोप भएकाछन । यति भनिरहदा हाम्रो नेपाल आज सम्म यि सबै प्रकोप कुनै पनिहुदैन । तर सानाठुला प्रकोप हुने गरेको छ । नेपालिले स्मरण गरेको ठुला स्मरणका भुकम्प भनेको १९९० को विनासकारी भुकम्प र २०७२ को विनासकारी भुकम्प मुख्य स्मरणमा रहेको त । यस बाहेक, मलेरिया, हैजा, जस्तामहामारी पनिछन् ।

    विश्वजगतमा मानवनिर्मित प्रकोपपनि रहेको छ । यसमा भोपालग्यास लि १९८४ भोपाल भारतमा भएको छ । सरकारी आधिकारीक तथ्याकको आधारमा हर्ने हो भने ३७८७ मानव लाशको उल्लेख रहेको छ तर आधिकारीक तथ्यांक बाहेक हेर्ने हो भने ८००० हाराहारीमा मृत्यु भएको छ । नोभेम्बर तेह् २००५ माजिलिन रासायनिक विष्फोटन जुन पेट्रोलियम प्लाण्टबिष्फोटन भएको डरलाग्दो मानवनिर्मित प्रकोप रहेको छ । विष्फोटन मार्फत प्राकृतिक रुपमा १०० टन प्रदुषण उत्पन्न भएको छ । टेननेसस कोल आस स्पिलजुन उर्जा उत्पादन केन्द्रमा क्षेति भएको छ । यसरी क्षतिहुदा १ वर्ष पुनर अवस्था स्थापित हुन लागेको थियो क्षतिभएको स्थानमा । यो घटना २००८ मा घटनाभएको थियो । ईण्डोनेसियामा आएको समुन्द्रि सतहमा आएको हिलो सहितको भुकम्पबाट पनि क्षतिभएको छ । यो भुकम्प ६.३ म्याग्नेच्युटको आएको थियो । यस समयको भुकम्पकमा २०० आसपास क्षतिभएको थियो । यो निरन्तर तिन दिन सम्म आएको थियो । पुर्व अवस्थामा आउन ३० बर्ष लागेको यस भुकम्पबाट १ लाख ८० हजार क्वबिक मिटर माटो समुन्द्रको विचमा जम्माभएको थियो ।

    आज भन्दा १०० वर्ष अगाडी पहिलो बिश्व्वयुद्धको अन्त्य सन १९२० देखि १९२८ सम्ममा स्पेनिस प्लेग नामक इन्फ्लोयन्जा ले ५० करोड भन्दा बढिलाई सङक्रमण रहेको मा ५ करोड भन्दा बढिले ज्यान गुमाए, अझ अमेरीका, ईङल्याण्ड, जर्मनी, फ्रान्स जस्ता शक्ति राष्ट्रहरुले मर्नेको संख्या नलुकाएको भए यो तथ्यांक १० करोड भन्दा बढी थियो । १९५७ को सिंगापुरमा देखिएको एसियालि फ्लु नामक महामारी बाट ११ लाखको मृत्यु भएको तथ्यांक छ । १९८१ बाट शुरु एच. आई. भि एडस बाट ३ करोड ५० लाखको मृत्यु, ४ करोड संक्रमित भएको तथ्यांक रहेको छ । २००९ र २०१० मा स्वाईन फ्लोले १ अर्व ४० करोडलाई संक्रमित गरेकोमा ५ लाखको मृत्यु भएको देखिन्छ । सन २०१४ देखि २०१६ सम्म इवोला भाईरसले १९ हजार संक्रमित गरेकोमा ११ हजारको मृत्यु भएको छ ।

    यि ईतिहास भन्दाअगाडीको ईतिहास हेर्ने हो भने ईसापुर्व ४३० मा एथेन्सबाट शुरु भएको प्लेगले पाच बर्षमा १ लाख भन्दा बढिको ज्यान लिएको छ । सन १६५ देखि १८० मा योरोप ले जारी एन्टोनाईन प्लेगबाट ५० लाख भन्दा बढिको मृत्यु भएको पाईन्छ । सन २५० देखि २७१ को साईपरियनको प्लेग नामक महामारीबाट एकै दिन ५ हजार सम्म मारिएका छन । सन १३४६ देखि ५३ मा मध्ये अमेरीकामा भएको कोकोलिज्ट लीनामक महामारीबाट १ करोड ५० लाखमानिस मरेको छन । सोहै शताब्दिमा अमेरीकामा चलेको अमेरीकी प्लेग बाट पश्चिमि गोलार्धका ९० प्रतिशत मानिस मरेको तथ्यांक छ । १६६५। ६६ मा लण्डनबाट शुरु भएको भयान कप्लेग भनिने महामारिबाट फ्रान्समा १ लाख मरेका छन । सन १७७० देखि ७२ सम्म रुसमा चलेको रसियालि प्लेगबाट १ लाख मानिस को मृत्यु भएको छ । सन १८८९ मा योरोपमा चलेको फ्लो बाट केहि महिनामै १० लाख बढिको मृत्यु भएको छ । नेपालको पनि यस्ता महामारी मध्ये १८२३, ३१, ४३, ५६, ६२, ७२, ७४, र १८७५ मा हैजाको महामारी प्रकोप बाट तथ्यांक उल्लेख नभएपनि हजारौले ज्यानगुमाएका छन ।

    यस अवस्थामा हामि जस्तो सानो देशका नागरीक सावधानि र स्व सुरक्षितहुने बाहेकको अर्को बिकल्पनै छैन । नेपालको स्वास्थ सस्थाको अवस्था हेर्ने हो भने बर्तमान अवस्थामा कोरोना भाईरस दिनदुई गुणा रात चौगुणाको रुपमा विश्वमा फैलिरहेको अवस्थामा उपचारकै लागी पर्याप्त श्रोत साधन छैन । नेपाल सरकारले नागरिकको हितको लागीनै लक डाउन भएको पनि पहिलो चरणको १४ दिन दोस्रो निर्णय ७ दिन गरी २१ दिन सम्मको लक डाउन अवधि सकिनै लाग्दा संक्रमणको अवस्था तेस्रो चरणमा प्रवेश गरीसकोको छ । यो भनेको अब नेपालीहरु जटिलमोडमा प्रबेश गरिसकेको हो भनेर विश्व स्वास्थ संगठनले सुचना जारी गरिसकेको अवस्था छ । नेपाल सरकार मार्फत पुन फेरी लक डाउन गरिरहदा स्थानिय तह स्तरमा मात्र नभै वडा स्तर तथा बस्ति स्तरमा समेत हरेक नागरिक सम्यमित भएर बस्नुको विकल्प छैन ।

    जो जहाछौं त्यहि बस्नुको विकल्प छैन । नेपालको हरेक विपत्तिमा दातृनिकायको साथ सहयोग रहने गरेको मा यो अवस्था अहिले छैन । विश्वनै महामारीको संकटमा रहेको छ । यस संकटको घटिमा सुरक्षित हुने । सुरक्षित बनाउने । बाच्ने र बचाउने बाहेक बिकल्प नै छैन । यसर्थ हाम्रो पुर्विय सभ्यता मा अवलब्बन गरीएको अभ्यास निरन्तर कायमगर्न जरुरी छ । सहयोग सदभाव र सहकार्य गरीरहद ाभिड भाडगर्ने भन्दा पनि पहिचानको आधारमा नै सहयोगको सामग्री उपलब्ध गराउने बाहेकको विकल्प छैन ।

    बिश्वमहामारीको सामना गरीरहेको अवस्थामा सुचना संप्रेषण हरेक नागरिकको लागी सहि र पर्याप्तगरि सचेत गराउने दायित्व सञ्चार गृहहरुको रहन्छ । यस क्रममा समाचार पहिलो बनाउने क्रममा कतिपय त्रुटिको कारण आमनागरिकमा नकारात्मक सन्देश जाने हुनाले सचेत भई सन्देश समाचारहरु सम्प्रेषण गर्न जरुरी छ । यो विपतको घडिमा पक्ष प्रतिपक्ष भन्दा पनि सहकार्य र समभाव भई विपतको सामना हामी नेपालीले गर्न गरुरी छ । पुर्ण अपेक्षा गरौं हामि नेपालीको लागी यो कोरोना भाईरसलाई जित्न सक्ने क्षमता छ । यस प्रकारको कोरोना भाईरसलाई जितेर हामि हाम्रै समाजमा जिउनु छ । जिउनु पर्छ । तसर्थ हरेक नागरिककले सकेको स्थानबाट यस विपत्ति संग लडौं । सरकारको

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार