२०८१ अषाढ ११, मंगलबार | Tue, 25, Jun, 2024

अनलाईन शिक्षा र हामी नेपालीको परिवेश


६६८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • भेषराज दनुवार

    नेपाली परिवेश र बर्तमान अवस्थामा कोरोनाको कारण बिश्व नै सन्त्रास र सुरक्षाको कवचमा लागी रहेको अवस्था छ । यस क्रममा बिश्वको केही देश बाहेक सम्पुर्ण देशमा फैलिरहेको छ । कोरोनाको कारण केही देश बाहेक नागरिक मृत्यु नहुने देश नै छैन । यस कारण पनि हरेक नागरिक, समुदाय, स्थानिय सरकार, जिल्ला, प्रदेश, र राष्ट्रलागी परेको अवस्था छ । यस क्रममा सुरक्षा कर्मि र स्वास्थ कर्मिको प्रत्यक्ष निद हराएको छ । यसको साथै सरकार सञ्चालक जनप्रशासन जनप्रतिनिधि पनि निद हराएको छ । साथै कर्मचारी सबै सबैको निद हराएको छ नै । समग्रमा हेर्ने हो भने विश्वमा रहेको ७ अरव जनसंख्या मध्ये साडे एक अरव नागरीक रोजगार बिहिन भएको अवस्था छ । नेपालको जनसंख्या ३ करोड रहेकोमा ८० लाख युवा बैदेशिक रोजगारीमा निर्भर रहेका छन् । यो कोरोनाको कारण विश्व अर्थतन्त्र जरजर हुने अवस्थामा नेपालको ८० लाख मध्ये ५० लाख युवा बेरोजगार हुने लगभग पक्कापक्कि छ नै । नेपालमै रहेको कृषिमा निर्भर ६३ प्रतिशत नागरीकको अवस्थामा पनि समस्या सृजना हुन्छ नै । यस अवस्थामा कृषि प्रधान देश भएता पनि नेपालमा बार्षिक ३ खर्व खाद्य सामग्री आयात रहेको छ भने हरियो साग सब्जि २ खर्व बराबरको आयात हुने गरेको छ । वार्षिक ३ खर्व बराबरको भौतिक निमार्ण सामग्री तथा अति आवश्यक सामग्री आयात हुने गरेको छ । स्वास्थको विषयमा कुरा गर्ने हो भने परिकल्पना गरेभन्दा अत्यन्त फरक रहेको छ ।

    नेपाली परिवेशमा धेरै प्रतिशत नागरिक कृषिमा निर्भर रहेको छन नै । नेपालीको बार्षिक आय हेर्ने हो भने बिश्व मानचित्रमा बार्षिक रुपमा सरदर एक लाख रुपैया रहेको तथ्यांक रहेको छ । अधिकांश नागरिक कृषिमा आत्म निर्भर रहनु र बार्षिक आय विश्व परिवेशमा बार्षिक एक लाख हुन भनेको नेपालीको क्षमता र दैनिक जिवन पद्धती कस्तो रहेकोछ भनेर भनि रहनु पर्ने अवस्था छ जस्तो लाग्दैन । पछिल्लो यो बन्दा बन्दीको अवस्थामा नेपाल भित्रकै मजदुरको अवस्था सडकमा रहेको बेहालको अवस्था सबैले देखेकै छ । काठमाडौं उपत्यकाबाट बन्दा बन्दीमा आफ्नो गाउ फर्क अभियानमा १५ लाख भन्दा बढि नागरीक गाउ फर्केको अवस्था रहेको छ । यस क्रममा नेपालको मुख्य शहरबाट गाउ जानेको संख्या बास्तबमै धेरै नै रहेको छ । यस क्रममा नेपालको सुचनाको र प्रविधिको पहुचमा कति नागरिक होलान ।

    सञ्चार र प्रविधिमा नेपाल

    नेपाल टेलिकमको नारा केहि वर्ष अगाडी हात हातमा मोवाईल हात हातमा ईन्टरनेट बास्तबमै सफर रहेको छ नै । नेपाल भित्र रहेको सबै टेलि कम्युनिकेसनको सेवा ग्राही हेर्ने हो भने संख्याको आधारमा हरेक नेपाली जन्मेका बाल बच्चा समेतको हातमा पुग्ने गरी सिम कार्डको संख्या बिक्रि भएको छ । सेवाग्राही हरेकको हातमा सिम कार्ड र फोन सेट छ नै । तर बार्षिक १ लाख आय गर्ने नेपालीको हातमा कस्तो प्रकारको मोवाईल सेट बोकेका छन भनेर भनि रहनु पर्ने अवस्था भने छैन । हरेक नागरिकको हातमा मोवाईल सेट हुनु पनि समस्या रहेन । हरेक नागरिक गाउ गाउमा छन । हरेक अभिभावकका बाल बालिका गाउ बस्तिमा छन । फोन सेवा गाउमा सेवा प्रदायक निकायको सेवा कस्तो छ । नेपालमा पछिल्लो समय फोर जि सेवा सम्म सञ्चालनमा छ । यो फोर जि सेवा नेपालको कुन भुगोलमा कति प्रतिशत नागरिकको पहुचमा छ । अहिले हरेक नागरिक गाउमा छन् । टेलिकम्युनिकेसन सेवा प्रदायकको फोरजि सेवा नेपालको भुगोल र सबैको पहुचमा सहज छ त ? नेपालको सबै भुगोलमा बिधुत प्रसारण सेवा पुगेको छ त ? विधुत सेवा पुगेको छ भने पनि कस्तो अवस्थामा पुगिरहेको छ ? नेपालीले प्रयोग गर्ने ईन्टरनेटको सुविधा शुल्क के प्रयोग कर्ता मैत्रि छ ? नेपाली शिक्षाको नारा हेर्ने हो भने सबैकालागी निशुल्क शिक्षा । कक्षा १०सम्म पढनको लागी निशुल्क शिक्षाको अवधारणा रहेको छ । यस अवस्थामा निशुल्क शिक्षा अध्ययन गर्ने नागरिकको अवस्था के हो । निशुल्क शिक्षा लिने नागरिकले र बार्षिक एक लाख आए हुनेले अनलाईन शिक्षाकालागी एन्ड्रोईड मोवाई दश जि.वि डाटाको २०० रुपैया र फोर जि सेवा पाउन र उपयोग गर्न सक्छन् ?

    बर्तमान अवस्थामा भूमिको अवस्था

    अहिले नेपालीको खेतबारि बाझो राख्ने हामी हरेकले राहतमा बाढेको र खाएको चामलको बोरा, नुन, तेल, दाल, कहाबाट आएको छ त्यसैबाट प्रष्ट हुन्छ । बर्तमान अबस्थामा यो बन्दा बन्दीको अवस्थामा सबै अभिभावकको बालबालिका आफ्ना अभिभावकसंग गाउ पुगेको छन् । गाउ पुगेका बाल बालिका अभिभावक संगै खेतबारीमा काममा हिडिरहेको पाईन्छ । धेरै वर्ष सम्म बाझो रहेको खेतबारीमा यस बन्दा बन्दीको अवस्थामा अनाश्यक झारपात बोट विरुवा सफा गरेर बालि लगाउने अवस्थामा रहेको देखिन्छ । बन्दा बन्दी खुले पछि लगाईएको बालि बन्द बन्दी खुलिहाल्यो भने कस्ले बालि भित्राएर राख्ने सम्म कसैले ध्यान दिन सकेको छैन । खेति पाति गर्ने क्रममा अर्म पर्म र आलो पालो काम गरिरहदा बाल बालिका पनि अधिकांश अभिभावक संगै खेतबारीमा रमाईलोकै लागी भएपनि र अभिभावक बाट छुटिहाले भने पनि बाल बालिकाको समुह बनाएर धुम्ने खेल्ने समुह धेरै देखिन्छ । यस अवस्थामा हेर्ने हो भने अनिवार्य र निशुल्क शिक्षा भनियता पनि सामुदायिक सरकारी विद्यालयमा शुरुमा भर्ना भएका विद्यार्थि अन्तिम अवस्था माध्यमिक शिक्षा हासिल गर्ने समसय सम्म नियमिरुपमा विद्यालयमा टिकाउन सक्ने अवस्था समेत छैन । भर्ना भएका विद्यार्थि अन्तिम सम्म माध्यमिक शिक्षा सम्पन्न गरेको समेत पाईदैन । यस बाट प्रष्ट हुन्छ कि गरिवि, जनचेतनाको अभाव, बालबिबाह, पारिवारीक व्यवहार, साथि संगिको रहन सहन सहित का कारण बालबालिका शिक्षा लिन बाट साच्चै पछि परेको देखिन्छ ।

    अनलाईन शिक्षामा खर्च कति

    अहिले कोरोना भाईरसको कारण बालबालिकाहरुमा भाईरस, यसको प्रकोप, समस्या, दैनिक गुजारा सम्म यसको असर परिरहेको अवस्था छ । शैक्षिक सत्र शुरु भैसक्ने समयको अवस्था हो । यो अवस्था सम्म आईपुग्दा कति बालबालिकाले बार्षिक परिक्षाको परिमाण जानकारी पाए त । आफुले पढने बिद्यालय कहिले जान पाईने अथवा आफ्नो नया शिक्षकसंग र नया कक्षामा बसेर नया किताव बोकेर जाने भन्ने समेत अन्यौल बिश्व व्यापी रुपमै रहेको छ । बिद्यालय प्रबेशिका परिक्षा समेत अन्यौलमा परिरहेको अवस्था छ । नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले प्रविधि सुहाउदो प्रविधिको प्रयोग गरेर पठन पाठन सुचारु गर्नु भनेर सुचना जारी गरिरहेको अवस्था छ । यो सुचनालाई मध्य नजर गरेर धेरै जसो स्थानिय सरकारहरुले अनलाईन शिक्षा प्रणालिबाट अध्ययन अध्यापन गराउने भनेर निर्णय र शिक्षा विभागलाई सुचना समेत जारी गरी कार्यान्वयन गर्न आदेश गरेको छ । यसरी गरीएको निर्णय के साच्चै स्थानिय सरकारका बाल बालिका र अभिभावक मैत्रि छन त । अनलाईनको पहुच र अवस्थाको विषयमा अघिल्लो अनुच्छेदमा उल्लेख गरिसकिएको छ । अनलाईन मैत्रि शिक्षा प्रणालि गर्ने निर्णय गरेको स्थानिय सरकारको हकमा सामान्य बस्तुगत मुल्यांकन गनेर्न हो भने नेपाली परिवारमा सरदर ३ जना बालबालिका बिद्यालय जान्छन । तिन जना बालबालिकाको लागी

    स्मार्ट मोावाईल फोन  ३ वटा दर रु २०००० जम्मा रु६००००

    फोर जि सेवा अथवा ईन्टरनेट मासिक रु २०००

    रिचार्ज कार्ड                                      रु  ५००

    मोवाई बिग्रिएको खण्डमा मर्मत सम्भार               रु  १५००० तिनवटा मोवाईल

    स्टेशनरी सामग्री                                   रु १००००

    जम्मा खर्च                                        रु ८७०००

    नोपलीको वार्षिक आय एक लाख अनलाईन शिक्षा ८७ हजार पर्ने देखिन्छ । यसरी अनलाईन शिक्षाको पहुच सम्भव होला ? यो प्रविधि मार्फत बालबालिका अध्ययन अध्यापन गर्न सम्भव होला ? अनलाईन माध्ययम बाट अध्ययन अध्यापन सम्भव होला ? उल्लेखित शैक्षिक खर्चमा अन्य भैपरि हुने खर्चहरु समेत उल्लेख गरीएको छैन ।

    शिक्षामा बिभेद हुने

    अनलाईन शैक्षिक प्रणालि अवलम्बन गर्दा शिक्षा लिने र दिने बिचको बर्गियता समेत छुट्टिने देखिन्छ । शिक्षको नारा समेत ओझेलमा पर्ने देखिन्छ । बार्षिक रुपमा अत्यन्त कम आय भएका अभिभावको बालबालिकाले अध्ययन गर्ने अवसरबाट समेत पुर्णत बञ्चित हुने देखिन्छ । अभिभावकले आवश्यक सामग्री उपलब्ध गराउन नसक्दा बालबालिकामा हिनताबोध उत्पन्न भई मानसिक समस्या समेत सृजना हुने देखिन्छ । मानसिक समस्याको निराकरणको लागी थप व्यायभार समेत हुने देखिन्छ । शहरी क्षेत्रमा निश्चित मासिक शुल्क तोकिएको विद्यालयबाट अध्ययापन गराइएको अभिभावकाको लागी सबैको पहुच अनलाईन शिक्षामा सबै बिद्यार्थि छन भन्ने लाग्छ भने त्यो भ्रममा पर्न सक्छ । नेपालको परिवेशमा हेर्न हो भने शैक्षिक सस्थाहरु समेत यो प्रविधि मैत्रिमा जान सकेको अवस्था छैन । बिद्यालयका शिक्षक अनलाईन विषय संग पारीवारीक छैनन । स्रोत साधन भएको विद्यायमा समेत सामग्री त्यत्तिकै प्रयोग विहिन भएको अवस्थामा यो अनलाईन शिक्षा प्रणालि कत्तिको प्रभावकारी रहला ? ईन्टरनेटको दक्षता र क्षमता भएका शिक्षकको लागी फोर जि सेवाको अभावमा  अनलाईन शिक्षा सेवा दिन सक्ने अवस्था छैन । नेपाली परिवेशमा लाखौं बिद्यार्थि भएको देशमा हजारैं विद्यार्थिको हितमा मात्र अनलाईन शिक्षा सञ्चालन गर्नु अत्यन्त कम आय श्रोत भएका घर परिवार, परिवार र समुदायको लागी समुन्द्रबाट हिरा खोजेर ल्याउनु बाराबर बन्ने देखिन्छ ।

    हुन सक्ने असर

    पछिल्लो समयमा मोवाईलको कारण बाल बालिकामा भएको विभिन्न प्रयोग गर्ने अभ्यासले सहि सदुपयोग नै होला त ? अनलाईन शिक्षाको नाममा बालबालिका बिग्रने अवस्था सृजना नहोला भन्न सकिन्छ र? हरेक बालबालिका मोवाई सहित हुदा बाबालिकामा हुने जोखिम र कुलतमा फस्न सक्ने प्रतिको शुक्ष्म अध्ययन र बिश्लेषण कसरी गरीएको छ ।

    आवश्यक्ता के ?

    नेपालमा प्रविधि मैत्रि शिक्षा सञ्चालनको लागी पहिलो क्रममा शिक्षकहरुमा क्षमता विकास गराउनु जरुरी छ । पछिल्लो विश्व परिवेशमा कोरोना भाईरसको कारण देखाएर हतारमा गरीएको अनलाईन शिक्षा प्रणालि सञ्चालन भएको खण्ठमा खहरे खोलाले नास गरेको बालि जस्तो हुने देखिन्छ । हाल नेपालमा २८ हजार को हाराहारीमा सामुदायिक विद्यालय मध्ये प्रविधि मैत्रि शिक्षा प्रणालि अवलम्बन गर्ने १३ प्रतिशत मात्र विद्यालयमा मात्र अनलाईन शिक्षा प्रकृया सञ्चालन गर्न सक्ने क्षमता रहेको छ । बर्तमान अवस्थामा सामुदायिक सरकारी विद्यालयमा विधुत समेत पुगेको छैन । अनलाईन शिक्षाको लागी हरेक शिक्षक अभिभावक बालबालिका समेत प्रविधिमा ज्ञान हासिल गर्नु पर्ने देखिन्छ ।

    विकल्प के हो त ?

    पछिल्लो समयमा नेपालमा एफ.एम. रेडियो सञ्चालनको अवस्था तिव्र गतिमा रहेको छ । नेपालमा पछिल्लो अवस्थामा हेर्ने हो भने ७७० वटा भन्दा बढि एफ.एम रेडियो लाईसेन्स बितरण गरएिको छ । यो गणगना गर्ने हो भने हरेक स्थानिय सरकार बराबर एक वटा एफ.एम. स्टेशन भन्दा फरक पर्दैन । यस अवस्थामा हरेक रेडियोले दुर शिक्षा प्रणालि अवलम्बन गरी श्रवणबाट सिकाई गरउन मिल्ने मात्र शिक्षा गराउन सकेमा पनि केहि थप उर्जा हुने दखिन्छ ।  यसो गरीदा स्थानिय सरकारले राखेको प्रेस संयोजकको काममा पनि थप कार्यभार देखिन्छ । स्थानिय सरकारले कम लागतमा दुर शिक्षा सञ्चालन गर्न सकिन्छ कि । दुर शिक्षा प्रणालि बास्तममा नेपालको भुगोल सुहाउदो हुन सक्छ । दुर शिक्षा सञ्चालन गर्दा कुन एफ.एम.को पहुच क्षेत्र कति र कुन कक्षाको लागी कुन समय विशेष भनेर छुट्याएर गर्न सकिएमा अझ प्रभावकारी हुन सक्छ । यस अवस्थामा बालबालिकाको लागी बिहान बेलुकाको लागी बिशेष समयतालिका उपलब्ध राम्रो हुन सक्छ । यस कार्यको लागी स्थानिय सरकार जिल्ला शिक्षा समन्वय ईकाय मार्फत भुगोलको आधारमा अन्तर पालिका, अन्तर जिल्ला स्तरीय पहुच क्षेत्रको आधारमा दुर शिक्षा सञ्चालन गर्न सकिएको खण्डमा ८५ प्रतिशत बालबालिका पहुच क्षेत्रमा आउन सक्छन । थप बाल बालिकाको लागी दुरशिक्षाको लागी चाहिने सामग्री छात्रबृती वितरण रकमबाट गर्न सकिने र शत प्रतिशत दुर शिक्षा सञ्चालन गरि बर्तमान अवस्थाको कोराना बाट बच्ने बचाउने र सुरक्षित र शैक्षिक निरन्तरता गर्न सकिने देखिन्छ ।

    समुदाय स्तरको नागरिकको भुीमका के ?

    दुर शिक्षा प्रणालि अबलम्बन गरिरहदा हरेक समुदायमा निश्चित बाल बालिका हुने भएको कारण बाल बालिकालाई एकाग्रता र शिक्षामा ध्यान केन्द्रित गर्न अभिभावकहरु पालै पालो बालबालिकालाई जमघट गराई सुनाउने कार्य गर्न सकिएको खण्डमा अझ प्रभावकारीता बढने देखिन्छ । यदि यसो नगरीएको खण्डमा बालबालिका शिक्षा लिने बहानामा जमघट हुने र अनावश्यक हल्ला गर्ने सहित दुर शिक्षा प्रणलिबाट प्रदान गरीएको पाठमा ध्यान केन्द्रित नहुदा उपब्धि कम भई दुर शिक्षाको प्रभावकारीता पनि खासै नदेखिने हुन सक्द्ध । कोरोनाले सबैलाई सचेत गर्न सिकायो, कोरोनाले सबैलाई सर्तक रहन सिकायो, कोरोनाले बाच्न पनि सिकायो कोरोनाले बचाउन पनि सिकायो । बाकि सिक्ने र सिकाउने काम अवस्था अनुसार सबै नागरिक, निकाय र समुदाय आफै अग्रसर हुन आवश्यक बनायो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार