२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

जनताको समस्या बुझन जनताकै आगनमा जानु पर्ने रहेछ


२८८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • भेषराज दनुवार

    पारस्परिक जवाफ देहिता स्थानिय सरकाकरको प्रतिबद्धता । सरकारको प्रत्याभूति आम नागरीकको अनुभुति भन्ने नागरिकको आवाज अनुरुप बिकेन्द्रीत शासन प्रणालि अनुसार नेपालमा ७६१ वटा गरी तिन तहको सरकार रहेको छ । समग्रमा केहि जिल्लाको स्थानिय सरकार पारस्परिक जवादेहि नागरिकको दायित्व र भुमिकामा अध्यस्त हुदै जाने क्रममा रहेको नागरीकले महसुस गर्दै आएको पाईन्छ ।

    । काभ्रेको अधिकांश स्थानिय सरकार सुसासन अभिबृद्धिको हिसावमा विभिन्न प्रकृया मार्फत जवाफदेहि रुपमा अगाडी बढिरहेका छन् । सार्वजनिक सुनुवाई, सामाजिक लेखा परिक्षण, सार्वजनिक लेखा परिक्षण, ५ लाख भन्दा माथिको योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम । सहित जनता संग आमने सामने हुदै जनताको आगनमा नगरपालिकाको अभ्यास मार्फत आम नागरिकको गुनासो सल्लाह सुझाव, तथा वडा मार्फत बस्ति स्तरको योजना संकलन कार्यमा समेत स्थानिय सरकारहरुको अभियानले अत्यन्त प्रभावकारी रुपमा अगाडी बढाउन सजिलो भएको छ । यस प्रकारको कार्यगत शैलिमा स्थानिय सरकार प्रति नागरिक विश्वस्त हुदै गएका छन् । यस कार्य मार्फत काभ्रेको पनौति नगरपालिका मार्फत जिल्लामै पहिलो प्रि बजट स्थानिय सरकार मार्फत जेष्ठ १० भित्रनै समप्पन्न गर्न सफल रहेको रहेको थियो चालु आर्थिक वर्ष २०७६÷७७ मा ।

    यस असल अभ्यास अधिकांश स्थानिय सरकारले वेभ साईट, फेसबुक पेज, वडा कार्यालयको तथा नगरपालिकाको फेसबुक आइ डि, सञ्चार माध्ययम, पत्रपत्रिका, रेडियो टि.भि मार्फत गरिएको कार्यक्रम मार्फत जिल्लामा नमुना अभ्यास हो भन्ने बुझाईको आधारमा यस वर्ष पनि काभ्रेको अभ्यास कोरोनाको कारण सहज रुपमा अगाडी बढनै केहि कडिनाई भने पक्कै पनि रहेको छ नै । यस अभ्यासमा काभ्रेको रोशी गाउपालिका र नमोबुद्ध नगरपालिका पनि चालु आर्थिक वर्षमा प्रि बजेट ल्याएर अगाडी बढेको थियो । यसथ नगरे के हुदैन । जनताको समस्या बुझन जनताकै आगनमा जानु पर्ने रहेछ भन्ने कुरा सबै जसो स्थानिय सरकारले बुझेको पाईन्छ । काभ्रेको अति विकट क्षेत्र महाभागत तथ ा खानिखोला गाउपालिका भुगोल, सडक सञ्जाल तथा विकासमा पछाडी छनै यसका साथै प्रच्यक्ष सहजै टेलिफोन र काभ्रेमा रहेको सञ्चार गृहको कार्यक्रम समेत सुन्न सकिने अवस्था उक्त गाउपालिकाको नागरिकले नपाई रहेको समयमा स्थानिय सरकार मार्फत नागरिकको आवज सुन्ने क्रममा स्थायि सडक सञ्जाल, स्वास्थमा सहज पहुच, सञ्चार टेलिफान टावरको सहजताका साथै विधुतिकरण र कृषिमा व्यवसायिक करणका साथै उत्पादीत बस्तुको सहज बजारी करण पहुच विस्तारको लागी स्थानिय सरकाललाई तहगत सरकारले पनि थप सहयोग र पहल गरिदिनु पर्ने नागरिकको अपेक्षा रहेको छ ।

    आम जनताको अपेक्षा पनौति, पांचखाल, मण्डनदेउपुर, नमोबुद्ध का नागरीकले सास्कृतिक सम्पदा संरक्षण तथा कृषको लागी दिगो सिंचाई प्रणलिको विकासका साथै असल भु उपयोग निति मार्फत स्थानिय सरकार तथा निकायका नागरिकको लागी नगरपालिकाको उत्पादन र खपतको लागी नागरिकको अपेक्षा रहेको जनताको ठुलो आसा र भरोसाको केन्द्र स्थानिय सरकार रहेको छ । समग्रमा हेर्ने हो भने स्थानिय सरकार जवाफदेहि र उत्तर दायिरुपमा अगाडी बढिरहेका छन् । समग्रमा गाउगाउ मा सिंहदरवार को अनुभुति गराउन नागरिक मैत्रि सुसासन निति, प्रकृया तथा सेवा सुविधा उपलब्ध गराउने हो भने पक्कै पनि सरकारको काम र गाउगाउमा सिंहदरवार भन्ने उक्ति अनुसार सरकारको महसुस नागरिकले गर्न पाउने देखिन्छ भन्ने प्रणणित असल काम गर्ने स्थानिय निकायबाट सिक्न सकिन्छ भन्ने प्रष्ट पारेको छ ।

    विगत वर्षमा जस्तो यस वर्ष बजेट निमार्ण गर्ने बातावरण सहज छैन । कोरोनाको महामारीको कारण विश्व परिबेश नै आक्रान्त र त्रसित सहित कोरोना संग मुकाविला गरीरहेको छ । यो अवस्थामा विश्व शक्ति सम्पन्न राष्ट्र अमेरीका जस्तो देशमा हिजोको कोरोना बाट मृत्यु हुनेको संख्या प्रति ४० सेकेण्ड १ जनाको दरमा भैरहेको छ । कोरोनाको संक्रमण दैनिक रुपमा दिन दुईगुणा रात चार गुणाको दरमा बृद्धि भैरहेको छ । यसरी बृद्धिहुनु भनेको सावधानि तथा सुरक्षण पद्धती सहित स्वयंम संयमित नहुनु रहेको प्रष्ट हुन्छ । हाम्रो नेपाल बर्तमान दिन सम्म ४६ औ दिन सम्म जादा संक्रमणको संख्या १०२ रहनु र संक्रमण भएर पनि निको भएर घर फर्कनेको संख्या १७ रहनुमा श्रोत साधन र स्वास्थ कर्मिको संख्या सहित राष्ट्रको हितको लागी सबै नागरीकले योगदान गरीरहको प्रष्ट हुन्छ । यसरी सरकारलाई सहयोग पु¥याउन भनेको स्वास्थ प्रति श्रोत साधनको आधारमा सरकार जति चिन्तित छ । नागरीकहरु पनि उत्तिकै चिन्तित रहेको प्रष्ट हुन्छ ।

    यो विष परिवेशमा पनि बजेट त ल्याउनु नै पर्छ नै । बजेट ल्याउने क्रममा पुर्व तयारी रहनु आवश्यक पर्छ नै । यस क्रममा विगतको अभ्यास त पुरा गर्न नसकिएला तर पनि सम्भव भए सम्म नागरीकलाई सरकार छ र सरकारले कठिन परिवेशमा पनि नागरीकको लागी गरीरहेको छ भन्ने गरी बजेट निमार्ण प्रक्रिया अगाडी बढाउनु पर्ने आवश्यक्ता देखिन्छ । यस क्रममा बजेट निमार्ण गर्ने क्रममा विगतको अभ्यास कस्तो रहेको थियो बजेट निमार्ण गर्ने क्रममा कमि कमोजरी कस्तो प्रकारको रहेको थियो र पछिल्लो समयमा भएका सुधार गर्नु पक्ष के थिए सोको मुल्यांकन समेत गरेर कार्यगत रुपमा अगाडी बढनु पर्ने आवश्यक्ता देखिन्छ । बजेट निमार्ण गर्दा समाबेशीता, सहभागिता, पर्याप्त सम्भव हुन सक्ने सुचना पद्धती संयन्त्र, सहित नागरीकलाई बजेट तर्जुमा भैरहेको छ र आवश्यक महत्वपुर्ण योजनाहरु सञ्चालन गर्न लिखित, फोन सम्पर्क, म्यासेन्जर, जुन माध्यम सहज र सरल छ त्यहि अनुसार नागरीकले बजेट निमार्ण प्रकृयामा भाग लिन सक्ने बाताबरण निमार्ण गर्ने बाताबरण साथ अगाडी बढाउनु पर्ने देखिन्छ ।

    नेपालमा मिडियाको अवस्था हेर्ने हो भने जिल्लागत साप्ताहिक पत्रिका, अनलाईन मिडिया, एफ.एम.रेडियो, निजि टेलिभिजन प्रसारण केन्द्र रहेको छ । काभ्रेको जिल्लाको बस्तुगत अवस्थामा ९ वटा एफ.एम रेडियो, २४ वटा पत्रिका, १ वटा टेलिभिजन, १४ वटा अनलाईन मिडया प्रसारण केन्द्र रहेको छन् । मिडियाले पनि बजेट निमार्ण प्रकृयाको विषयमा बहस छलफल कार्यक्रम सञ्चालन गर्न सकिने र नागरीकलाई सुसुचित गराउन र सहभागिता गराउन सकिने देखिन्छ । यस अभियानमा मिडियाकर्मिले यो समयमा थप भुमिका खेल्ने हो भने उक्तम विधि मार्फत बजेट उक्त रुपमा प्रविधि मैत्रि रुपमा निमार्ण हुने देखिन्छ । हरेक मिडियाले योरै मात्र अन्तरक्रिया संवाद, छलफल तथा मनोरञ्जनात्मक कार्यक्रममा समेत विषय बस्तु उठान गर्ने हो भने कोरोनाको सन्त्रास रहि रहेता पनि उपयुक्त बजेट निमार्ण हुन सक्ने देखिन्छ ।

    पालिकाले बजेट कसरी निमार्ण गरीरहेको छ । भन्ने विषयमा समकक्षि राजनैतिक सस्थामा आबद्ध प्रतिनिधिबाट पनि रचनात्मक, सृजनात्मक र नागरीकको हितमा हुने प्रकारको सल्लाह सुझाव उपलब्ध गराउन सकेमा स्थानिय सरकारलाई पनि मद्धत नै हुने देखिन्छ । यो अभ्यास पनि केहि स्थानिय निकाय बाहेक धेरैमा छैन । विकास तथा नागरीकको हितको साझेदारीका लागी सबै राजनैतिक दलका प्रतिनिधिको उक्तिकै समान भूमिका र दायित्व मार्फत गर्दा उत्तम नै हुन्छ नै ।
    हरेक सरकारले निमार्ण गरेको बजेट निमार्ण प्रकृया सहज र सरल रुपमा नागरीकले सुचना जानकारी पाउने व्यवस्था स्थानिय सरकारले स्थानिय सरकारको लागी सुचनाको पहुच निमार्ण गर्ने र जानकारी गराउन सकेमा पुर्ण बजेट निमार्ण हुने समयमा नागरीकले आवश्यक परेको खण्डमा सुझाव पनि लिन दिन सकिने बातावरण हुने । यस मार्फत नागरीककै बजेट बन्ने देखिन्छ । समग्रमा पुर्ण बजेट अईरहदा स्थानिय सरकारको लागी नागरीकबाट कुनै पनि टिक्का टिप्पणी नहुने हुन सक्छन । विगतमा जुन जुन स्थानिय सरकारले प्रि बजेट ल्याएर कार्य सञ्चालन गरेको छन ति स्थानिय सरकारलाई यस वर्ष पनि आगामी आर्थिक वर्षको बजेट ल्याउन त्यति धेरै ठुलो सकस पर्ने देखिदैन ।

    बजेट निमार्ण गर्ने क्रममा पछिल्लो केहि अभ्यासमा नागरिकहरु अलमलमा पनि रहेको देखिन्छ । केही स्थानिय सरकारले बजेट निमार्ण गर्दा वडागत रुपमा सिलिङ्ग दिने अभ्यास पाईन्छ । यसरी बजेट सिलिङ्ग दिएर निमार्ण हुने बजेट भनेको माथि देखि तल तिरको शासन अभ्यासकोा निरन्तरता भनिन्छ । बजेट सिलिङ्ग नगरी स्थानिय वडा सरकारको मागको आधारमा मुख्य प्राथमिकता तथा लाभग्राही र लाभान्वित बर्गको निरन्तर दिर्धकालिन उपलब्धि हुने प्रकारको बजेटलाई प्राथमिकता साथ बजेट निमार्ण गर्नु पर्ने देखिन्छ छ । यसो गरीदा भुगोल, जनसंख्या, भाषा बर्ग क्षेत्र र समाबेश गर्नु पर्ने सबैको बजेटमा समान सहभागीता र पहुच सहित बजेटमा अपनत्वको आभास हुने देखिन्छ ।
    अपेक्षा गरौ हरेक स्थानिय सरकारले प्रि बजेट ल्याएर नागरीकको पहुच बृद्धि र बजेमा अपनत्व सहित दिर्धकालिन प्रभाव रहने बजेट निमार्ण गरी गाउगाउमा सिंहदवारको अभियान हुने पक्का हुने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार