२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

युवा शक्तिलाई बिदेश पठाउने हैन, स्वदेशमै रोजगारी दिनुपर्छ


३२७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • पृथ्वी भुजेल

    आफ्नो लागि आफ्नो अभियान यक देश र समाज मा भएको विकृति र विसंगतिलाई हटाउनको लागि यस अभियान सञ्चालन गरिएको हो।आफ्नो लागि आफ्नो अभियान विगत यक वर्ष अगाडि देखि काम गर्दै आयको छ।श्री पृथ्वी भुजेल को अध्यक्षता मा सञ्चालन गरिएको आफ्नो लागि आफ्नो अभियान सामाजिक सञ्जाल मार्फत विभिन्न जानकारीहरु प्रदान गर्ने गर्दछ। यस अभियानको उदेश्य देश र समाजको लागि कृषि क्षेत्र मा आत्मनिर्भर बनाउन युवाहरुलाई प्रोत्साहन गर्दै राष्ट्रिय हितको पक्षमा उभिएर देशको जातीय विभेद,क्षेत्रीय,लिङ्गीय,वर्गीय समस्याहरूको समाधान गर्दै उत्पीडित जनसमुदायलाई अधिकार सुनिश्चित गर्न यक जुट भई लाग्ने र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै किसान र बेरोजगारी युवाहरुलाई कृषि क्षेत्रमा लग्नको लागि प्रेरित गर्नु यस आफ्नो लागि आफ्नो अभियानको मुख्य उद्देश्य हो।

    कोरोना भाइरस कोभीड 19 ले गर्दा सारा विश्व जगत नैं आक्रान्त बनाइरहेको छ।नेपालमा पनि पनि अहिले पछिल्लो समय संक्रमितहरु बढ्दै जाने क्रम मै छ।यस सँग सगै आफ्नो लागि आफ्नो अभियान ले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउनको लागि माग गरेको छ।खाडीका देश र मलेसियामा लाखौं नेपाली स्वदेश फर्कने दिन कुरिरहेका छन्।कतिपय नेपालीहरु अति नै समस्या मा परेको छन्।कोरोना महामारी कहिले खोल्छ थाहा छैन।सरकारले जहां हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुस् भनेर भनेको पनि दुई महिना भन्दा धेरै भइसक्यो।

    खाडीका देश मलेसियामा लकडाउन लम्बिएको छ भने सुरक्षा सतर्कता बढाइएको छ।काम र कमाई छैन,कतिपय त कोरोना संक्रमित समेत भयका छ।त्यस कारण विदेशमा समस्यामा परेका नेपाली श्रमिकको उदार गर्नको लागि आफ्नो लागि आफ्नो अभियान ले माग गरेको छ।’विदेशी भूमिमा रहनु भएको पीडित नेपालीहरुलाई उदार गरी स्वदेशमै रोजगारीको श्रृजना गर्नु पर्छ यसको व्यवस्था सरकारले गर्नु पर्छ कृषि क्षेत्रमा सस्तो ऋण प्रदान गरी कृषि को पनि बीमा गरी बैंक वित्तीय संस्थाहरुले पनि ऋण प्रदान गर्नु पर्छ ‘ दुर्गा माझि र नेपाली छोरीले भनु भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार