२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

धुलिखेल,नाला र नगरकोट पर्यटकिय केवलकार


५११६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ३ साल अघि

  • निकट भविष्यमा कोरोना कालको समाप्ती सँगै चहल पहल बढाउनै पर्ने उद्योगको नाम हो, पर्यटन उद्योग । प्रकृति र मानव निर्मित संरचना अवलोकन गर्न मानिसहरु एक ठाउँबाट अर्को ठाउँ जाने गर्दछन् । विद्युतिय शक्तिले चल्ने मानव निर्मित पर्यटकिय एक साधन केवलकार पनि हो । नेपालमा मनकामना, चन्द्रागिरी, कालिन्चोक संचालन भै सकेका केवलकार हुन् भने मुक्तिनाथ, पाथिभरा तथा अन्य चित्र कोरिँदै गरेका केवलकार हुन्। यो आलेख भने काठमाडौ देखि नजिकै पुर्व तर्फ रहेका पर्यटकिय स्थानहरु धुलिखेल, नाला र नगरकोट लाई केवलकारले जोड्ने परिकल्पना मात्र हो।

    धुलिखेल परापुर्व कालमा ’बाघको खेल मैदान’ भनिने धुलिखेल काभ्रे जिल्लाको सदरमुकाम हुनाको साथै अरनिको र बि.पि राजमार्गको संगम विन्दु पनि हो। काठमाडौबाट ३० कि.मि पुर्व र समुन्द्र सतहबाट १५५० मि. उचाइमा रहेको धुलिखेल हिमालि श्रींखला दृश्यावलोकनका लागि प्रख्यात छ। यहाँबाट अन्नपुर्ण, गणेश, लामटाङ, फुरिविछ्यायु, गौरिशंकर, लोत्से हिमालहरु लहरै देखिन्छन् । यहाँ भगवती, कालिदेवी, गिता, गौखुरेश्वर, नारायण, हरिसिद्दी, सरस्वती, दक्षिणकाली जस्ता ऐतिहासिक मन्दिरहरु छन्। काभ्रे जिल्लाको सदरमुकाम पनि भएको हुँदा यहाँ विभिन्न जिल्ला कार्यालय हुनाको साथै धुलिखेल अस्पताल, काठमाडौ विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरु पनि रहेका छन्। पर्यटकिय नगरी भएको हुँदा प्रशस्त मात्रामा होटलहरु छन्।

    यहाँको हेर्न लायक अन्य कुराहरु जैविक विविधता, नेवारी संस्कृती,हजार सिँढी ,बुद्व प्रतिमा, ७२ प्रजातिका चराहरु, पुतलिहरु, भगवती जात्रा, साँघुरा गल्ली, बुद्वस्तुपा, टुँडिखेल, देविस्थान(ढुङ्गो, कलात्मक घरहरु आदि हुन्। धुलिखेल सांस्कृतिक ट्रेकिङ्, हाइकिङ्, माउन्टेन वाइकिङ् र प्राचीन नेवारी र अन्य समुदायको संस्कृतिको लागि पनि प्रख्यात छ।

    नाला हाल बनेपा नगरपालिकाको १ देखि ४ नं वडामा पर्ने नाला भेग बनेपाको मुख्य बजार देखि उत्तरतर्फ पर्दछ।यो भेग समुन्द्र सतह देखि १४०० मि. उचाइमा रहेको छ। यहाँ दूध, आलु, र हरिया तरकारिहरु प्रशस्त उत्पादन हुन्छ। यहाँका धार्मिक स्थानहरु नाला भगवती, चमुण्डादेवी, करुणा माई, जलेश्वर, धनेश्वर महादेव, नाला गुम्बा आदि हुन्। यहाँ विभिन्न शैक्षिक संस्थाहरु हुनाका साथै सिदार्थ विश्वविद्यालय खुल्ने क्रममा छ। यहाँबाट पनि उत्तरतर्फ हिमाली शृङ्खला देखिन्छ।

    नगरकोट काठमाडौबाट ३२ किमि पुर्व उत्तर दिशामा अवस्थित नगरकोट काभ्रे र भक्तपुर जिल्लाको संगम विन्दु पनि हो । यहि भेगमा चाँगुनारायण, बनेपा र मण्डनदेउपुर नगरपालिकाको भेटघाट हुन्छ । समुन्द्र सतहबाट २००० मि. उचाइमा रहेको यो पर्यटकिय क्षेत्र हिमाली दृष्यावलोकनका लागि प्रख्यात छ। यहाँबाट अन्नपूर्ण , मनास्लु, गणेश, लाङ्टाङ्, जुगल, रोल्वालिङ, महालङ्गुर, नुम्बुर आदि हिमाली शृङ्खला देखिन्छ। यहाँको भ्युटावरबाट पश्चिमतर्फ काठमाडौ भ्याली र शिवपुरी नेशनल पार्क, पुर्वतर्फ पाँचखाल, दक्षिणतर्फ बनेपा र पुर्वोत्तरतर्फ मण्डनदेउपुर उपत्यकाका भागहरु देखिन्छन्। यो क्षेत्र हाइकिङ्, वाइकिङ्, पिकनिक साथै सुर्योदय र सुर्यास्त दृश्यपानका लागि पनि प्रख्यात छ। यहाँ प्रशस्त होटेल र होमस्टेहरु खुलेका छन्।

    धुलिखेलको टुँडिखेल आसपासबाट शुरुवात हुने यो केवुलकारको लाईन गोसाइँकुण्ड जंगल हुँदै ओपितर्फ अगाडि बढ्नेछ । ओपिबाट नाला भेगका उच्च भुभाग सुमारा(चुनाताल(घिमिरे गाउँ हुँदै नगरकोटको भ्युटावर आसपास बन्ने स्टेशनमा पुगेर रोकिने छ। धुलिखेल देखि नगरकोट सम्मको दुरि लगभग २५ कि.मि हुनेछ। आधाउधी भाग पर्ने नाला भेगमा एक स्टेशन बनाइने छ । यसरी यस केवलकारमा धुलिखेल , नाला र नगरकोटमा गरि ३ स्टेसन रहनेछन् ।
    भविष्यमा अन्य भेग पनि यस केवलकारमा जोड्न सकिनेछ । नगरकोटबाट पुर्वतर्फ पाँचखाल न.पा को अनेकोट भ्युटावर हुँदै अनेकोटवेँशी जोड्न सकिने छ। अनेकोट भ्युटावर र अनेकोटवेँसिमा दुईटा स्टेसन रहने छन्। धुलिखेलबाट पुर्वतर्फ भमरकोट कोटदेवी हुँदै काफ्लेडिहि जोड्न सकिने छ । यहाँ पनि दुई वटा स्टेसन रहने छन्। नगरकोटबाट पुर्वउत्तर कुन्ता, पश्चिम तर्फ भक्तपुर र चाँगुनारायण पनि जोड्न सकिने छ। नालाबाट बनेपा र बनेपाबाट धुलिखेल पनि जोड्न सकिने छ। त्यसै गरि धुलिखेल बाट नवोबुद्व हुँदै पनौती जोड्न सकिने छ।

    नेपालमा विद्युत उत्पादन वृद्वी सँगै भविष्यमा केवलकार मनोरञ्जन का साथै वैकल्पिक यातायातको साधन पनि हुन सक्नेछ । यो सफा उर्जाले चल्ने हुँदा वातावरण प्रदुशित गर्ने छैन। धुलिखेल(नाला(नगरकोट केवलकारले काभ्रे र भक्तपुर जिल्लामा व्यापक पर्यटकिय चहलपहल बढाउने छ । मानविय चहलपहलले आयआर्जनमा रुपान्तरणकारी भुमिका खेल्नेछ । व्यापार ब्यवसाय फस्टाउनुका साथै होटेल र होमस्टेहरु बहुतै खुल्नेछन्। यो केवलकार निर्माण गर्न सरकारको सहजिकरण र निजि क्षेत्रको लगानी अतिआवश्यक छ। सरकार र उद्योग ब्यवसायिहरुले यतातिर पनि ध्यान दिने हो कि ? अन्तिममा,धुलिखेल,नाला,नगरकोट केवलकार आन्तरिक र बाह्य पर्यटकलाई उपहार ।

    (लेखक पुर्वशिक्षक हुन्।)
    (सिताराम शिपखान
    पाँचखाल, काभ्रे
    ०११—४९९१३५

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार