२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पुष्प व्यवसाय र बर्तमान अवस्थामा काभ्रे


४७८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • भेषराज दनुवार
    नेपालमा सन १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आ.व. २०७७÷७८ सम्म आई पुग्दा हाल ३५ जिल्लामा लगभग ७१५ पुष्प फर्म नर्सरीहरु विस्तार भईसकेको छ । लगभग १२० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ५ हजार प्रत्यक्ष रोजगारीमा सम्मिलित माथि २० हजार आश्रीत र १५ हजार प्रत्यक्ष रोजगारीमा गरी जम्मा ४०००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.व. ७७÷७८ मा नेपालमा आयात तर्फ ५३ करोड भन्दा बढि र निर्यात तर्फ ४० करोड भन्दा बढि समेत गरी जम्मा ९३ करोड माथिकोे भन्दा कारोवार गर्न सफल रहेको छ ।
    नेपाल सरकारले सार्वजनिक गरेको व्यापार एकिकृत रणनितिमा निर्यात योग्य कृषिजन्य सात बस्तु अलैचि, अदुवा, मह, दाल, चिया, चाउचाउ, र औषधि युक्त उत्पादन सार्वजनिक गर्दा उच्च मुल्यको बालि, राष्टिय अन्तराष्टिय बजारमा १० देखि १५ प्रतिशत हरेक वर्ष माग बृद्धि भैरहेको पुष्प जन्य उत्पादन निर्यात योग्य बस्तुको पहिचानमा आउन सकेन ।
    बास्तवमा नेपालको अर्थतन्त्रमा सुधार गर्न कृषि क्षेत्रको पुष्पजन्य बस्तुको निर्यात प्रर्बदन गर्नुपर्ने आजको आवश्यक्ता हो । जब सम्म पुष्प जन्य निर्यात योग्य उत्पादनलाई प्राथमिकता दिईदैन तव सम्म देशको आर्थिक विकास नारामा मात्र सिमित रहने छ । तसर्थ नेपाल सरकारले नेपालमा हाल उत्पादन भैरहेको पुष्प जन्य उत्पादनको निर्यातको व्यवस्था मिलाउन र राष्टिय निति तर्जुमा गर्न आवश्यक छ । तसर्थ नेपालमा उत्पादित फुलहरुले यहाका हजारौं कृषकहरुको भविष्य उज्वल पार्न सहयोग पुग्नेछ । त्यसपछिका दिनमा नेपालमा उत्पादित फुलहरुले यहाका हजारौं कृषकहरुको भविष्य उज्वल पार्न सहयोग पुग्ने छ । त्यस पछिका दिनमा नेपालमा पुष्प खेतीको व्यवसायिकरण भई सिंगो नेपालको अर्थतन्त्रमा यसले महत्वपुर्ण योगदान पुयाउने निश्चित छ ।
    नया नेपालको विकास संगै पुष्प व्यवसायमा पनि उल्लेखनिय परिवर्तन गर्नुपर्ने खाचो रहेको छ । यस कार्यलाई सफल बनाउन सरकारी निकायहरुको सहयोग विना लक्ष्यमा पुग्न संभव छैन । यस अवस्थामा हामी सम्पुर्ण पुष्पव्यवसायिहरु एक जुट भै यस क्षेत्रको विकासको लागी अग्रसर हुन समस्त सदस्यहरुलाई हार्दीक अनुरोध गर्दछौं । साथै यस अभियानमा सम्बन्धित सरकारी निकायहरुको सकारात्मक सहयोगको अपेक्षा हामीले गरेका छौं । नेपालबाट निर्यात हुन सक्ने कृषि जन्य बस्तुहरुको सुचिमा पुष्प जन्य बस्तुको अत्यन्त ठुलो सम्भावना रहेतापनि यसको व्यवस्थित उत्पादनमा सम्बन्धित निकायले ध्यान नदिएको यर्थात हो यस यर्थातलाई सम्बन्धित सरकारी निकायले समयमै ध्यान पुयाई निजि क्षेत्रमा केहि कार्य भएको छ । तर पनि यति मात्रले यस क्षेत्रको विकास पर्याप्त छैन हिमाल देखि तराई सम्म जैविक विविधताले सम्पन्न यस देशमा स्थान पहिचान गरि उत्पादन एवं वजार व्यवस्थापनमा थप कार्य गर्न जरुरी छ । सरकारी, सहकारी र निजि संयुक्त प्रयासवाट मात्र यो लक्ष्य पुरा हुन सक्छ ।
    फ्लोरिकल्चर एसोसिएसन नेपाल द्धारा ड्फ्ट गरि कृषि विकास मन्त्रालयमा पेश भएको राष्टिय पुष्पनिति पास भएपनि प्रभावकारी रुपमा यसलाई कसरी व्यवस्थित र प्रभावकारी रुपमा अगाडी बढाउने भन्ने अन्योल हामी सामु खडा भईरहेको छ । यस अवश्थामा नितिको अभावले राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी कर्ता आकर्षित नभईरहेको र निति नबन्दा सम्म यस उद्योगको भविष्य समेत जोखिममा रहेकोले सम्बन्धित निकायहरु एवं हाम्रा शुभचिन्तकहरुवाट पुष्प निति पास भएपनि प्रभावकारी रुपमा कार्यान्वयन को लागी अपेक्षा मा रहेका छन् ।
    विश्वमा नया नया प्रविधिको विकास भएको छ । तर पनि प्रविधिबाट नेपाल धेरै टाडा रहेको छ । त्यसलाई नजिक ल्याउन मुख्य भुमिका सरकारको हुन्छ, तर पनि यस्तो विषयमा सरकारका निकायहरु मौन रहेको पाईन्छ । आजको यस अवसरमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चहान्छु । फ्लोरिकल्चर एसोसिएसन नेपालले सम्बन्धित निकायहरु संग समन्वय गरि अगाडी बढने निति अनुरुप आजको यस कार्यक्रम को प्रारुपबाट अगाडी बढेका छौं । हाम्रो देश जैविक विविधताको धनि देश भएर पनि खासै उपयोग र उपभोग गर्न सकिरहेको छैन । कारण सरकार र निजि क्षेत्रको दुरी निकै टाडा छ । यो दुरीलाई नजिक ल्याउन सकेमात्र हाम्रो देशको जैविक विविधता र विश्वमा पाईने सबै प्रकारका हावापानी भएको देशका हामी व्यवसायि, निति निमार्ण तहमा बस्ने उच्चतहका कर्मचारी र कार्यान्वयन गर्ने निकायका बरिष्ट कर्मचारी ज्यूहरु एक हुने हो भने मा लक्ष्यमा पुग्न सहज र सरल हुन्छ ।
    हाम्रो देश नेपाल कृषि प्रधान देश भनिन्छ र तर राज्य संचालन गर्ने राजनैतिक नेताहरुवाट कृषि क्षेत्र निकै उपेक्षित रुपमा हेरिएको पाईन्छ । कृषि प्रधान देशका जनता हामी खाद्यान्न आयात गरिरहेका छौं । भने पुष्प व्यवसाय क्षेत्र झनै उपेक्षमा परेको छ । पुष्प जन्य वस्तुको आयातलाई रोक्न हाम्रै देशमा उत्पादनलाई प्रोत्साहित गर्ने फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल को लक्ष्य को एक केन्द्र बिन्दु रहेको छ । यो लक्ष्यलाई पुरा गर्न तहगत कृषि विकास मन्त्रालय, कृषि बिभाग, नेपाल उद्योग बाणिज्य महासंघका साथै सम्बन्धित संघ सस्थाले सहयोगबाट कुनै लक्ष्यमा पुग्न सकिने स्थिती छैन । यसकालागी आगामी दिनमा अझै थपसहयोग तथा ठुला ठुला लगानी भित्राउनकालागी सबै क्षेत्रबाट सहयोग हुनेछ भन्ने विश्वास यस कार्यक्रमबाट लिएका छौं ।
    अन्तमा पुन हाम्रो निमन्त्रणालाई स्विकार गरी आफनो अमुल्य समय र प्रेरणादायि उपस्थितीकालागी काभ्रे जिल्ला समितको साधारण सभामा हाम्रो निमन्त्रणालाई स्विकार गरि आफनो अमुल्य समय प्रदान गरी प्रमुख अतिथिका रुपमा उपस्थित भई दिनु भएका बागमति प्रदेश माननीय काभ्रे १ ख का श्र िमाननीय चन्द्र लामाज्यू लाई हार्दीक स्वागत गर्दछु । त्यस्तै आजका विशेष अतिथि केन्द्रिय समिति प्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष श्री कुमार कसजु श्रेष्ठ ज्यूलाई हार्दीक स्वागत गर्दछु । त्यस्तै आजको अतिथि काभ्रे उद्योग बाणिज्य महासंघका राजेन्द्र पसछे ज्यू, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष श्री मञ्जु कुमार कोजु श्रेष्ठ ज्यूलाई हार्दीक स्वागत गर्दछु । त्यस्तै आजका अतिथि होटल एसोसिएसन नेपालका श्री प्रेम कण्ठ श्रेष्ठ ज्यू लाई हार्दीक स्वागत गर्दछु । त्यस्तै आजका अतिथि जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत तेजप्रसाद दवाडी ज्यूलाई पनि फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति काभ्रेको तर्फबाट हार्दीक स्वागत गर्दछु । अतिथिका रुपमा पाल्नु हुने बनेपा नगरपालिका कृषि शाखाका शाखा प्रमुख मुकुन्द के.सि. तथा धुलिखेल नगरपालिका कृषि शाखा प्रमुख श्री मन्दिल श्रेष्ठ । त्यसैगरी काभ्रेको पुष्प व्यवसायलाई निरन्तर माया ममता र सदभाव प्रदान गर्ने पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष लाई हार्दिक स्वागत गर्दछु । त्यस्तै हाम्रो निमन्त्रणालाई स्विकार गरि विभिन्न सञ्चार माध्ययम लगायत पत्रकार मित्रहरुलाई हार्दीक स्वागत गर्दछु । त्यस्तै यस सस्थाका सम्पुर्ण सदस्य महानुभाव लगायत सम्पुर्ण पुष्प व्यवसायि साथिहरु र उपस्थित महानुभावहरुलाई पनि यस दशौं बार्षिक साधारण सभामा सस्थाको तर्फबाट म न्यानो स्वागत गर्दछु । त्यस्तै हाम्रो निमन्त्रणालाई स्विकार गरि उपस्थित हुनु भएका फ्लोरिकल्चर एसोसिएसन नेपालका केन्द्रिय पदाधिकारी र कार्यसमितिह्रलाई स्वागत गर्र्दछु । त्यस्तै विभिन्न सञ्चार गृहबाट पाल्नुभएका सञ्चार कर्मि अतिथि ज्यूहरुमा पनि हार्दीक स्वगत गर्दछु । त्यस्तै यस सस्थाका सम्पुर्ण सदस्य महानुभाव लगायत सम्पुर्ण पुष्प व्यवससायि साथिहरु र उपस्थित महानुभावहरुलाई पनि यस चौथो साधारण सभामा सस्थाको तर्फबाट म न्यानो स्वागत गर्दछु ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार