२०८१ अषाढ ११, मंगलबार | Tue, 25, Jun, 2024

स्थानीय तहहरुको लेखाजोखा, पाँचखाल नगरपालिका अग्रस्थानमा  


४६९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित २ साल अघि
  •                                            राजेश बञ्जारा

    नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आषाढ २०७८ मा गरिएको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा विधि अनुसारको मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ ।

    स्थानीय तहहरूमा सूचना प्रविधि पूर्वाधारको अवस्था त्यस्तो प्रविधि प्रयोग गर्नका लागि आवश्यक पर्ने दक्ष एवम् तालिम प्राप्त जनशक्तिको उपलब्धता एवम् सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्था लगायतका ७ वटा विषय समेटी ५० बुँदामा स्थानीय तहमा विद्युतीय शासनको अवस्थाको लेखाजोखा गर्ने उद्देश्यले मन्त्रालयले गत आर्थिक बर्षमा स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा विधि तयार गरी स्थानीय तहमा पठाएको थियो ।

    उक्त प्रतिवेदन तयार गर्ने समयसम्म जम्मा ४३४ वटा स्थानीय तहबाट विवरण प्रविष्टि भएकोमा प्रविष्टि गरेका स्थानीय तहका सूचना प्रविधि क्षमताका विचमा ठूलो असमानता रहेको देखिन्छ । स्थानीय तहले आफ्नो क्षमताको लेखाजोखा गर्दा अधिकतम अंक प्राप्त गर्न स्थानीय तहले कुल ८४ अंक प्राप्त गरेको छ भने सबैभन्दा कम अंक प्राप्त गर्ने स्थानीय तहले जम्मा १९ अंक प्राप्त गरेको देखिन्छ ।

    स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्थालाई विश्लेषण गर्दा अवस्था अत्यन्तै कमजोर देखिन्छ । सङ्घीय सरकार बाट तयार भएर अनिवार्य प्रयोगका लागि परिपत्र गरी पठाइएका SuTRA, व्यक्तिगत घटना दर्ता सम्बन्धी सफ्टवेयरको प्रयोग बाहेक अन्य कामका लागि सूचना प्रविधिको प्रयोग नगण्य मात्रामा मात्र हुने गरेको अवस्था छ । यी सङ्घबाट तयार गरी पठाइएका सफ्टवेयरहरूको पनि पूर्ण प्रयोग हुन सकेको छैन ।

    त्यस अध्ययनको लागि ७ वटा क्षेत्रहरूका विभिन्न ५० वटा सूचकहरू तयार गरी सो को अभार गणनाका लागि स्थानीय तहहरूलाई ईमेल तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टल मार्फत Google Form उपलब्ध गराई Google Form मार्फत स्थानीय तहहरूलाई अंकभार प्रविष्ट गर्न अनुरोध गरिए बमोजिम सम्बन्धित स्थानीय तहवाट प्रविष्ट भई अङ्कभार सहित प्राप्त हुन आएको विवरणलाई प्रयोग गरिएको थियो ।

    सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिको उपलब्धता र उक्त जनशक्तिको शैक्षिक योग्यता, तालिम, अनुभव र सेवाकालीन तालिमलाई मुख्य सूचक मानिएको थियो। सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधार जस्तै विधुतको उपलब्धता, विद्युतीय सामाग्रीहरु जस्तै सोलार व्याकअपको उपलब्धता, इन्टरनेटको पहुँच, कम्प्युटरको उपयोग, कम्प्युटर नेटवर्क, मल्टिमिडिया (Projector, Smart TV, HD Web Camera etc.) को उपलब्धता, सिसि टि भि क्यामेराको प्रयोग, Free WiFi को उपलब्धता, विद्युतीय सामाग्रीको प्राविधिक परीक्षण, साझा र एकीकृत प्रणालीको प्रयोगको अवस्थाको लेखाजोखा गरिएको थियो ।

    स्थानीय तहहरुको सूचना प्रविधिमा संस्थागत क्षमताको मुल्यांकनका लागि युनिकोड, ईमेल, अफिस प्याकेज, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई आधार लिईएको छ । आर्थिक प्रशासनमा SuTRA को प्रयोग, विद्युतीय हाजिरीको प्रयोग र अनुगमन अफिस अटोमेशन प्रणालीको प्रयोग, अनलाईन नक्सापास प्रणालीको प्रयोग, अनलाईन राजश्व भुक्तानी प्रणालीको प्रयोग, विद्युतीय वोलपत्रको प्रयोग, राजस्वको नक्साङ्कन Street & House Addressing को प्रयोग,  योजनाहरूको लागत अनुमान तथा डिपिआरको निर्माणमा सफ्टवेयरको प्रयोग, अनुगमन प्रणालीमा सफ्टवेयरको प्रयोग, स्रोत नक्सा)को प्रयोग, मातहतका शैक्षिक संस्थामा सूचना प्रविधिको प्रयोग, मातहतका स्वास्थ्य संस्थामा Tele / E Medicine को प्रयोग, हेलो सरकार तथा गुनासो व्यवस्थापन र व्यक्तिगत घटना दर्तामा सफ्टवेयरको प्रयोग, सेवा प्रवाहमा विद्युतीय पालो व्यवस्थापन प्रणालीको प्रयोग, डिजिटल नागरिक बडापत्र तथा Display Notice Board व्यवस्थापन, सूचना प्रवाहमा सूचना प्रविधि Bulk SMS / Email etc.) को प्रयोगलाई आधार लिईएको छ ।

    वेबसाइटमा Digital Certificate (https) को प्रयोग, वेबसाइटको तथ्याङ्क सरकारी डाटा सेन्टर भित्र रहेको, वेबसाइटमा निर्वाचित पदाधिकारीको विवरण राखे/नराखेको, कार्यरत कर्मचारीहरूको विवरण वेबसाइटमा राखे/नराखेको, सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी लगायत सूचनाको हक सम्बन्धी ऐन नियमावली बमोजिमको स्वतः प्रकाशन प्रदान गरिने सेवाहरूको विस्तृत विवरण कर्मचारीको विवरण वेबसाइटमा राखे/नराखेको बिषयलाई समेत सूचकको रुपमा लिईएको छ ।

    पालिकामा डिजिटल साक्षरताको अवस्था, इन्टरनेटको पहुँच, मोबाईलको पहुँच, व्यवसायको करदाताहरूको डिजिटल बिलिङ, सूचना प्रविधि सम्बन्धी नीतिगत व्यवस्था, सुचना प्रविधिसँग सम्बन्धित स्थानीय ऐनको अवस्था, सूचना प्रविधिसँग सम्बन्धित स्थानीय ऐनको अवस्था,  जनशक्तिहरूको लागि सूचना प्रविधि सम्बन्धी नीतिगत व्यवस्था समेत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामा आधार लिईएको छ ।

    माथि उल्लेख गरिएका विभिन्न ७ वटा क्षेत्रहरूमा दिइएका सूचकाइको आधारमा स्थानीय तहहरूले प्रविष्ट गरेको अङ्गभार बमोजिम स्थानीय तहहरूको सूचना प्रविधि क्षमताको लेखाजोखा गर्दा काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरूको समग्र मूल्याङ्कन तालिका यहाँ प्रस्तुत गरिएको छ । जसअनुसार पाँचखाल नगरपालिका ६४ अङ्क सहित ३४ औँ स्थानमा रही जिल्लाका सबै स्थानीय तहहरुमध्ये उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको छ । पनौती नगरपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकाले मन्त्रालयमा विवरण पेश नगरेका कारण मुल्यांकनमा सहभागी हुन सकेनन् । मुल्यांकनमा सहभागी काभ्रेपलाञ्चोक जिल्लाका जम्मा १० वटा स्थानीय तहहरु मध्ये भुम्लु गाउँपालिका ३० अङ्कका साथ ४१९ औँ स्थानमा रही अन्तिम स्थानमा कायम रहेको देखिन्छ ।

    क्र सं मुल्यांकनको क्रम स्थानीय तहको नाम अङ्क कैफियत
    ३४ पाँचखाल नगरपालिका ६४
    ७६ बनेपा नगरपालिका ५९
    १०९ मण्डनदेउपुर नगरपालिका ५७
    ११० धुलिखेल नगरपालिका ५७
    १२६ नमोबुद्ध नगरपालिका ५६
    १४२ रोशी गाउँपालिका ५५
    १६१ चौरीदेउराली गाउँपालिका ५३
    ३९४ खानीखोला गाउँपालिका ३७
    ४१३ महाभारत गाउँपालिका ३३
    १० ४१९ भुम्लु गाउँपालिका ३०
    ११ पनौती नगरपालिका विवरण पेश नगरेको
    १२ तेमाल गाउँपालिका विवरण पेश नगरेको
    १३ बेथानचोक गाउँपालिका विवरण पेश नगरेको

    मुल्यांकन प्रतिवेदन अनुसार अझै पनि ३५.०२% स्थानीय तहका २५% मात्र घरधुरीमा मात्र इन्टरनेटको सुविधा पुगेको तथा २.५३% स्थानीय तहका ३०% भन्दा कम घरघूरीमा मोबाइलको पहुँच पुगेको अवस्थामा स्थानीय तहमा सूचना प्रविधिको प्रयोगलाई बढावा दिन सेवाको वितरण पक्ष मात्र नभएर माग पक्ष पनि कमजोर रहेको अवस्था छ । यसर्थ सूचना प्रविधि सम्बन्धी पूर्वाधारहरूको ग्रामीण स्तर सम्म पहुँच विस्तार गरी सूचना प्रविधि साक्षरता बढाउन अति आवश्यक देखिन्छ ।

    (नेपाल सरकारका शाखा अधिकृत राजेश बन्जाराको सहयोगमा तयार गरिएको)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार