२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

सक्षम उम्मेदवारको चयन गर


२६७४ पाठक संख्या

आगामी मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारको चयन गर्ने बिषयमा पार्टीलाई हम्मे

  • नवसंकेत अनलाईन
  • २०७४ आश्विन २५, बुधबार मा प्रकाशित ६ साल अघि
  • आगामी मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारको चयन गर्ने बिषयमा पार्टीलाई हम्मे परेको छ । पार्टीको तल्लो तहबाट उम्मेदवारको सिफारीस भएको आधारमा पार्टीले टिकट दिने भएता पनि तल्लो तहबाट एउटा पदको लागि धेरै जनाको नाम सिफारीस गरेकोले समस्या परेको हो । एउटा पदको लागि १ दर्जन सम्मको नाम सिफारीस हुंदा छनोट प्रकृया थप जटिल बन्दै गएको अवस्था रहेको छ । बाम तालमेलको कारणले गर्दा एकै पटक राजनैतिक चर्चा सुरु भएको अवस्थामा उम्मेदवार चयनको लागि थप समस्या परेको हो । विगतमा तालमेल नहुंदा समेत एउटै पदको लागि धेरै जनाको आकाँक्षा हुने गरेकोमा यस पटक त वाम तालमेलको कारणले टिकटमा थप लोभिनेको संख्या ह्वात्तै बढेको हो । बिशेष गरेर कम्यूनिष्हरुमा टिकटको लागि दावेदार वढि भएको पाईएको छ । तालमेलको कारण टिकट पाउना साथ जित्ने प्रवल संम्भावना रहेकोले उम्मेदवार बन्नेहरुको संख्या बढेका हो ।

    उता नेपाली काँगे्रसमा वाम तालमेलको कारण ठुलै तरंग पैदा भएको अवस्थामा टिकटको लागि धेरै मरिहत्य नगरे पनि चर्चाको लागि भएपनि आफ्नो नाम सिफारीस गराउने होटबाजि चलेको छ । काभे्र जिल्लाको बिषयमा जिल्लामा रहेका दल मध्य नेपाली काँगे्रसले पहिला उम्मेदवारको नमा सिफारीस गरेको छ । सिफारीस नाम मध्य काभे्र क्षेत्र नं १ मा प्रतिनिधिसभाको लागि सिफारीस भएको नाम सर्बसहमतिको आधारमा एक जनाको मात्र सिफारीस गरेको छ । क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि एक जनाको मात्र नाम सिफारीस गर्ने निकै कसरत गरेपनि सफल हुन सकेको अवस्था छैन । प्रदेशसभा साथै समानुपातिकमा दर्जनौको नाम सिफारीस गरेर लावा लस्कर लागेको अवस्था रहेको छ । उता नेकपा एमाले र माओवादी केन्द्रले भने बाम तालमेलको आधारमा उम्मेदवार चयन गरेका छन् । सोही अनुसर तालमेललाई मध्यनजर राख्दै भाग बण्डाको आधारमा चयन गर्ने भएका छन् । सोहि अनुसार काभे्र क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि एमालेको तर्फबाट सर्वसहमतिको आधारमा नाम सिफारीस भएको छ ।

    बाम तालमेलको आधारमा अनावस्यक नाम सिफारीस नगर्ने तयारीका साथ दलहरु जुटेपनि सवै तिर सर्वसहमत हुने संम्भावना नहुदा धेरै जनाको नाम सिफारीस भएको पाईएको छ । तालमेलको कारण निकै चर्चामा आएको नेपालको राजनितिले ठुलै फड्को मार्ने आशा राखेका नेपाली जनताहरुले सक्षम उम्मेदवारको आशा गरेका छन् । कमजोर उम्मेदवारलाई टिकट दिएमा नेपाली जनताको चाहना पुर्ण नहुने देखिएको छ । उता नेपाली काँगे्रसले पनि सक्षम उम्मेदवारको चयन नगरी हतारमा निर्णय गरेर उम्मेदवारको चयन गरेमा थप समस्या आउने सुनिश्चित देखिन्छ । जनताको मन जित्ने खालको साथै ईमान्दार व्यक्तित्वको वदला चाकडी चाप्लुसि साथै मसल र मनिको आधारमा उम्मेदवारको चयन भएमा दलकै कार्यकर्ताले पनि साथ नदिने अवस्था आउने प्रवल संम्भावना रहेकोले दलहरुले होसियारी अपनाउन जरुरी रहन्छ । यदि दलहरुले होसियारी नअपननाएमा दलका कार्यकर्ताले दलगत ढंगले मत दिनुको वदलामा दलको कुनै वास्ता नगरी सक्षम व्यक्तित्वलाई साथ दिने प्रवल संम्भावना रहेकोले जनताको चाहना अनुसारको कार्यमा दलहरुले ध्यान दिएर उम्मेदवार छान्न आवश्यक रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार