२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

भय रहित ढंगबाट निर्वाचन सम्पन्न गर


३२८२ पाठक संख्या

नेपाली जनताको चाहना अनुसार संविधानसभा बाट संविधान जारी भएपछिको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • नेपाली जनताको चाहना अनुसार संविधानसभा बाट संविधान जारी भएपछिको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणको निर्वाचन हुने पुर्ण रुपमा तयारी भएको छ । दुर्गम साथै हिमाली जिल्लामा सम्पन्न भएको पहिलो चरणको निर्वाचनको पुर्व संध्यामा निर्वाचन विरोधि पक्षले चौतर्फीरुपमा गरेको आक्रमणले गर्दा मतदाताहरुमा त्रास फैलीएको थियो । जसका कारण मतदाताहरुको कम सहभागिता हुन पुग्यो । दोस्रो चरणको निर्वाचनमा पहिलाको भन्दा बढी सहभागि गराउनको लागि मतदाताहरुमा सुरक्षीत महसुस गर्ने वातावरण सृजना गराउन आवस्यक छ ।
    दलहरु बिचको तिक्तताको कारण दोहोरो झढप हुने संम्भावना बढ्दो अवस्थामा छ, मौन अबधीको समयमा उम्मेदवारले मतदातामा प्रयोग गर्ने फुसफस यन्त्रको साथै राती घरघरमा गएर मतदाताहरुलाई आफ्नो प्रभावमा पार्ने ढंगको कार्यले झडप निम्ताउने प्रवल संम्भावना रहन्छ । यस्तो अवस्था निम्तिएपछि नियन्त्रण गर्नुको बदला रोग लागेपछि उपचार गर्नु भन्दा रोगको बाटै छेक्नु बुद्धीमानी मानिन्छ । दलहरुले गर्ने कार्यमा प्रहरी प्रशासनले चनाखो भई भय रहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने वातावरण सृजना गर्ने बुद्धीमानी ठहरिन्छ ।
    लामो समयदेखि मुलुकमा स्थाई सरकारको अभावमा मुलुक संञ्चालन भैरहंदा विकास निर्माण लगाएतको काम काज सुष्त गतिमा रहेको थियो । भ्रष्टाचार, कुसासन लगायतको मुलुकको हितविपरितको कार्य स्थाई सरकारको अभावले गर्दा भएको हो । मुलुकमा शुसासन कायम गर्दै भ्रस्टाचारलाई निमिट्यान्न पार्ने हो भने स्थाई सरकारको आवस्यक हुन्छ । स्थाई सरकार निर्माणको लागि यो निर्वाचन अत्यन्त उपयोगी रहेको छ । यस्तो अवसरको समयमा नेपाली जनताले ध्यान दिन जरुरी छ । मिलिजुलिको खिचलो सरकारको काम गर्ने तौर तरिका बुझि सकेका नेपालीले स्थाई सरकार निर्माणको लागि जोड तोडले लागेको अवस्था छ ।
    ठुलो त्याग तपस्या पछि नेपालि जनताले पाएको अधिकारलाई सहि ढंगबाट सम्पन्न गर्ने वातावरणको लागि सम्पुर्ण राजनीतिज्ञ दल, सुरक्षानिकाय बुद्धिजिवि लगाएतको व्यक्तित्वहरुले ध्यान दिन जरुरी छ । अवसर सधै नआउने भएकोले अवसरको सहिढंगबाट सदुपयोग गर्न जरुरी छ । कुनै पनि मतदातालाई आफ्नो बहसमा ार्ने खालको व्यवहार गर्नुको बदला मतदाताको गोप्य मतदान गर्ने अधिकारलाई सुरक्षीत राखने कार्यको वातावरण निर्माण गर्ने दायित्व दल साथै उम्मेदवारको हो । मतदाताले सहिढंगको विस्लेसण गरेर मत दिन सक्षम रहेकोले अनावस्यक ढंगको दवाव दिने कार्य बन्द गर्दै शान्ति साथै भय रहित ढंगबाट निर्वाचन सम्पन्न गराउने वातावरण तयार गर्नु सवै पक्षको दायित्व हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार