२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

अरनिको राजमार्ग निर्माण कार्य सम्पन्न गर


२९२६ पाठक संख्या

अरनिको राजमार्ग खण्डको धुलिखेल देखि पाँचखाल सम्म मर्मत कार्यको नाममा लामो समयदेखि तहस नहस भएको

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • अरनिको राजमार्ग खण्डको धुलिखेल देखि पाँचखाल सम्म मर्मत कार्यको नाममा लामो समयदेखि तहस नहस भएको छ । मर्मत कार्यमा शुस्तता साथै लापर्वाहिले गर्दा सोहि सडकबाट आवत जावत गर्ने सवारी साधनका साथै यात्रुहरुले सास्ति भोगि रहेका छन् । सडकमर्मतको नाउमा अव्यवस्थित ढंगबाट निर्माण सामागृ लापर्वाहि ढंगबाट थुपार्दा यातायात आवागमनमा समस्या परेको हो । १५ किलोटिर सडक मर्मत गर्ने गरी काम सुरु गरेपनि धुलिखेल बाट ३ किलोमिटर सडक भत्काएर छोड्दा समस्या परेको हो । भत्काएको सडकमा हालको मौसममा कालो पत्रे गर्न नमिले पनि खाल्डाहरु पुर्ने साथै सडकमा नियमित रुपमा पानी छर्कने गरेमा यात्रुहरुले समस्या भोग्नु पर्दैन थियो ।

    सडकमा माटो ढुंङ्गा साथै निर्माण सामाग्रीहरु थुपार्नाले रोपाईको लागि तयारी गरेको खेतको रुपमा सडक परिणत भएको छ । दयनिय सडकमा जोखिम पुर्ण तरीकाले यायायात संञ्चालन भएको छ । पाँचखाल देखि धुलिखेल सम्मको १५ किलोमिटर मध्य १० किलोमिटर कालो पत्रे गरेपनि गुणस्तर हिनको कारणले गर्दा पिच गरेको महिना नवित्दै भत्कन सुरु गरेको छ । सडक निर्माणको ठेक्का पाएका ठेकेदारले जति लापर्वाहिगर्दा पनि सम्बन्धित निकायको चासो पुग्न नसक्दा यात्रुहरु मारमा परेका छन् । कार्यालयमा आउने कर्मचारीहरु सडकको कारण घण्टौं घिलो हुदा सेवाग्राहिहरु समेतमर्कामा परेका छन् ।

    मोड कटिङ्ग, वाल र नाली मर्मत साथै आवश्यकिय स्थानमा ग्रावेल, भ्याट बाहेकको १५ करोडमा ठेक्का पाएका “द कञ्चनजंगा मोतिदान जेवी” ले काम गर्ने तौर तरीकामा सुधार नआए विकराल अवस्था आउने भएको छ । राजमार्गमा काम गर्दा अपनाउनु पर्ने बिधिहरु नअपनाउदा कसैको चासो पुग्न सकेको छैन । कामको सुरु गरेदेखि निरन्तर रुपमा काम नगरेर लापर्वाहि ढंगबाट काम गर्दा राजमार्गको अवस्था दयनिय बन्दै गएको हो । राजमार्ग पुरै ध्वस्त भएर खाल्डा खुल्डिमा परिणत भई कतै रोपाई गर्ने तयारीको हिले खेत सरह र कतै कुईरि मण्डल धुलोले गर्दा मानव स्वस्थ्यमा समेत असर पुगि रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार