२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

काभे्मा सुरक्षाको अवस्था खस्कंदो


३६३० पाठक संख्या

मुलुकमा संघियता लागु भएसंगै सुरक्षाको अवस्था मजवुत हुनु पर्ने अवस्थामा काभे्रमा भने खस्कंदो अवस्थामा रहेको

  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २७, बिहिबार मा प्रकाशित ६ साल अघि
  • मुलुकमा संघियता लागु भएसंगै सुरक्षाको अवस्था मजवुत हुनु पर्ने अवस्थामा काभे्रमा भने खस्कंदो अवस्थामा रहेको छ । सुरक्षाको निस्कृयताको कारण गैर कानुनि ढंगको कार्य गर्नेहरुलाई भने हौसला मिलेको छ । जिल्लामा रहेको दुई राजमार्ग साथै शाखा मार्ग र ग्रामिण सडकहरु अबैध धन्दा गर्नेको अखडा बन्दै आएको छ । प्रतिबन्धित जडिबुटी, अवैध मदिरा, अवैध ढंगको बन पैदावार ओसार पसार भइ रहेको छ । राजमार्ग साथै व्यापारीक केन्द्रहरुमा खुलेआम जुवातास खेल्ने खेलाउने खालहरु पर्याप्त हुंदा समेत प्रहरी मुक दर्शक भएको छ ।

    मालवाहल सवारी साधनमा ओभर लोड भवर लोड अवस्थामा जोखिम यात्रा, यात्रु वाहक सवारी साधनमा मालबाहक सवारी साधनले ढुवानी गर्ने खाद्धान्न लगायतको सामाग्री ढुवाननी गर्नाको साथै छतमा जोखिम पुर्ण तरीकाले यात्रा गर्ने गर्दा समेत प्रहरीको ध्यान पुग्न सकेको अवस्था छैन । निर्माण सामाग्री ढुवानी गर्ने टिपरहरुले क्षमता भन्दा बढि निर्माण सामाग्री ओभरलोड राख्नै साथै सडकमा पानी चुहाउदै हिड्दा समेत प्रहरी मौन रहनुलाई जिल्लावासिले नकारात्मकको शंकेत दिएका छन् । यात्रुबाहक सवारी साधन साथै मालवाहक सवारी साधनमा खुलेआम अवैध घरेलु मदिरा ओसार पसार भैरहदा समेत सम्बन्धित निकायको चासो पुग्न सकेको छैन ।

    प्रहरीको निस्कृयताको मौका थोप्दै जिल्लामा चोरीको विगविगति मच्चिएको छ । पनौती क्षेत्रमा एक सातामा १४ घरमा चोरी हुनु, पाँचखालमा एकै रातमा तीन सहकारीको कार्यालयमा चोरी हुनुले प्रहरीको निस्कृयता कै कारण भएको स्थानियहरुको भनाई रहेको छ । स्वच्क्षा , आयआर्जन र जिवनमार्ग सहकारी पाँचखाल नगरकै मुटु मानिते समाजकल्यांण बजार क्षेत्रमै रहेको छ । अरनिको राजमार्ग पाँचखालको प्रमुख बजार क्षेत्र साथै झण्डै एक दर्जन बैंक तथा सहकारीहरु रहेको उक्त महत्व पुर्ण स्थानमा समेत प्रहरीले ग्रस्ति नगर्दा चोरीको घटना भएको स्थानियहरुको भनाई छ । पाँचखाल प्रहरी चौकिको नजिकै रहेको स्थानहरु समेत असुरक्षीत हुनुले प्रहरीको सकृयता न्युन रहेको प्रष्टिन्छ ।

    प्रहरी चौकिकै नजिकमा दर्जनौ पोटको खालहरुमा जुवा सरह गरी खेलबाडहरु भैरहेको हुन्छ । चार जनाको खेलमा साईडबाट च्याखे राख्नेको समेत राम्रै उपस्थितिमा खेल भईरहेको छ । जसका कारण १० औं हजार सम्म हारजित भएको हुन्छ तर त्यस्तो कार्यलाई रोक्नको लागि प्रहरीले कुनै पहल नगर्दा जिल्लावासिहरु चिन्तित रहेका छन् । जिल्लामा दैनिक रुपमा हजारौ लिटर मदिरा उत्पादन हुने र बिकृको लागि खुलेआम ढुवानि गर्ने गरेका छन् तर सम्बन्धित निकाय मौन छ ।

    सामान्य ढंगको प्रलोभनका कारण अरनिको राजमार्ग छेउछाउमा रहेको होटलहरु साथै वजार क्षेत्रमा खुलेआम तरीकाले रातको १० ÷११ वजेसम्म मदिराको व्यापार हुने गरेको छ । जसका कारण झैझगा हुने गरेको छ । प्रहरीको चेक पइन्ट हुदै मदिरामा लर्खराउंदै मोटरसाईकल मा हिड्दा समेत प्रहरीले रोक तोक नगर्दा दुर्घटना भएको धेरै उदाहरणहरु रहेका छन् । समाजमा हुने गरेको कुनैपनि गैर कानुनि कार्यलाई प्रहरीले नियन्त्रण गर्नुको वदला लापर्वाही ढंगले अगाडि बढ्दा समेत कुनै वास्ता नगर्दा समस्या आएको हो । प्रहरीको निस्कृयता भएकै अवस्थामा जिल्ला प्रहरी प्रमुखको हेर फेर भएको छ, प्रहरी प्रमुखमा नयाँ अनुहार आएपछि जिल्लावासिमा केही आसाको त्यान्द्रो पलाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार