२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

अराजक गतिबिधिको अन्त्य गर


४१७९ पाठक संख्या

मुलुक संक्रमण कालिन अवस्थामा रहेको मौका छोप्दै गैर काननुनि ढंगको कार्य गर्दैै अराजक गतिबिधि मच्चाउनेको

  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • मुलुक संक्रमण कालिन अवस्थामा रहेको मौका छोप्दै गैर काननुनि ढंगको कार्य गर्दैै अराजक गतिबिधि मच्चाउनेको संख्या ह्वात्तै बढेको थियो । कानुन संबत ढंगको कार्य गर्दा पाखुराको प्रदर्शण गर्दै गैर कानुनि कार्य गर्दै व्यक्तिगत फाईदा उठाउनेहरुको कारण सर्वसाधारण जनताहरु मारमा पर्ने गरेको धेरै उदाहरणहरु रहेका छन् । कानुन एकातिर व्यवहार अर्को तर्फ । कानुनि ढंगबाट निर्णय गर्दा आन्दोलन गर्ने नाउमा पाखुराकै भरमा आन्दोलन गर्दै वार्ताको वातावरण तयार गरी कानुन विपरित कार्य गर्दा गैर कानुनि ढंगको कार्य गर्ने मुन्द्रेहरुको मनोवल बढेको हो ।

    राजमार्गमा सवारी दुर्घटना होस यात व्यक्तिगत सम्पक्तिमा गिद्धे नजर लगाउंदै लुट तन्त्र मच्चाउने कार्यले गर्दा कानुन छायाँमा परेको हो । सडमा सवारी दुर्घटना हुनासाथ पिडितको मनै नभएपनि गैर कानुनि कार्य गरी व्यक्तिगत फाईदा लिन पल्केकाहरुले आन्दोलनको सुरुवात गरी हल्छन् । पिडितलाई पिडामा परेको समयमा सान्त्वना दिनुको बदलामा थप पिडा दिने कार्य गर्दै आर्थिक वार्गेनिङ्ग तर्फ आकर्षण हुन्छन अराजकको भिड । उनिहरुले सडक अवरोध गराएर आतंङ्क मच्चाउंछन् । यस्ता गैर कानुनि कार्य गर्नेहरुलाई कानुनि कठघरामा ल्याएर कानुनि कारवाही गर्न जरुरी रहन्छ ।

    जिल्लालाई तस्करी र गुडागर्दी मुक्त बनाउने तस्करी र गुडागर्दी एवं अपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथैे चोरी तस्करी, लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न जरुरी रहन्छ । आम नागरिकलाई भयमुक्त वातावारण बनाउदै सुरक्षाको प्रत्याभुती गराउने कार्यको लागि अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउन आवस्यक छ । जुवा तास, अवैध घरेलु मदिरा खुलेम खुल्ला तरीकाले सेवन गर्ने कार्य समेत गैर कानुनी हो । यस्तो कार्यलाई रोक्नुको बदला वास्ता नगर्दा समस्या आएको छ । रातिको समयमा हुने गरेको मदिरा व्यापारको कारण समाजमा ठुलै समस्या परेको छ । यस्तो अवस्थामा समेत सम्बन्धित निकायले ध्यान नदिनुले जनताहरु रुष्ट भएका छन् । समाजको हित विपरितको कार्यलाई रोक्दै अराजग गतिबिधिको अन्त्य गर्न जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार