२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

कलमलाई अवरोध नपु¥याऊ


२९३० पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १२, मंगलबार मा प्रकाशित ५ साल अघि
  • राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारहरुलाई पछिल्लो समयमा निस्पक्ष ढंगबाट कार्य गर्न अवरोध पु¥याईएको छ । समाचार संकलन कार्यमा जुटेकापत्रकारहरुलाई विभिन्न बाहानामा अबरोध पु¥याउने कार्यले गर्दा आम नेपाली जनताले समयमा सुचना पाउन सकेको अवस्था छैन । समाचार प्रकाशन प्रशारणकै कारण धम्कि दिने तर्साउने कार्य भै रहेको छ ।

    पत्रकारहरुलाई परेको समस्यालाई नेपाल पत्रकार महासंघ केन्द्रले गम्भीर आपत्ति जनाई रहेको अवस्थामा समेत भय रहित साथै स्वतन्त्र रुपले पत्रकारहरुले कलम चलाउन सकेको अवस्था छैन । जसले गर्दा पत्रकारहरुलाइ आफ्नो कार्यक्षेत्रमा रहेर कार्य गर्न समस्या आएको छ । गैर कानुनी ढंगबाट गरेको कार्यको बिषयमा समाचार प्रकाशन तथा प्रशारण गर्दा होस यात अनर्गल हल्लाको बिरुद्ध यथार्थ परकसाथै निश्पक्षताका साथ कलम चलाउंदा समेत अप्ठेरोमा परेका छन् पत्रकारहरु ।

    पत्रकारहरुलाइ स्वतन्त्र ढंगबाट समाचार संकलन गर्ने वातावरण निर्माण गर्दै यथार्थलाइ आम पाठक समक्ष पु¥याउनु पर्ने कार्यलाई सम्बन्धित निकायले समेत खासै साथ सहयोग गरेको छैन । प्रहरी प्रशासनले समेत खासै सहयोग नगर्दा आम नागरीकको सुचनाको हक कुण्ठीत भएको छ । निस्पक्ष साथै सत्य तथ्य समाचार गर्ने कार्यमा सम्पुर्ण पक्षले पत्रकारहरुलाइ साथ सहयोग गर्ने वातावरण निर्माण नगरे सम्म निस्पक्ष ढंगबाट आम पाठक समक्ष चुरो कुरो पु¥याउन सम्भब छैन ।

    पत्रकारहरु सुचनाको संवाहक भएकोले सुरक्षा निकायलाई समेत सुचना दिने कार्य पत्रकारले गर्छन् । त्यसैगरी प्रहरीले पनि पत्रकारलाई सुचना दिने कार्य गर्दै आएको छ । प्रहरी र पत्रकारको नङ र मासुको सम्बन्ध हुनु पर्नेको बदला प्रहरी र पत्रकारको विचमा भएको सम्बन्धमा सुधार गर्न आवस्यक छ । सम्बनधलाई थप सुधार गर्दै आम पाठकहरुलाई वास्तबिक सुचना प्रदान गर्ने वातावरण तयार गर्न जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार