२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

दिपावलिमा जुवा,तासलाई बन्द गरौं


३२४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ कार्तिक २१, बुधबार मा प्रकाशित ५ साल अघि
  • हिन्दुहरुको दोस्रो महान पर्वको रुपमा शुभ दिपावली मनाउने तयारी भएको छ । शुभ दिपावलिको समयमा जुवातास खेल्ने खेलाउने साथै मदिराको नसामा रमाउनु पर्छ भन्ने भ्रम अझै केही जनमानसमा रहीरहेको पाइन्छ । संस्कृतिलाई जोगाउनु पर्छ तर संकृतिको संरक्षणको बाहनामा बिकृतीलाई अंगाल्नु भनेको संस्कृतिको लोप गराउन खोज्नु सरह हो । सौहार्द ढंगबाट कुनैपनि विवाद रहित ढंगबाट पर्व मनाउनुले नेपाल र नेपालीको पहिचान हो । सोही पहिचानकै कारण अन्तराष्ट्रिय स्तरलेसमेत नेपाललाई हेर्ने दृष्टिकोण सकारातमक रहन्छ । पर्वको नाउमा खेलिने जुवातासलाई निरुत्साहित गर्ने कार्यको लागि प्रहरी प्रशासन सकृय ढंगबाट अगनाडि बढेको पाईन्छ । तर पनि लुकिछिपि खेलिने कार्य पुर्ण रुपले नरोकिदा समस्या अझै रहेको छ । प्रहरीकै सकृयताको कारण सार्वजनिक स्थानमा खेलिने लङ्गुर बुर्जा भने धेरै नियन्त्रणमा आएको छ । जुवातासलाई नियन्त्रण गर्ने कार्यको लागि प्रहरीले थप सकृयता देखाएका नियन्त्रण हुन सक्ने प्रवल संभावना रहेको छ ।

    तिहार पर्वको महत्व पुर्ण पक्षहरु मध्य एक हो देउसी भैलो, देउसी भैलोलाई मनोरन्जन साथै संकृतिको संरक्षण गर्ने उद्देस्यका साथ अगाडी बढ्न जरुरी हुन्छ । तर केही बर्ष यता सो मनोरञ्जन कार्यलाई आर्थिक उपार्जजनको माध्यम साथै मदिरा सेवन गरी बिकृति निम्ताउने कार्यले अलि प्राथमिकता पाएको छ । देउसी भैलोको नाउमा विभिन्न प्रकारको घटनाहरु समेत हुने गरेको छ । जसका कारण प्रशासनले बाध्य भएर समय निर्धारण गर्नुपरेको छ । त्यस्तै अर्को सुधार्नु पर्ने पक्ष विस्पोटक पदार्थ (पटका) पड्काउने कार्यलाई रोक्न जरुरी रहन्छ । सो कार्यले आगलागी हुने साथै सानासाना बालबालिकाको आँखा तथा कानमा समेत असर पुग्ने प्रवल संभावना रहनछ । प्रशासनले त्यस्ता सामागृहरुलाई अवैध मान्दै आयातमा पुर्ण रुपले रोक लगाउंदा समेत लुकि छिपि भित्रने गरेको पाइन्छ ।

    पर्वलाई लक्षीत गरी घरेलु मदिराहरु उत्पादन गर्ने कार्य केही दहमा सकृयका साथ अगाडी बढेको पाइन्छ । उत्पादन, ओसपारपसार, बिकृ र सेवनले गर्दा बिभिन्न घटनाहरु घट्ने गरेको उदाहरणहरु पर्यात्प रहेको छ । विगतको उदाहरणलाई मध्य नजर राख्दै प्रहरीले सो तर्फ समेत गोप्य ढंगबाट सुचना लिने कार्यको सुरुवात गरेको छ । सार्वजनिक यात्रु वाहक यनातायातबाट ओसार पसार गर्दा प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिन सक्ने डरले गर्दा मालबाहक सवारी साधनहरुको माध्यमबाट ओसार पसार गर्ने गरेको पाइन्छ । तरकारी तथा दुध ढुवानि साथै टिपरबाट अवैध मदिरा ओसार पसार गर्ने कार्यको सुरुवाति भएको छ । कतिपय स्थानमा पैदल मार्गबाट वोकेर ओसार पसार गरेको पाईएको छ । सवैखालको बिकृति विसंगतिलाई अन्त्य गर्न सवै सरोकारलावाहरुको उत्तिकै दायित्व रहेकोले सतर्क हुन जरुरी रहन्छ । पर्वलाई भव्य र सभ्य ढंगबाट मनाइ संकृतिको संरक्षण गर्दै नेपाल र नेपालिको पहिचान राख्न सवै पक्ष जुट्न जरुरी छ, दिपावलिको अवसरमा सम्पुर्ण स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरुमा शुभकामना ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार