२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

दलहरुको बिवादले समृद्ध नेपाल बन्दैन, सहकार्यले सफलता हासिल गर्छ


२८७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ माघ २४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • नयाँ नेपाल निर्माण गर्ने अभियानमा नेपालीहरुले लामो समयदेखि योगदान गर्दै आएका छन् । शताब्दि सम्मको नेपाली जनताको त्यागका कारण मुलुकमा ठुलाठुला राजनैतिक परिवर्तनहरु हुन सफल भएका छन् ।

    राणा तन्त्र देखी राजतन्त्र सम्मको अन्त्य गर्ने साथै मुलुकको मुल कानुन निर्माणमा नेपाली जनताले ठुलो त्याग गरे । अवको प्रमुख कार्य भनेको समृद्ध नेपाल निर्माण गर्ने कार्य हो । सोही कार्यको लागि जनताहरु लालाहित छन् । जनताको चाहना अनुसारको कार्यको लागि नेपालमा रहेका सम्पुर्ण राजनैतिक दलहरुले भुमिका निर्वाह गर्न जरुरी रहन्छ । दलहरुले नेपाली जनताको चाहना अनुसारको कार्यको लागि व्यक्तिगत तथा दलगत स्वार्थलाई त्यग्न जरुरी रहन्छ ।
    केन्द्रिय तहमा रहेका दलहरुविच एक आपसमा भएको खिचातानिले गर्दा मुलुकको विकास निर्माण गर्ने कार्यमा बाधा पुग्ने भएकोले सहज ढंगबाट अगाडि बढ्न उत्तिकै आवश्यक छ । सत्ताधारी दल र प्रतिपक्ष बिचमा रहेको कटाक्षले गर्दा मुलुकको हित संभव रहन्न । सरकारले राम्रो कार्य गरेको छ भने प्रतिपक्षले सघाउने र नराम्रो कार्य गरेको छ भने खवरदारी गर्न जरुरी रहन्छ । पछिल्लो समयमा आएर सक्तिको आडमा मुलुकको ढुकुटिमा गिद्धे नजर लगाउनेहरुको संख्या बढेको भन्ने चौतर्फी आलोचना आई रहेको छ । यस्तो अवस्थामा प्रतिपक्षले खेल्नु पर्ने भूमिकाको धेरै महत्व रहन्छ । राम्रो कार्यलाई सघाउने र नराम्रो कार्यलाई खवरदारी गर्दै जनतासामु आफुले गरेको कार्यको बिषयमा जानकारी गराउनु उपयुक्त रहन्छ ।

    स्थानिय तहको सरकारको जिम्मेवारी सम्हाल्दै आएका दलहरुले पनि आफ्नो अधिकारलाई दुरुपयोग गर्ने कार्यलाई रोक्न जरुरी रहन्छ । कतिपय स्थानिय तहमा जनप्रतिनिधिहरुले गरेको कार्य जनताको लागि पाच्य नभएको पाईएको छ । जनताबाट तिरेको कर बाट आर्जित रकमलाई दुरुपयोग गर्दै कार्यकर्ता पोस्ने कार्य भएको धेरै गुनासाहरु आउन थालेको छ । सवारी साधनको दुरुपयोग देखी विकास निर्माणको कार्य साथै टेण्डरमा समेत मिलिमतो गर्दै चुहावट हुने गरेको जन गुनासो आएकै समयमा स्थानिय तहका जिम्मेवार पक्ष सचेत नभएमा जनताबाट आलोचित हुने दिन नजिक छ । स्थानिय तहमा सहभागि रहेका दलहरुले राम्रा कार्यलाई सहज ढंगबाट सघाउने र नराम्रो कार्यलाई रोक्ने बिषयमा सचेत हुदै दलहरुबिच सकारात्मक ढंगबाट सहकार्य गर्दै अगाडि बढ्न सके मात्रै समृद्ध नेपाल निर्माण सहज हुने हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार