२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

पाच्यहुने शिक्षा नीतिको निर्माण गर


३५२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • मुलुकमा शिक्षा नीतिमा आमुल पविर्तन गर्दै समय सुहाउदो शिक्षा नीति ल्याउन आवश्यक छ । स्थानिय सरकारले जारी गर्ने नीतिमा विभेदकारी रहन हुदैन । यतिखेरको समय भनेको “छ पैसा—छ शिक्षा छैन पैसा, छैन शिक्षा” को अवस्था आएको छ । जसका कारण निमुखा साथै आर्थिक अवस्था कमजोर रहेकाहरुले गुणस्तरीय शिक्षा हासिल गर्न पाएको अवस्था छैन । सरकारी विद्यालयमा समय सुहाउंदो आधुनिक शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्ने बिषयमा विगत लामो समयदेखि सरकार पछि पर्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने जमर्को गर्दै नीजि विद्यालयहरु खुले । नीजिले प्रदान गरेको शिक्षामा आम अभिभावक साथै विद्यार्थीहरु सन्तुष्ट रहनाको कारण सरकारी विद्यालय प्रति चासो कम हुदै गयो ।

    नीति निर्माण गर्ने तहमा रहेका साथै सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक स्वयंले नीजिमा आफ्ना छोराछोरीलाई अध्ययन गर्न पठाउनुले पनि सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान नभएको प्रमाणित गरेको छ । उता सरकारले नीजिलाइ हेर्ने दृष्टिकोण नकारात्मक रहेको छ । नीति निर्माण गर्दा नीजिलाई बन्द गराउने ढंगको नीति ल्याउने भन्ने हल्लाले नीजिमा अध्ययन गर्ने आम विद्यार्थीहरुको मनोवल गिरेको छ । त्यसैगरी करोडौंको लगानी गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका नीजिका संञ्चालकहरु आतंकित भएका छन् । विगतमा नीजि विद्यालयहरु संञ्चालनमा नआउंदा गुणस्तरीय शिक्षा हासिल गर्नको लागि आर्थिक सम्पन्न परिवारले विदेश पठाउने गर्दथे । तर नीजि विद्यालय संञ्चालनमा आएपछि गुणस्तरयि शिक्षाको लागि विदेश भौतारीनेको संख्यामा कमी आउनाको साथै नेपाली रुपैया विदेशमा जाने कार्यमा कमी आयो ।

    कतिपय नीजि विद्यालयले शिक्षामा व्यापार गरिरहेको अवस्था नभएको होईन तर एकात्मा विद्यालयले बदामासि गर्दा सवैलाई हेर्ने दृष्टिकोण एउटै हुनु त्यति सान्दर्भीक होईन । सरकारले नीति बनाउदा नीजिलाई धारासायी बनाउने खालको विभेदकारी नीति ल्याउनु को बदला सरकारी विद्यालयमा गुणस्तरमा आमुल परिवर्तन ल्याएर समय सुहाउंदो आधुनिक शिक्षा दिने वातावरण निर्माण गरे सम्पुर्ण नेपालीहरु खुसिले गदगद हुन्छन् । कुनैपनि विद्यार्थी वा अभिभावकलाई धेरै पैसा खर्चिएर शिक्षा हासिल गर्ने मन हुंदैन तर वाध्यताले खर्च गनुपरेको छ । त्यस्तो बाध्यता निर्माण गरिदिने काम विगत लामो समदेखि सरकारको हो । किनकि सरकारले सरकारी विद्यालयमा आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्ने हो भने पैसा खर्च गर्न को जान्छ नीजिमा । त्यसैले नीजिलाई वन्द गराउछु भन्ने खालको योजना तयार गनुृ भन्दा सरकारीमा नीजिमा भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्छ भन्नेमा सम्बन्धित निकाय लाग्न जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार