२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

ट्राफिक व्यवस्थापनलाई मजबुत बनाऊ


२९२९ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • राजमार्ग होस यात अन्य कुनैपसि सडक, सवारी साधनहरु दिनपर दिन थपिंदो छ तर ट्राफिक व्यवस्थापनमा सुधार हुन नसक्दा समस्या जटिल बन्दै छ । बढ्दो सवारी साधनलाई मध्यनजर राख्दै मजवुत व्यवस्थापन गर्नुको बदला फितलो हुदा यात्रुहरुले सास्ति खेप्नु परेको हो । सडकहरुमा ट्राफिकको संख्या कमहुनु र भएकाहरुले पनि राम्रोसंग जिम्मेवारी निर्वाह नगर्दा समस्या जटिल बन्दै छ । जसका कारण दुर्घटना बढ्ने मात्रै नभएर १५÷२० किलोमिटर सडक पार गर्न ३ घण्टा सम्म लाग्ने भएको छ । सडकको अवस्था दिनपर दिन दयनिय हुदै जानु र सवारी साधन ह्वारह्वारति थपिनुले गर्दा सवारी चाप बढेको छ । सवारी साधनलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने जिम्मेवारी पाएका निकायले राम्रो भूमिका निर्वाह नगर्दा यात्रुहरुले सास्ति खेप्नु परेको हो ।

    पिकआवरको समयमा कुनकुन प्रकारको सवारी साधनलाई कसरी संञ्चालनमा ल्याउने भन्ने खालको योजना नहुंदा समस्या निम्तिएको हो । मालबाहक सवारी साधनलाई निश्चित समय निर्धारण गर्ने, विद्यालयको सवारी साधनलाई पिक आवर भन्दा अगाडिनै विद्यार्थी विद्यालयमा पु¥याउने खालको निति तयार गर्दा सवारी आवागमनमा सहज पुग्ने बिषयमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । यात्रु वाहक सवारी साधनहरुलाई ट्राफिकको कारण समयमा यात्रुहरुलाई निर्धारित समयमा पु¥याउन नसकेर हैरानि भैरहेको अवस्थामा मालबाहक सवारी साधनको निर्धारित व्यवस्था गर्न नसक्दा समस्या निम्तिएको हो ।

    काभे्रको बनेपाबाट काठमाण्डौ र काठमाडौ बाट काभे्र आउजाउ गर्नको लागि अफिस समयमा जानको लागि ३ घण्टा सम्म लाग्ने हुंदा कर्मचारी समयमा पुग्न नसक्दा सेवाग्राहिहरु समेत मर्कामा पर्ने गरेको छ । काभे्रबाट काठमाडौ अफिसमा पुग्नको लागि कर्मचारीहरु ६ वजेवाटै हिडेनु पर्ने अवस्था निम्तिएको छ । यस्तो अवस्था आउंदा समेत सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन जसका कारण जटिल समस्या आएको हो । त्यसैगरी काभे्रको व्यापारिक केन्द्रको रुपमा रहेको वनेपामा समेत व्यवस्थापन फितलो हुंदा समस्या आएको छ । बनेपाको चार दोवाटोमा ट्राफिक व्यवस्थापनमा ध्यान नदिदा सवारी जाम हुने गरेको छ ।

    आगामी जेठबाट खासाको नाका खुल्ने भएको छ, जसका कारण अरनीको राजमार्गमा थप यातायात सधनको चाप हुन्छ जस्ले गर्दा हालको समस्यामा थप समस्या निम्तन सक्ने बिषयमा सम्बनिधत निकायको चासो पुगन सकेको छैन । सर्वसाधारण यात्रुहरुलाई सहज वातावरणमा यात्रा गर्ने अवसर प्रदान गर्ने हो भने । सडको अवस्था र सडकमा संञ्चालन हुने सवारी सवारी साधनको बारेमा अध्यायन गरी सोही अनुसारबाट व्यवस्थापन गर्न जरुरी छ । पिक आवरमा कुनैपनि प्रकारको मालबाहक सवारी साधनलाई रोक लगाई यात्रु बाहक सवारी साधनलाई प्राथमिकता दिन जरुरी रहन्छ । सडकमा तैनाथ ट्राफिक प्रहरीहरुले यात्रुहरुको समस्यालाई मध्यनजर राख्दै सहज ढंगबाट सवारी संञ्चालन गर्ने बिषयमा सोच्न जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार