२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बजार अनुमनलाई निरन्तरता देऊ


२८७२ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ठुला व्यापारीले कमाउ धन्दामा लागेको सुईको पाएपछि साना व्यापारीले पनि ठुलाको बाटो पहिल्याउदै बजारमा कृतिम अभाव गराएर मनोपलि भाउमा सामान बिक्रि गर्दा उपभोक्ताहरु मारमा परेका छन् । जसको कारण बजार अस्त व्यस्त हुन पुग्यो । जुन समयमा मनोपोली ढंगको मुल्य निर्धारण साथै गुणस्तर हिन दैनिक उपभोग्य सामागृहरुको चलखेल बढ्यो । उपभोक्ताहरुलाई ठकेर रातारात महल निर्माण गर्ने उद्देश्यले व्यापारीहरुले कृतिम अभाव सृजना गराउनाको साथै नापतौलमा समेत गडबडी गर्ने, मिसावट गर्ने, व्राण्डमा हेरफेर गर्ने जस्ता कार्यलाई तिब्रता दिदा समस्या परेको हो । यस्तो अवस्थामा बजार अनुगमन कार्य हुंदा केही मात्रामा उपभोक्ताहरुको हित भएको छ । तर अनुगमनलाई निरन्तरता नदिने हो भने समस्या जिउका तिउ रहन्छ ।

    बजारमा देखिएको बिबिध समस्यालाई सम्बन्धित निकायले टुलु टुलु हेरेर बस्दा काला बजारीयाहरुको मनोबल बढेको छ भने आफ्नो ईमान्दारीताको साथ कार्य गर्ने व्यापारीहरु छायाँमा परेका छन् । एक तर्फी व्यापारीहरु रातारात अकुत आर्थीक आर्जन गरीरहेका छन् भने अर्काथरी ईमान्दारीताको साथ कार्य गर्ने व्यापारीहरु हेरेको हेरेई भएको अवस्था आएको छ । नत राम्रो कार्य गर्नेलाई पुरस्कार नत नराम्रो कार्य गर्नेलाई दण्ड कुनै हुन नसक्दा उपभोक्ताहरु मारमा परीरहेकै छन् । बिगतमा गरीने गरेको बजार अनुगमनको कार्यलाई सम्बन्धित निकायले भुलेको छ भने निर्वाचित जनप्रतीनिधिहरु कुहीरोमा हराएको काग जसरी रुमलिएको अवस्थाले गर्दा बजारको अवस्था अस्त व्यस्त रहेको छ ।

    बजारमा मासु जन्य पदार्थ, दुध जन्य पदार्थ मा भएको अखाध्य पदार्थ मिसावट साथै स्वच्छ नहुदा मानव स्वास्थ्यमा समेत समस्या देखिने भएको छ । गर्मीको समयमा जम्नबाट जोगाउनको लागि दुधमा मिसाईने सोडा, सोडाको मीश्रणबाट बनेको दुग्धजन्य खाद्यपदार्थमा अखाद्य पदार्थ मिसावटले समस्या निम्त्याएको छ । त्यसैगरी मासुमा समेत स्वच्छ साथै सफाईको बिषयमा कसैको ध्यान पुग्न सकेको छैन । अनुगमनको अभावले गर्दा रोगले मरेको पशुपंछीको मासु समेत बजारमा आउने प्रवल संम्भावना रहेको छ । बिगतमा समय समयमा अनुगमन हुंदा समेत बिभिन्न प्रकारको अखाद्य पदार्थहरु मिसावट भएको पाईने गरेकोमा पछिल्लो समयमा अनुगमन हुन छाडेपछि उपभोक्ताहरुको स्वास्थ्यमा समस्या आउने संम्भावना प्रवल रहेको छ ।

    मिठाई पसलहरुमा लामो समयदेखि फ्रिजिङ्ग गरी राखेको खाद्य पदार्थ, विग्रीएको मिठाईहरुलाई नष्ट गर्नुको बदलामा ताजा मिठाईको परिकार बनाउने क्रममा भएको मिसावट, गुणस्तरहिन घीउ तेलको प्रयोग, सफाईको कमिले गर्दा झिंगा भन्किएको अवस्था, फोहोर मैला व्यवस्थापनमा कमीले गर्दा उपभोक्ताहरुको स्वास्थ्यमा समस्या आईरहेको अवस्थामा सम्बन्धित निकायको मौनताले जटिल अवस्था निम्त्याउन सक्ने संभावना प्रवल रहेको छ । त्यसैगरी दैनिक उपभोग्य सामागृहरुमा भएको मिसावट,उपभोक्ताहरुले उपभोग गर्ने मिति समाप्त भएको अवस्थामा समेत खरिद बिकृको क्रममा निरन्तरताको क्रमले तिब्रता पाएको छ । बजारमा मनोमानी ढंगबाट आफुखुसी मुल्य रिर्धारण गरी एउटै प्रकारको सामानमा फरक फरक मुल्य निर्धारण गरेर उपभोक्ताहरुलाई मर्काउने कार्य थप जटिल बन्दै गएको छ ।

    समय समयमा बजार अनुगमनको लागि राज्यले निश्चित बजेटको व्यवस्था गरेको छ । वजेटको व्यवस्था हुदा हुदै बजारको अनुगमन नगर्दा कालो धन्दामा लाग्नेहरुलाई हौसला मिल्ने गरेको छ । बल्ल अनुगमन भैहाले पनि वजारमा अनुगमन हुदै छ भनी पहिलानै जानकारी गराएर अनुगमन गर्ने गरेको पाईएको छ । अनुगमनको सुचना अघिल्लै दिन दिएर गरीने अनुगमन देखावटी मात्र हो । वास्तबमै उपभोक्ताहरुको हितको लागि बजार अनुगमन गर्ने हो भने अत्यन्त गोप्य ढंगबाट अनुगमन गर्न अति आवश्यक रहन्छ । अनुगमन हुदै छ भनि पहिलानै जानकारी गराएर गरीने अनुगमनको कुनै अर्थ रहन्न । त्यस्तो अग्रिम जानकारी गराउनुमा कुनै पक्षको ठुलै रहश्य हुन सक्छ । बजारमा देखिएको समस्यालाई सम्बन्धित निकायले अनुगमन गरेर तत्काल समाधान गर्न जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार