२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

सामाजिक आतंकले त्रसित !


३२७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • समाजमा देखिएको बिनिभन्न आतंकले गर्दा समाज आतंकित हुन विवस छ । यस्तो अवस्थामा सम्बन्धित पक्षको ध्यान नपुग्दा थप जटिल अवस्था निम्तन सक्ने प्रवल संभावना रहेको छ । कुनैपनि समस्या आउना साथ नियन्त्रणमा लिन नसके जटिल अवस्था आउनु स्वभाबिक हो । सामाजिक बिकृतिलाई समयमै नियन्त्रणमा नलिंदा त्यसको संजाल फैलिन्छ जुन समय नियन्त्रणमा लिन कठिन हुन्छ । हाल सामाजिक आतंकको रुपमा दुई प्रकारको आतंकले व्याप्त छ, जुन झारफुकको नाममा माता आतंक र निर्माणसामाग्री ओशारपसारको बाहानामा टिपर आतंक ।

    चौतर्फी रुपमा धामी झाँक्री साथै माताको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको धेरै उदाहरणहरु रहेका छन् । बिषेश गरेर काठमाडौ, ललितपुर, भक्तपुर, धादीङ्, काभे्र लगायतको स्थानहरुमा झारफुकको नाममा ठगी गर्नेको ठुलै लर्को लागेको छ । अस्पतालको छेउछाउमा बसेर आफुले अस्पतालले निको पार्न नसकने रोग निको पार्ने भन्दै प्रचार प्रशार गर्दै अखडा जमाउने गरेका छन् । कतिपयले त ठुला बोर्ड राख्दै झारफुक गर्ने गरेको छ । केहीलेत फुकफाक गर्दै आयुर्बेदिक औषधी समेत भिडाउने गरेका छन् । यस्ता झारफुकका नाममा ठगी गर्दै घरपरिवारमा समेत पिडा दिने गरेका छन् । यस्ता बिषयमा सम्बन्धित निकायले मसिनो ढंगबाट अध्ययन गरी त्यस्ता सामाजिक बिकृति फैलाउनेहरुको अन्त्य गर्ने तर्फ नलागे जटिल समस्या निम्तन सक्ने प्रवल संभावना रहेको छ ।

    निर्माण सामाग्री ओशार पसार गर्ने नाममा सडकमा टिपर आतंक फैलिएको छ । जसलाई समाजमा यमराजको संज्ञा दिने गरेका छन् । निर्माण सामाग्री ओसार पसार गर्ने कार्यको लागि टिपर उपयोगि रहेको छ । जिल्लामा १ हजार ४ सय टिपरले निर्माण सामाग्री ओसार पसार गरी सेवा दिएका छन् । टिपर नहुंदो हो भने १ हजार ४ सय टिपरले दिनेसेवा दिनको लागि ४ हजार २ सय मिनि ट्रक आवस्यक हुने थियो । हजार ४ सयको वदलामा ४ हजार २ सयले सेवा दिदा ट्राफिक व्यवस्थापनमा थप समस्या पर्दथियो । त्यसरी हेर्दा टिपरले दिएको सेवा ठिक छ । तर सेवा दिने नाममा आतंक मच्चाउदा समस्या आएको हो, अनुभवि दक्ष चालक नराख्नु साथै सवारी चालक अनुमति पत्र नभएका चिचिलालाई टिपर चलाउन दिनु र सवारी धनिले क्षमता अनुसारको पारीश्रमिक दिनुको बदला टिपको हिषावले भत्ता दिने कार्यले गर्दा टिपर आतंक फैलिएको हो ।

    समाजमा हुने धेरै प्रकारको आतंकसंग उल्लेखित दुई आतंकको प्रत्यक्ष अप्रतेक्ष रुपमा ठुलै भूमिका निभाई रहेका हुन्छन् । धामि झाँक्रि र माताको नाममा कसैले मसान उठाएर लगाई दिएको, धुत पे्रत लगाई दिएको, आफ्नै आफन्तको खेल जस्ता बिभिन्न प्रकारको आरोप लगाई दिने कार्यले आतंक निम्त्याउन ठुलै रोल खेल्छ । त्यसैगरी सामान्य विवाद हुंदा टिपरका चिचिले चालकहरुले तंलाई किचेर मार्छु भन्ने शब्दले साथै उनिहरुले प्रयोग गर्ने पे्रशर हर्नले गर्दा सडकमा गुडिरहेका मोटरसाईकल चालक आत्तियर दुने दुर्घटना साथै ध्वनि प्रदुसण आतंक फैलि रहेको हुन्छ यस्ता प्रकारको आतंक निर्मुल पार्न कार्यमा सम्बन्धित निकाय मौन रहनु हुदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार