२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

जनता सचेत छन्, झुटको खेती बन्द गर


२७६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ६, बुधबार मा प्रकाशित ४ साल अघि
  • एकाईशौ सताब्दीमा आएर पनि झुटको खेती गर्ने तर्फ अग्रसरता अगाडी बढाउने कोशिस गर्दै छन् । विगतका बर्षहरुमा नेपाली जनतालाई झुटको गुम्राहमा पारेर आफ्नो स्वार्थ लुट्ने गरेपनि करिव तीन दशकबाट जनताहरु धेरै सचेत भई सकेका छन् । जनताके खल्ति खल्तिमा सुचनाको पहुंच पुगेको छ, अध्ययनमा व्यस्त छन् जनताहरु । मुलुकका बागडोर सम्हाल्दै जिम्मेवारी वहन गर्नेहरुले के—कस्ता कार्य गरी रहेका छन् भन्ने बिषयमा जनता सचेत छन् । जिम्मेवारी वहन गरीरहने पक्षसंग भन्दा बडी मुल्यांङ्कन गर्ने हैसियत राखेर अगाडी बढेका जनतालाई अझैपनि झुक्याउनु खोज्नु भनेको राजनीतिक रुपमा फाईदाको बदलामा घाटा हो ।

    आफुले वा आफ्ना आसेपासेलाई प्रयोग गर्दै अरुले गरेको उपलब्धीलाई आफुले गरेको भन्ने प्रचारबाजिले वास्तवमै राजनीतिक रुपमा फाईदाको वदला घाटा पुग्छ । त्यती मात्र नभई चाकडी गर्ने नाउमा झुटको खेती गर्दै प्रचार वाजिमा लाग्नुले सम्बन्धित पक्ष भन्दा प्रचार वाजिको लागि अग्रसरता देखाउने पक्षको विश्वसनियता ध्यस्त हुंदै सामाजिक रुपमा समेत अस्तित्व खस्कन सक्छ । हो ५ दशक अगाडीका नेपाली जनता सुचनाको पहुंचबाट टाडा थिए, समाजका केही टाठा बाठा भनाउदाहरुले झुटको खेती गर्दै फाईदा नलुटेका होईनन् तर आज आएर पुरानो तरीकाले झुटको खेती गरेर माथी पुग्छु भन्नु पानीलाई तताएर बाक्लो पार्छु भन्नु सरह हो ।

    नेपाली जनता सहि सत्यता र यथार्थलाई साथ दिने पक्षमा लागेका छन्, कुन ढंगबाट जनता अगाडी बढेका छन् भन्ने बिषयमा विगत १० बर्ष यताको निर्वाचन प्रणालिले प्रष्टिएको छ । झण्डै दुई दशक सम्म जनप्रतीनिधि बिहिन भएर चिन्तित बनेका जनताहरुले पछिल्लो समयमा आएर कुन नेतृत्वले के कस्ता बिकास निर्माणको कार्य कुन तरीकाले गरे, राम्रा नराम्रा पक्षको बिषयमा मसिनो ढंगले केलाई रहेका छन् । हो यतिखेर जनता मौन छन्, तर जनता मौन रहनाको कारण पर्ख र हेरको सुत्र प्रयोग गरिरहेका छन् । जनताले यति धेरै मसिनो ढंगबाट केलाई रहेको अवस्थामा आएर झुटको खेति गर्नुले उचाईमा पुगेको हैसियत खस्कन सक्छ । त्यसैले जनतासमक्ष कुनैपनि झुटको खेति नगरी निश्पक्ष ढंगबाट यथार्थलाई अगाडी बडाउन जरुरी छ ।

    पदिय जिम्मेवारी सम्हाल्दै आएका जनप्रतीनिधिहरुले आ—आफ्नो क्षमता अनुसारको कार्य गरी रहेको हुन्छन र गरी रहेका पनि छन् । सवै पक्षको ध्यान विकास निर्माणमानै हो, विकास निर्माणको लागि स्थानिय तहको वडा देखी पालिका, नगर, महांनगर, प्रदेश हुदै केन्द्रिय सरकार समेत सकृय रहेको हुन्छ । सवैले आ—आफ्नो ठाउबाट पहल गरीरहेको हुन्छ त कतिपय विगत बर्षहरुबाट क्रमागतको लागि रातो कितावमा उल्लेख भएको हुन्छ त विद्यालयहरु निर्माणमा भूकम्पको कारणले गर्दा भित्रिएका बिभिन्न एनजिओहरुले सहयोग गरी रहेका छन् । काभे्रमा प्रदेश सांसद ४ जना, प्रतीनिधि सभा सांसद दुई जना रहेका छन् । जसमध्य सरकारको प्रवक्ता समेत काभे्रले पाएकोले विकास निर्माणको कार्य अन्यत्रको भन्दा बढी हुनु स्वभाविकै हो । कुन कुन स्थानमा के कस्ता विकास निर्माणको लागि क—कस्ले पहल गरे भन्ने बिषयमा जनताले राम्रोसंग अध्ययन गरीरहेका छन् । त्यसैले यथार्थलाई बाहिर ल्याउनु नै जनताको मन जित्नु हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार