२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

मंसिर १४ को उप—निर्वाचन दलहरुको परिक्षा हो


३९२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २७, बुधबार मा प्रकाशित ४ साल अघि
  • आगामी मंसिर १४ गते हुने उप—निर्वाचन दलहरुको लागि परिक्षाको घडी हो । नेकपा एमाओवादी र नेकपा एमालेको एकता पछि बनेको दुईतिहाईको सरकारले मुलुक हाँकि रहेको अवस्थामा हुन लागेको उप निर्वाचनको परिणामले नेपाली जनता दुई तिहाईको सरकारले गरेको कार्यबाट कती सन्तुष्ट छन् वा छैनन् भन्ने प्रमाणित गर्छ । उप—निर्वाचनमा सरकार पक्षले राम्रो जित हासिल गर्न सफल रहे भने जनता सन्तुष्ट रहेको प्रमाणित हुन्छ । सरकारमा भएको पार्टीको पक्षमा जनता लाग्नु स्वभाविकै हो, सरकार पक्षलाई विजयी गराउंदा विकास निर्माणको लागि जनता आशावादि हुन्छन जसका कारण सत्ता पक्षको जित हुनु स्वभाविकै हो ।

    यता नेपाली काँगे्रसले प्रतिपक्षको भुमिका निर्वाह गर्दै छ, सरकारले गरेका राम्रा कार्यमा प्रतिपक्षको स्थानबाट के कस्ता सहयोग भयो र दुई तिहाईको सरकारले गरेका नराम्रा कार्यहरुमा कसरी खवरदारी ग¥यो ? भन्ने बिषयमा नेपाली जनताहरुले राम्रोसंग नियाली रहेको अवस्था छ । कांगे्रसले वाम किल्ला भक्ताउने भन्दै अगि बढेको छ, पार्टीको आन्तरीक विवादलाई मिलाएर एक ढिक्काका साथमा अगाडी बढेको उद्घोस गर्दै तिब्र गतिमा उप—निर्वाचनको लागि अगि बढेको छ । सरकारको प्रतिपक्षमा रहेको पार्टीलाई जनताले त्यति धेरै साथ दिदैनन् , जनतालाई आफुले जिताएको नेतावाट विकास निर्माणको लागि सहयोग रहोस भन्ने चाहन्छ । तर प्रतिपक्षमा रहेका दलबाट संभावना कम रहने हुंदा जनता सचेत हुनु स्वभाविकै हो ।

    सत्ता पक्ष र प्रतिपक्षको भुमिका निर्वाह गर्दै गरेका दलहरुसंग अन्य दलहरु समेत चुनावी मैदानमा उत्रिएका छन् । कतिपय स्थानमा प्रभाव रामै्र भएको पाईन्छ । सत्ता पक्ष र प्रतिपक्षलाई अन्य दलले उछिन्न सके भने सत्ता पक्ष र प्रतिपक्षसंग जनता रुष्ट भएको प्रमाणित हुन्छ । नेपाली जनता धेरै चतुर छन्, उनीहरुले परिवर्तन चाही रहेका छन् । कुन दलले राम्रो कार्य गर्छ भन्दै छनोट गर्दै छन् । उप निर्वाचनमा सत्ता पक्षले नराम्रो हार व्यहोरे भने नेपाली जनता रुस्ट भएको पाईन्छ । त्यसैगरी सत्ता पक्ष र प्रतिपक्षलाई उछिन्दै अन्य दलहरु निर्वाचित भएमा सत्ता पक्ष र प्रतिपक्षको व्यवहारसंग नेपाली जनता रुस्ट भएको प्रस्ट हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार