२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

दुर्घटनालाई न्यूनिकरण गर


३५४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • सवारी दुर्घटना दिन पर दिन बढ्दो छ । दयनिय धुले सडक साथै कालो पत्रेको ट्याग लागेको खाल्डा खुल्टि सडक साथै थोत्रा सवारी साधन, अर्ददक्ष सवारी चालकका कारण दुर्घटना बढ्दै छ । त्यसैगरी सवारी नियम विपरित ओभरलोड, भवरलोड, तिब्र गतिले पनि दुर्घटना वढाउंदो छ । सडकमा तैनाथ ट्राफिक प्रहरीले चालकसंगको मिलिमतोमा गर्ने व्यवहार थप दुर्घटनाको आधार बन्दै गएको छ । विगत १० वर्षको सवारी दुर्घटनाको तथ्यांकलाई मध्यनजर राख्दा दुर्घटनाका कारण २० हजारले ज्यान गुमाएका छन् भने १ लाख २५ हजार घाइते छन् । दुर्घटनाका कारण ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाए पनि सरकार यसमा संवेदनशील हुन सकेको छैन ।
    यति ठुलो संख्यामा मृत्यु हुदा पनि राज्यसंयन्त्रहरू कानमा तेल हालेसरह गरी आराम गर्दै छ । दुर्घटना न्यूनीकरणको दिर्घकालिन बाटो खोज्ने काम मात्र होईन पिडितको समस्याको बिषयमा समेत खासै चासो देखाएको छैन । जव जव चाडबाड आउंछ तव यात्रु बाहक सवारी साधनहरुलाई क्षमता भन्दा वडी भार वोकाउने गर्छन् । जसका कारण दुर्घटना हुनेगरेको धेरै उदाहरणहरु रहेका छन् । खुसियालीका साथ पर्व मनाउन हिडेकाहरुले अक्कालमा ज्यान गुमाउनु पर्दाको पिडा सम्बन्धित परिवारमा मात्र नभएर समाजलाई नै हुन्छ । यि सवै कारण हुनुमा पहिलो दोषिको भागेदार सवारी साधनको क्षमता भन्दा वढि भार थोपर्नु हो ।

    त्यसैगरी दोस्रो भागेदार प्रहरी प्रशासन, जस्ले सवारी नियम विपरित सवारी संञ्चालनमा ल्याएकालाई नियन्त्रणको बारेमा खासै ध्यान पुग्न नसक्दा समस्या आएको हो । आखिर यात्रुहरुलाई गन्तव्यमा पुग्नै छ, यातायात व्यवसायिहरुले निश्चित मात्रामा यात्रु बाहक सवारी साधन सञ्चालनमा ल्याउंछन् विकल्प छैन जोखिम मोल्नै प¥यो यात्रुले । यात्रुमा आफ्नै खाले समस्या छ, त्यसैगरी व्यवसायीहरुको अर्को समस्या भनेको विगत लामो समयदेखि आफुहरुले संञ्चालन गर्दै आएको रुटमा अन्य सवारी साधनहरु आक्कल झुक्कल आउदा उनिहरुले सवारी साधन कम चलाउनु स्वभाविक हो ।

    दुर्घटनालाई न्युनिकरण गर्न प्रहरी प्रशासनले पर्वलाई मध्य नजर राख्दै यात्रुहरुलाई कुनै समस्या हुन नदिने गरी यातायात संञ्चालन गर्ने समेतको व्यवस्था गर्दै आएको छ । तरपनि सो समयमा यात्रुको चाप बढि हुंदा सवारी साधनहरुको क्षमता भन्दा बडी यात्रुहरु राख्दा समस्या आउने गरेको धेरै उदाहरणहरु रहेको छ । सवारी साधनको क्षमताको बिषयमा मात्र नभई यात्रुहरुले सहज ढंगबाट यात्रा गर्न नपाएको बिषयमा ध्यान केन्द्रित हुन नसक्दा दुर्घटनामा परि धेरैले ज्यान गुमाउनु प¥यो । विगतका यस्तै धेरै उदाहरणहरुलाई मध्यनजर राख्दै दुर्घटना न्युनिकरसणको बिषयमा सम्बन्धित निकायले पुर्णरुपमा चासोदिन जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार