२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

घूस लेनदेन गर्नेलाइ निरुत्साहीत गर


४९५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • पछिल्लो समयमा आएर जुनसुकै कार्यगर्दा पनि घूस अनिवार्य जस्तै भएको छ । घूस लेनदेन हुनाको प्रमुख कारण दुइ तरिकाले हुने गरेको छ, पहिलो गैह्रकानुनि कार्य र दोस्रो विभिन्न बाहाना बनाई आलटाल गरेर सेवाग्राहीलाई वाध्य पारेर लेनदेन गर्ने रकम नै घूस हो । यसरी गैह्र कानुनी कार्य गरेर घूसको लेनदेन गर्नु भनेको दिने र लिनै दुवै दोषि हुन । कानुनले वञ्चित गरेको कार्यलाई आर्थिक प्रलोभनमा पर्ने र पार्ने दुवै कानुनि दायरामा ल्याएर कारवाहीको भागेदार हुनु पर्छ । सहि सत्य ढंगबाट कार्य गर्दा घूसको लेनदेन गर्न आवश्यक हुदैन । जसले सेवाग्राहीहरुलाई वाध्य र बिभिन्न बाहाना पारेर घूस लिन्छन त्यो लिने मात्रै दोसि हो । किनकि उनीहरुलई घूस दिएको भन्ने नै जानकारी हुंदैन ।

    अर्को घूस लिने दिने दुवैले चतुरता अपनाई कानुनले वञ्चित गरेको कार्यलाई मिलिमतोमा फत्ते गर्ने गर्छन । त्यस्ता कार्य गर्ने दुवैलाई कानुनी कारवाही अनिवार्य हुनु पर्छ । तर त्यसरी दुवै पक्षलाई कारवाही नहुंदा समस्या थप जटिल बन्दै गएको छ । पछिल्लो समयमा केहीलाई घूस लिदै गर्दा रंगेहात पक्रिएर कारवाही गरेको पाईन्छ तर दिनेलाई कारवाही गरेको विरलै छ । घूस लेनदेनको लागि गैह्र कानुनि ढंगबाट कार्यगर्नेहरुको संजाल ठुलै हुन्छ, एक आपसमा व्यक्तिगत स्वर्थ साथै वार्गेनिङ्ग नमिल्दा लेनदेनको सुचना चुहाउने गरेको धेरै उदाहरणहरु रहेका छन् । अख्तियारको कारवाहीको दायरामा धेरै जसो प्राबिधिकहरु पर्ने गरेका छन्, त्यसमा पनि धेरै स्थानिय तहमा कार्यरत प्राबिधिकहरु ।

    स्थानिय तहमा धेरै चुहावट भयो भन्ने जनगुनासोहरु छरपस्टै छ । त्यसको नियन्त्रणको लागि कम्मर कसेर अगि बढ्ने खासै देखिन्न । यस्तो कार्यको नियन्त्रण गर्नको लागि राजनीतिक दलहरु साथै जनप्रतीनिधि अगाडी बढ्नु पर्छ । तर त्यता ध्यान पुग्न सकेको छैन । “नखाउ भने दिनभरको शिकार,खाउत भने कान्छोबाउको अनुहार” उखान जस्तै सावीत भएको छ, जनप्रतीनिधिलाई । किनकी विगतमा चुनावको समयमा झण्डा बोकेर लामबद्ध भए, फेरी पनि चुनाव आईहाल्छ, खर्च धेरै भयो फेरी पनि हुन्छ……। यस्तै यस्तै समस्याले गर्दा घूस नियन्त्रण गर्न सकेनन् । जसले गर्दा विकास निर्माणको लागि छुट्याएको वजेटबाट गुणस्तरीय काम हुन सकेन । गुणस्तर हिन कार्यको राम्रो नाउ राख्ने न्वारन गर्न अन्तत प्राविधिकले नै पुरेत बन्नै पर्ने, यजमानको हितको लागि कार्य गर्नुनै पर्ने ….।

    यदि घूसलाई नियन्त्रण गर्ने हो भने, घूस लिने र दिनै दुवैलाई कारवाही गर्नु पर्छ । यजमानको संरक्षण गर्दै दक्षीणा सङ्कल्प गर्ने जस्ता कार्यलाई रोक्नु पर्छ । विकास निर्माणको नाउमा छुट्याईएको वजेट चुहाव गर्दै गुणस्तरहिन कार्य गर्नेलाई कारवाही गर्दै सार्वजनिक गर्नुपर्छ । तल्लो तहका कर्मचारीलाई प्रयोग गदै कम्ल्याउने पक्षको खोजी गर्दै कारवाही गर्ने प्रकृयालाई प्राथमिकता दिनेहो भने घूस लेनदेन गर्नेहरु निरुत्शाहित हुन्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार