२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

पर्यटकलाई आकर्षण पार्ने वातावरण बनाऊ


३२३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • भ्रमण बर्ष २०२० नजिकदो छ , नेपालको हर क्षेत्रमा पर्यटकलाई आकर्षण गर्ने विभिन्न योजना अगाडी बढ्दैछ । २०२० का कारण नेपाललाई विश्वको हरेक कुनामा परिचय गराउने उद्देश्यका साथ सरकार अगाडी बढीरहेको छ । जुन कार्य सफलहुंदा नेपाल र नेपालीको भविश्य उज्जल हुनु स्वभासवक हो । सरकारको निरन्तर प्रयासले गर्दा सोचे भन्दा धेरै पर्यटक नेपालमा भित्रन सक्छन् । भ्रमण बर्षमा जे—जती पर्यटन नेपालमा आउंछन् उनिहरुको प्रभावले गर्दा आगामी बर्षहरुमा पर्यटक नेपालमा आउने संख्यामा कि त लर्को, की त शुन्य तर्फ झर्न सक्छ यस्ता बिषयमा समेत भ्रमण बर्ष २०२० को तयारी गर्दै गर्दा सोच्न जरुरी रहन्छ ।

    पर्यटक आकर्षण गर्न सुविधा, स्वच्छता, सहुलियत साथै ऐतिहासिक धरोहरको बारेमा पुर्ण जानकारी र दृश्यावलोकनमा शुन्दरता आवश्यक रहन्छ । भ्रमण बर्षमा जे—जति पर्यटक नेपाल आउंछन् उनिहरु प्रचारक पनि हुन् । जव आ—आफ्नो मुलुकमा फर्कन्छन् तव उनीहरुले नेपालको बारेमा गर्ने प्रचारले भावि दिनमा नेपालमा पर्यटक बढ्ने वा घट्ने अवस्था सृजना हुन्छ । भ्रमण बर्षको लागि नेपाल आउने पर्यटकले नेपालको विज्ञापन गर्छन भन्ने बिषयमा भुल्नु हुदैन । उनीहरुले नेपालको बारेमा सकारात्मक विज्ञापन गरे पर्यटकको क्षेत्रमा भविश्यको लागि सकारात्मक शंदेस जान्छ जसको कारण पर्यटकको आगमन निरन्तर रुपमा रहन्छ । तर नकारात्मक शंदेस फैलिएमा भ्रमण बर्षकै कारण पर्यटकको अवस्था धारासाई हुन्छ ।

    यतिखेर सडकको दायाँबायाँ मात्रै नभएर हर क्षेत्र धूलोले पुरिएका छन् । पर्यटकको आवत जावत गर्ने सडक मार्ग मात्र नभएर ऐतिहासिक धरोहर देखी पर्यटक बस्ने होटलका छेउछाउको अवस्था पनि उस्तै छ । काठमाडौ र आसपारको क्षेत्र मात्रै नभएर भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट पर्यटकलाई लुम्बिनी ओहोरदोहोर गराइन्छ । सो ठाउंमा समेत धुलोले कतै केही देखिदैन । यतिखेर धुलोको कारण केही दिन नेपाल बस्न आउने पर्यटकहरु आफ्नो बसाई छोट्याउंदै स्वदेश फर्कने गरेका छन् । यस्तो अवस्थामै भ्रमण बर्ष मनाउंदा कती उचित होला सम्बन्धित पक्षले सोच्न जरुरी रहन्छ । भ्रमण बर्षलाई वास्तबमै सफल पार्ने हो भने वावावरणलाई स्वच्छ राख्नाको साथै पर्यटकहरुलाई कुनै डिस्टव पुग्ने खालको वातावरण बनाउनु हुंदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार