२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

फुटको राजनीतिले लक्ष हासिल गर्दैन


७२६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १६, बुधबार मा प्रकाशित ४ साल अघि
  • प्रतिपक्षको भूमिका निवाह गर्दै गरेको नेपाली काँगे्रस भित्रको आन्तरिक किचलो छरपस्टै भएको छ । विगत बर्षबाटै पार्टीमा आन्तरिक विवाद हुदै आएकोमा पछिल्लो समयमा आउंदा जटिल बन्दै गएको छ । समस्या समाधानको मार्ग पहिल्याउनुको वदलामा थप समस्याहरु उत्पन्न हुदै गर्दा जटिल तर्फ धकेलिई रहेको हो । पार्टीको आन्तरिक बिवादको कारणले गर्दा तीनै तहको निर्वाचनमा नराम्रो परिणाम आउंदा समेत नेपाली काँगे्रसमा चेत खुलेको छैन । गुट, उपगुट र अन्तर्घातकै कारण पार्टी ओरालो लाग्दै गरेको अवस्थामा चेत नखुल्नु दुर्भाग्य हो । पार्टी भित्र रहेको झण्डै आधा दर्जन गुटको आधारमा पार्टी अगाडी बढेको छ, जवसम्म यस्ता गुटलाई छरपस्टै छाडिन्छ तवसम्म पार्टी भविस्य अन्धकार सुनिश्चत छ ।

    सरकारको प्रतीपक्षको भूमिका निर्वाह गर्दै गरेकोे ठुलो दलको गिर्दो अवस्थाले गर्दा नेपालको हर प्रकारको क्षेत्रमा समस्या उत्पन्न हुनु स्वभविकै हो । मुलुकको हितकोलागि प्रतीपक्षमा रहनेकोे ठुलो भूमिका रहने हुंदा नेपाली काँगे्रमा हाल भएको अन्तरिक कलहले पार्टीमा मात्रै नभएर थप समस्या ल्याउन सक्छ । प्रतीपक्षमा रहनेले सरकारले गरेको राम्रो कार्यलाई सघाउने र मुलुकको हित विपरित हुन खोजेको कुनैपनि कार्यमा खवरदारी गर्न जरुरी हुन्छ । त्यस्तो कार्यको लागि टुटेर हैन जुटेर अगाडी बढ्न आवश्यक हुन्छ । तर प्रतीपक्षमा रहनेको गुट उपगुटले गर्दा खासै भूमिका निर्वाह गर्न सकेको छैन । नेपाली जनताले सरकारले गरेका राम्रा नराम्रा कार्य र प्रतीपक्षले खेल्नु पर्ने भूमिका निर्वाह गरे नगरेको राम्रोसंग मुल्याँङ्कन गरीरहेका छन् । जनताले गरेको मुल्याँङ्कनको परिणाम के कस्तो रहला भन्ने बिषयमा सरकार पक्ष र प्रतिपक्षले सोच्दै अगाडी बढ्न अति आवस्यक हुन्छ ।

    पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । तर जुन उद्देस्य लिएर अगाडी बढ्ने सोच बोकेको थियो त्यसको विपरित तर्फ अगाडी बढेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नराम्रोसंग पराजयपछि राष्ट्रिय राजनीतिमा पनि भूमिकाबिहीन बनेकोे कांग्रेसका नेताहरुको ध्यान प्रतिपक्षमा रहेर मुलुकको हितको खातिर कार्य गर्ने भन्दा गुट निर्माणमै व्यस्त छन् । त्यसैले गर्दा जनताले हेर्ने दृष्टिकोण नकारात्मक भएकोले गुट निर्माणमा भन्दा मुलुकको हितको खातिर कार्य गर्न जुटेर अगाडी बढ्न अति आवश्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार