२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

काभ्रे वामकिल्ला, राजधानी हेटौडा


५२८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे /जिल्ला वाम किल्लाको रुपमा अघि बढेको छ , सरकार पनि नेकपाकै छ, प्रदेश नं ३ को राजधानिको लागि हर प्रकारले काभे्र उपयुक्त छ । विगतमा शेरवहादुर देउवा नेतृत्वको सरकारले तीन नं. प्रदेशको अस्थाई राजधानी हेटौडालाई वनाईयो । सो समयमा अनुउपयुक्त स्थानमा अस्थाई राजधानी घोषणा भयो भनि कम्युनिष्ट निकटबाट निकै बिरोध भयो । तर स्थाई राजधानी काभे्रको प्रस्तावको पक्षमा विवेकसिल पार्टी मात्रै मैदानमा उत्रियो । काभे्रबाट निर्वाचित प्रदेसशभाका सांसद समेत “मुटुमाथी ढुंगा राखी हाँस्नु प¥याछ ” भन्दै हेटौडालाई राजधानी बनाउनकै लागि लामबद्ध भएको पाईयो ।

    देउवा नेतृत्वको सरकारले निर्वाचनको मुखैमा तोकिएको अस्थाई राजधानीको बिषय कम्युनिष्टका लागि राम्रै मसला हुन पुग्यो । जनतासंग मत माग्ने क्रममा देउवा नेतृत्वको सरकारले अदुरदर्शीता साथै अपाएक स्थानमा अस्थाई राजधानी बनायो भन्दै निर्वाचनको लागि राम्रै मसला बनाउन पछि परेनन् । कम्युनिष्ट नेताहरुले देउवा सरकारले गरेका सवै कार्य उल्टने भन्न नभ्याएका होइनन् । प्रदेश नं तीनको राजधानिको बारेमा खरोसंग उत्रिएकै आधारमा जनताले विश्वास गर्नु स्वभाविकै हो । जनताले विश्वास गरेकै आधारमा मुलुकको जिम्मेवारी सम्हाल्ने अवसर पाएकै हुन् । त्यसमध्य पनि काभे्रलीलेत विचारको आधारमा भन्दा पनि निस्पक्ष कार्य गर्ने आशा साथै राजधानि काभे्रमै हुने बिश्वासले गर्दा मत दिएकै हुन् ।

    दुइ बर्ष अगाडी जनताको घरघरमा मत माग्न पुग्दा कम्युष्टि उम्मेदवारहरुको प्रमुख एजेण्डा नै प्रदेशको राजधानि काभे्र भन्ने थियो । आफ्नै जिल्लामा राजधानी बनाउछन् भने किन सहयोग नगर्ने भन्दै जनता एकोहोरिए । जसको कारण काभे्र जिल्ला बाम किल्लामा परिणत भयो । काभे्रबाट निर्वाचित प्रदेशसभा सांसदहरुले काभे्रमा राजधानी हुनुपर्छ भन्दै संम्सद सचिवालयमा प्रस्तव दर्ता नगराएका होइनन् । तर अन्तिम अवस्थामा आएर नेकपा, नेपाली काँगे्रस, राप्रपा र राप्रपा संयुक्तले हेटौडाको लागि राजधानी बनाउने बिषयमा प्रस्ताव दर्ता गराई रहंदा काभे्रली जनता हिस्स पर्नु स्वभाविकै हो । काभे्रबाट अत्याधिक मत हासिल गरी (बामकिल्ला) निर्वाचित भएका सांसदहरुले हेटौडालाई राजधानी बनाउन प्रस्ताव दर्ता गराएपनि विवेकशील पार्टीले भने वास्तिविकता तर्फ आफ्नो अडान कायम राख्दै काभे्रको धुलिखेल प्रदेशको राजधानिको लागि उपयुक्त भन्दै प्रस्ताव दर्ता गराएको थियो ।

    नेकपाको निर्देशनकै कारण तीन नं. प्रदेशको राजधानी अपाएक पर्ने स्थानमा हुन पुग्यो । यस्तो हुनुको प्रमुख कारण नेकपा सचिवालयको निर्णय हो । काभे्रमा राजधानी बनाउनु पर्छ भन्ने पक्षमा उभिएका काभे्र लगाएत अन्य जिल्लाका नेकपाबाट बिजयी भएका सांसदहरु पनि अन्तिम अवस्थामा आएर हेटौडाकै पक्षमा लागे । पार्टीको निर्देशन जनमत भन्दा ठुलो भयो , निश्पक्षता साथै जनतको हितको लागि उभिन नसकि निरिह हुन पुगे । नेकपाको वलियो किल्लाको रुपमा रहेका काभे्रली जनताले राजधानीको लागि हरप्रकारले उपयुक्त साथै नेकपा सरकारमा रहेको र काभे्रको पक्षमा दुई तिहाईको समर्थन भएकोले गर्दा राजधानी काभे्र हुनेमा ढुक्क थिए । तर पछिल्लो परिणामले गर्दा देखाउने दाँत र चपाउने दाँत फर फरक भएको पुष्टि भयो । हिजो मत माग्ने बेलामा नेताहरुले कुर्लदै गरेको झलझली सम्झदैछन् काभे्रली जनता । प्रदेश सभामा रहेका काभे्रका ५ जना सांसदहरुले समेत हेटौडाकै पक्षमा मत हालिरहंदा काभे्रली चकित हुनु नौलो होईन ।

    वास्तवमा राजधानी बनाउने बिषयमा निश्पक्षता, आवश्यकता साथै जनमतको कदर नगरी व्यक्तिगत तथा पार्टीगत हितको खातिर हेटौडालाई राजधानी बनाइयो होला तर तत्कालको लागि कसैलाई फईदा भएपनि दिर्घकालिन रुपमा संभवत घाटा होला । जनताले के—कस्ता मुल्याँकन गरेहोलान भन्ने चेत राजधानी घोषणकै क्रमम नहोला । जनतालाई शक्ति देखाएर स्वार्थ पुर्ण त गरियो होला तर जनता पनि त्यति कमजोर नहोलान् , हाल शक्तिको आडमा गरिएको कार्यलाई काभे्र लगाएतका जिल्लाले पर्ख र हेरको नीति अवलम्बन गर्दै पर्खिरहेका छन् । वाम किल्ला कायम राख्ने बिषयमा सघाएका काभे्रली जनताले राजधानी बनाउने बिषयमा बाम पक्षबाटै भएको धोखाको बारेमा चकित भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार