२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

राजधानीको विरोधमा उत्रिनु लगन पछिको पोते


४६६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ८, बुधबार मा प्रकाशित ४ साल अघि
  • प्रदेश नं ३ को राजधानी हेटौडामा तोकिएको छ । अस्थाई राजधानी जुन ठाउंमा तोकीयो सोही ठाउँमा स्थाई राजधानी निर्धारन गर्नुले प्रदेश नं ३ ले राम्रै चर्चा पाएको छ । विगतमा अस्थाई राजधानि निर्धारण हुँदासमेत जनताको लागि सहज स्थानमा नभएको भनि विवाद नआएको होईन । विवादलाई समाधान गर्नेक्रममा स्थाई राजधानी हेटौंडामा हुँदैन भन्ने बिषयमा निकै रस्साकसि साथमा सवै तहका नेताहरुले ठुलै आवाजमा बोल्ने मात्रै नभएर नेकपाका सवै तहका नेताहरुले शेयर वहादुर देउवा नेतृत्व सरकारले गरेको निर्णय उल्ट्याउने उद्घोष गरेकै हो । वास्तवमा तीन नं प्रदेशमा रहेका जिल्लाहरुका लागि हेटौडा केन्द्र विन्दु नभएकै हो । होला काभे्रलीले काभे्रमै चाहिन्छ भन्नु, भक्तपुरले सोही ठाउँमा र ललितपुरले ललितपुर भन्नु नौलो होईन । तुलनात्मक रुपमा प्रदेशको राजधानी यि तिनै जिल्ला मध्य जुन ठाउंमा हुँदा पनि उपयुक्त मानिन्थ्यो । तर अन्तत साँढेको जुधाईले बाच्छाको मिचाई कायम हुन पुग्यो ।

    वास्तवमै भन्ने हो भने काभे्र राजधानीको लागि अनुउपयुक्त स्थान होईन । हेटौडाको तुलनामा धेरै उपयुक्त स्थान काभे्र भएकोले काभे्रलिले आशा गर्नु नौलो थिएन । जनताको हितको खातिर कार्य गर्ने भन्दा पनि व्यक्तिगत स्वार्थ, पार्टीगत फाईदाको लागि कार्य गर्दा काभे्र ओझेलमा पर्ने मात्रै नभएर तीन नं प्रदेशमा परेका धेरै जिल्लाहरुले शास्ति खेप्नु पर्ने भएको छ । पार्टीगत तथा ठुला नेताहरुका लागि काभे्रले भन्दा मकवानपुरबाट भावि दिनमा फाईदा हुने ठहर गर्दै हेटौडालाई राजधानि बनाउँदा काभे्रलि ओझेलमा परेका हुन् । जनताको आवश्यकता साथै केन्द्र बनाउने भन्दा पनि आगामी दिनमा कस्लाई प्रदेशको मुख्य मन्त्रि बनाउने भन्ने स्वार्थले गर्दा हेटौडालाई राजधानि बनाएको काभे्रलीको ठहर छ । उता पार्टी तथा केन्द्रीय नेताहरुको हानथाप साथै स्वार्थले गर्दा काभे्र ओझेलमा परेको हो ।

    काभे्रली सांसदहरुले सुरुको अवस्थामा काभे्रलाई राजधानि बनाउने बिषयमा भुमिका नखेलेको होईन तर पछिल्लो समयमा भएको मौनताले जनतामा शंका उत्पन्न हुनु स्वभाविकै हो । नेकपाको सचिवालयले हेटौडालाई राजधानी बनाउने बिषयमा निर्णय गर्दै ह्वीप जारी गर्दा उता नेपाली काँगे्रसले पनि समर्थन गरेकै हो । काभे्रली जनताको नजरमा कम्युनिष्ट मात्रै नभएर काँगे्रस पनि गिरेकै छ । बिगतमा काभे्र राजधानी बनाउने बिषयमा जुलुसमा सहभागि हुँदै नेतृत्व गर्नेहरु मौन बस्नाको पछाडीको राजनीति दाउपेच जनताले बुझीरहेकै अवस्थामा काभे्र काँगे्रसले यति खेर आएर विज्ञप्ति जारी गर्दै हेटौडाको विरोध गर्नुको कुनै औचित्य छैन । यदि वास्तवमै काभे्र काँगे्रसले काभे्रलाई राजधानी चाहेको थियो भने राजधानि घोषणा हुनु पुर्व विरोधमा उत्रीनु सक्नु पथ्यो ।

    राजधानी हेटौडामा भएको कारण काभे्रले प्रदेश स्तरिय मन्त्री पाउलान, कसैको राजनीति अश्तित्व सकिएला, जसका कारण कसैलाई राजनीतिक फाईदा होला त्यो ठुलो कुरो होईन । तर जटिल बिषय भनेको जनताको चाहना अनुसारको निस्पक्ष ढंगको कार्य नहुनु जटिल विषय हो । जनतालाई सधै झुक्याएर गुम्राहमा राख्ने कार्य राम्रो होईन, पछिल्लो समयमा आएर सांसदहरुले हाम्रो कारणले होईन भनि लोलोपोतो गर्ने कार्य गर्दैछन् । उता नेपाली काँगे्रस काभे्रले विगतमा नेकपा सचिवालयले हेटौडाको लागि निर्णय गर्दा, नेपाली काँगे्रसले समर्थन गर्दा मौन बस्ने हाल आएर हेटौडाको विरोधमा बिज्ञप्ति प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउनु लगन पछिको पोते सरह हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार