२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सभामुखलाई अवसर र चुनौती


३५८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • मुलुकमा आमुल परिवर्तनको खातिर शिक्षण पेसालाई त्यग्दै जनयुद्धमा लामबद्ध हुनुभएका अग्नि प्रसाद सापकोटाले निर्विरोध ढंगबाट सभामुखको जिम्मेवारी पाउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसंगै सरकारको प्रमुख प्रतीपक्ष नेपाली काँगे्रस लगायतका अन्य दलहरुले समेत समर्थन गर्दा निर्विरोध रुपमा सभामुख चयन हुनुभएको हो । सभामुख सापकोटाको लागि अवसरसगै चुनोती पनि उत्तिकै रहेको छ । राजनीतिको सुरुवातीबाटै धेरै चुनौतिको सामना गर्दै आउनु भएका सापकोटालाई सभामुख पद पनि चानचुने चुनौती छैन । पार्टीको जिम्मेवारी तहमा वसेर राजनीति गर्दै आउनु भएका सापकोटालाई सभामुखको जिम्मेवारी निर्वाह गर्दा निश्पक्ष ढंगको भुमिकाको लागि प्रतीपक्षहरुले अपेक्षा गर्दै उनीहरुले उम्मेदवारी समेत दिएका छैनन् ।

    सिन्धुपाल्चोक जिल्ला चौतारा–४ कुविण्डेमा बुवा धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट २०१४ फागुन २४ गते अग्निप्रसाद सापकोटाको जन्म भएको थियो । स्थानीय श्रीकृष्ण विद्याश्रमबाट औपचारिक पठनपाठन शुरु गरी सोही विद्याश्रमबाट एसएलसी उतीर्ण गर्दै समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका सापकोटाले १६ वर्ष सम्म शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो । शिक्षण पेसासंगै राजनीतिमा समेत सकृय भुमिका निर्वाह गर्दै आउनु भएका सापकोटाले मुलुकमा आमुल परिवर्तको लागि राजनीति गर्दा आफ्नो परिवारका ७ जनाको वलिदान समेत भएको थियो । विभिन्न खालको पिडा र समस्यामा समेत हतोत्साह नभई निरन्तर रुपमा अगाडी बढ्नुभएका सापकोले पाउनु भएको जिम्मेवारीले मुलुकको हितको खातिर कार्य हुनेमा सरकार पक्ष र प्रतीपक्ष समेतको आशा रहेको छ ।

    पञ्चायती कालमा राजका विरुद्ध आवाज उठाउंदा र पटक–पटक गिरप्तारी, हिरासत र जेल जीवन भोग्नुभएका सापकोटा २०४२ बैशाखदेखि असोजसम्म ६ महिना जेल बस्नुपरेको थियो । २०४८ सालमा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा पूर्णकालीन हुनुभएका संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य हुनुभएको थियो । २०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवार बन्नुभएका उहाँ पराजित हुनुपरेको थियो । २०५१ सालबाट तत्कालीन नेकपा (माओवादी)मा समावेस हुने क्रममा केन्द्रीय सदस्य बन्नुभएका सापकोटा २०६९ हेटौंडा महाधिवेशनबाट पोलिटव्यूरो सदस्य र विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य बन्न सफल हुनुभयो ।

    राजनीतिक दौरानको क्रममा सभामुख सापकोटा दुइ पटक मन्त्रीको साथै उप—प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालि सक्नुभएको छ । यति धेरै अनुभव संकलन गर्नुभएको सापकोटाले पाएको जिम्मेवारी सहज हुने आशामा आम नेपाली जनता रहेका छन् । यसै क्रममा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सापकोटाले निष्पक्ष रुपमा सदन सञ्चालन गर्न सक्ने बौद्धिक व्यक्तित्व भएको बताउंदै आउनु भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सभामुखको चयनको बिषयलाई लिएर अव ठीक ढंगले संसद सञ्चालन हुनेमा आशा व्यक्त गरे । सत्तापक्षको सरकार र प्रतिपक्षको संसद हुन्छ भन्ने विषय नव निर्वाचित सभामुख लाई राम्रो ज्ञान भएकोले प्रतिपक्ष दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायी बनाउने कामममा सहयोगको आशा व्यक्त गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार