२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

प्रदेशको राजधानीबाट धुलिखेल सम्म विद्युतीय, वस सञ्चालन सकारात्मक कार्य


३३५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • वागमति प्रदेशको राजधानिको लागि निकै चर्चामा आएको काभे्र जिल्लामा प्रदेशको जाजधानी बन्न नसकेपनि प्रदेशको राजधानी हेटौडाबाट काभे्रको धुलिखेल सम्म विद्युतिय बस संञ्चालन गर्ने योजना सकारात्मक रहेको छ । प्रदेश सरकारले धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएसंगै काभे्रली जनतामा केही राहत महसुस भएको छ । काभे्रबाट काठमाडौ जानको लागि साघुरो सडकको कारण भएको सवारी जामले गर्दा शास्ति खेप्दै आएका काभे्र र आसपासका जनतालाई विद्युतिय वस संञ्चालन हुने भन्ने योजनाले गर्दा राहत मिलेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवसमा काभे्र र आसपासका जनताले काठमाडौ आवत जावतमा खेप्दै आएको समस्या समाधानको लागि सुरुङ्ग मार्ग साथै सडक चौडा बनाउने योजना रहेको बताउंदा हर्सित भएका काभे्र र आसपासका जनताहरु प्रदेशको राजधानी हेटौंडाबाट धुलिखेल सम्म विद्युतिय वस सञ्चालन गर्ने प्रदेश सरकारको योजनाले गर्दा थप हौसला मिलेको छ । उक्त कार्यको लागि प्रदेशले प्रदेश यातायातको नियम वनाई कार्यलाई अगाडी बडाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ ।

    हेटौडाबाट काभे्रको धुलिखेल सम्म विद्युतिय बस संञ्चालनको लागि डीपीआर तयार भई सकेकोर आगामी दुई बर्ष भित्रमा उक्त कार्य सम्पन्न गर्दै प्रदेशलाई समृद्ध बनाउने लक्षका साथ कार्य अगाडी बढेको छ । प्रदेशकै गौरवको योजना भएकोले सो कार्यको लागि प्राथमिकता दिदै अगाडी बढेको छ । विद्युतीय बस सञ्चालनको लागि दीपक निरौलाको संयोजकत्वमा भौतिक योजना मन्त्रालयअन्तर्गत विद्युतीय सवारी साधन सरसफाइ सामग्री खरिद सहजीकरण समिति बनाई सकेको छ । समितिले फागुन महिनाको दोस्रो हप्ताभित्र बस खरिदका लागि ग्लोबल टेन्डर खोल्ने तयारी भएको छ ।

    विद्युतिय बस सञ्चालनको लागि सडकको अवस्थालाई मध्यनजर राख्दै सडक फराकिलो पार्ने कार्य नभईकन संञ्चालनमा ल्याएको विद्युतिय बसको कुनै औचित्य नहुने भएकोले सडक निर्माणलाई प्राथमिकता दिन जरुरी रहन्छ । पछिल्लो समयमा सडक मार्गबाट आवत जावत गर्दा हुने प्रमुख समस्या भनेको ट्राफिक जाम भएकोले ट्राफिक जामलाई कम गर्ने वातावरण नबनाएसम्म जुन सुकै प्रकारको वस सञ्चालनमा ल्याएपनि समस्या समाधान नहुने भएकोले प्राथमिकता सडक फराकिलो पार्नेमा दिन जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार