२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

इटालीको दुर्दशा ननिम्तियोस् 


४५८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • अहिले कोरोना भाइरस नामक कोभिड–१९ को कारण विश्व रंगमञ्चमा ठूलै तहल्का ल्याएको छ । विश्वको समग्र अर्थतन्त्र र मानवीय क्षेत्रमा ठूलो ज्वारभाटा चलेको छ । यसले सिंगो विश्वलाई नै छियाछिया हुन मदत पु¥याएको छ । जुन सन्त्रास कोभिड–१९ ले सिर्जना गरेको छ । कोरोना भाइरसले विश्वमै एकछत्र राज गर्छु भन्ने शक्ति सम्पन्न राष्ट्र अमेरिका समेत कोभिड–१९ का अगाडि झुक्न मात्र बाध्य परेन । घमण्डको कारण अनायासमा अमेरिकी जनताले ज्यान गुमाउन बाध्य भएको यो विद्यमान घडीमा राज्य सञ्चालनका हिमायतीहरुले हलुका रुपमा मनन गरेको महसुस भएको छ ।

    प्रत्येक नेपालीले गरेका छन् चाहे केपी, प्रचण्ड र शेरबहादुरका हनुमान नै किन नहुन्, नुनको सोझो गर्नु बाध्यता होला तर भित्री मनले नेपाली नागरिक माथि अन्याय भएको हो भन्ने थाहा हुँदाहुँदै पनि देखावटी नाटक मन्थन गर्नु विवस्था पनि हो ।
    यो जटिल परिस्थितिलाई छायाँमा पार्ने गरी रचिएको दाउपेचले क्षणिक सन्तुष्टी त नेताहरु पाए होलान् तर यसले पार्ने दूरगामी असरका बारेमा सोच्नु बुद्धिमानी हुने थियो । नेपालेका भूबनोटसँग मिल्दोजुल्दो इटाली विश्वको त्यो सुविधा सम्पन्न राष्ट्रको अग्रपंक्तीमा आउँछ । बिडम्बना सानोभन्दा सानो सावधानी अपनाउन चुक्ता दशौं हजार नागरिकले मृत्युवरण गर्न बाध्य हुनुप¥यो, लाखौं नागरिक संक्रमित हुन बाध्य भए ।

    जानकारहरु भन्छन्, यदि यथार्थमै कोरोना भाइरसले नेपालमा जरो गाड्ने हो भने नेपाली भन्ने शिला खोज्न पनि धौ–धौ पर्छ । किन यस्तो भनिरहेका छन् त ? विश्वका कोभिड–१९ सँग सरोकार राख्ने विज्ञहरुले यस भनाईका बारेमा राजनीति वृत्तमा कस्तो प्रभाव पारेको होला ? त्यसैले यि यावत् प्रश्नहरुका बारेमा गम्भीर हुन जरुरी छ । नेपालमा जुन किसिमको पूर्वतयारी हुनुपर्ने हो, त्यो रौं बराबर पनि भएको पाइँदैन एकातिर भने अर्काेतिर स्वतन्त्रताका हिमायती हामी नेपाली कानून हातमा लिएर आफूलाई महान् सम्झन्छौं । यति मात्र होइन संसार नै जिते सरह गर्छाैं ।

    अनुशासन कुन चराको नाम हो ? कसैले पनि भनिदिनुपर्ने अवस्थामा पुगेको छ । जसको पछिल्लो उदाहरण लकडाउन उल्लंघनका घटनाले पुष्टि गरेको छ । साथै शक्तिका दुरुपयोगका बारेमा त कोर्नु नै बेकार छ । स्वतन्त्रताका नाउँमा हाबी भएको छाडातन्त्रले यो मुलुकको अस्तित्व मेटाउने काम अरु कसैले होइन, नेपाली जनताले नै बनाएको अब दुई मत रहेन । त्यसैले विगतबाट पाठ सिकेर नेपाललाई इटालीको दूर्दशा नहोस् भन्ने कामना हाम्रो छ । यसका लागि राष्ट्रको मियो सबल र सक्षम हुन आवश्यक छ । तब मात्र यो महामारीबाट नेपाली जनता र मुलुकलाई जोगाउन सकिएला भन्ने हाम्रो ठहर छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार