२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

खान नपाउनेलाई लोभ्याउदै चार पाङ्गे्र गाडीमा राहतको पोका, राहत वितरण कार्यलाई प्रभावकारी बनाऊ


३९३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोगको संक्रमण नहोस भन्दै नेपालमा चैत्र ११ बाट लकडाउन भयो । समएमै लकडाउन गर्दा हालको अवस्था सम्म कुनै अप्रिय घटना हुन पाएको छैन । तर लकडाउनले कृषि पेसामा मजदुरी गर्ने मजदुरहरुलाई खासै समस्या नपरेपनि निर्माणमा कार्य गर्ने मजदुरहरु समस्यामा परे । सरकारले लगाएको लकडाउनका कारण कोहीपनि नेपाली भोकै बस्न नपरोस भन्ने उद्देश्यले राहत वितरणको अवधारणा अगाडी बढाईयो जसका कारण कृषिमा मजदुरी गर्ने बाहेक सवै प्रकारका मजदुरको लागि राहत मिल्यो । तर स्थानिय तह मार्फत राहत वितरण गर्दा भएको भिडभाडले लकडाउनको खिल्लि उडाईरहेको छ । लडडाउनको समयमा राहत कस्लाई र कुन तरिका अपनाएर वितरण गर्ने भन्ने खासै स्प्रस्ट नीति नहुदा राहत वितरणमा निकै झमेला नआएको होईन ।

    स्थानिय तहका जनप्रतीनिधिहरुले राहत वितरण गर्ने क्रममा सोहि स्थानमा स्थाई बसोवास गर्ने भन्दा बाहेकलाई राहत वितरण गर्न कन्जुसाई गरेको छ । अस्थाई रुपमा बसोवास गर्ने खान नपाएर समस्यामा परिरहेको अवस्थामा पनि उनिहरुले राहत सामाग्री पाउंदैनन् । यस्तो हुनुको प्रमुख कारण भोटको राजनीति हो । आखिर रोजगारीको क्रममा अस्थाई रुपमा बसोवास गर्नेहरु पनि नेपालीनै हुन् । राज्यले उपलब्ध गराएको राहत अस्थाई वसोवास गर्ने मजदुरले नपाउनु न्यायोचित होईन । वास्तवमा राहत भनेको खान नपाएर छटपटीएका हरुका लागि हो । भोटको राजनीति गर्नको लागि होईन । मानविय धर्मको आधारमा भन्नेहो भने गैर नेपाली रोजगारीको क्रममा कुनैपनि स्थानिय तहमा अस्थाई बसोवास गरेपनि राहत पाउनु उसको नैसर्गीक अधिकार हो ।

    स्थानिय तहले राहत वितरण गर्दा छनोट भएका व्यक्तिहरुको धेरै जग्गा जमिन त नहोला तर अरुको जग्गा भाडामा लिएर उत्पादन गरेको अन्न आफुले खाएर नसकेरे वेच्नेहरु समेतले राहत पाएका छन् । राहत लिन आउंदा पल्सर वाईकमा चडेर घाँटीमा दाम्ले सुनको सिकृ झल्काउंदै आउने दृश्यले राहत वितरण कार्यलाई खिज्याई रहेको छ । यस्तो हुनाको प्रमुख कारण भोटको राजनीति हो । जनप्रतीनिधिले भोटको राजनीतिको नाउमा राज्यकोषको रकम दुरुपयोग भईरहेको दृश्यले विद्वत बर्गहरुले नियाली रहेका छन् ।

    यदि वास्तवमै खान नपाएर पिडामा छटपटीरहेका पिडितको पिडालाई साथ दिदै मानवियता धर्म निभाउने हो भने । वास्तवमै पिडितको पहिचान गरेर राहत वितरण गर्न जरुरी रहन्छ । हुदा खाने वर्गलाई टुलु टुलु हेराएर हुने खाने बर्गलाई भिडभाका साथमा राहत वितरण गर्ने कार्यलाई तत्काल रोक्ने मात्र नभई गैह्र पिडितलाई राहत सिफारिस गर्ने र राहतको पोका चार पागे्र गाडिको डिकिमा राखेर हिड्ने पक्षलाई कानुनी कारबाही गर्न जरुरी रहन्छ ।

    राहत वितरण कार्यमा लोभि पापीको पिछा लाग्दै भिडभाड गरेर राहतको पोका वितरण गर्नुको बदलामा वास्तविक पिडितको पहिचान गरी उनिहरुको घरघरमै राहत पुर्याउने वातावर गर्नुले सकारात्मक शंदेस पुग्छ । सामाजिक रुपमा गरिने सम्पुर्ण सकारात्मक कार्यले गर्दा जनप्रतीनिधिको महत्व साथै विश्वस बढ्छ । पछिल्लो समयमा नेपालमा लकडाउन खुकुलो हुदैछ । यतिखेरै संक्रमितको संख्या दिनपर दिन बढ्दै छ । यो जटिलको तर्फ धकेलिदै गरेको समयमा होसियारी अपनाउन उत्तिकै जरुरी रहन्छ । लकडाउनको सुरुको समयमा जति सचेत थिए विस्तार लापर्वाहि बढ्दो छ, तर यतिखेरको समय भनेको जटिल समय भएकोले विगतको भन्दानि थप सतर्क हुन जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार