२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

महामारीमा सरकारी मौनता, भिडभाडलाई नियाली रहेको छ, सम्बन्धित निकय


४३२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको छ । कोरोनाको महामारी फैलदै गर्दा सरकारले भिडभाड हुने ढंगको कुनै कार्य नगर्न निर्देशन दिएपनि व्यवहारमा उतार्न नसक्दा नेपाली जनताहरु त्रसित भएका छन् । सरकारको निर्देशनमा विद्यालय बन्द भयो तर अन्य भिडभाड हुने ढंगको कार्य निरन्तर रुपमा हुदै गर्दा सम्बन्धित निकायको मौनताले रोगको प्रकोप फैलने संभावना बढ्दो छ । शुभ अशुभ कार्यमा २५ जनाभन्दा बढीको उपस्थिति हुन नहुने निर्देशन जारी गरेपनि त्यस्ता कार्यलाई व्यवहारमा उतार्ने बिषयमा सरकारको चासो छैन ।
    बैशाख महिनामा विवाह, ब्रतबन्ध, सप्ताह मात्रै नभएर मठ मन्दिर धाउनेको ठुलै भिडभाड रहेको छ । घरमा गरीने धार्मीक कार्यहरुमा समेत ठुलै संख्यामा उपस्थिति गराउने गरेको पाईन्छ । नेपालको बिभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको लर्को ठुलै छ । जसका कारण कोरोनाको महामारी फैलने संभावना बढी रहेको छ । यस्तो अवस्थामा पनि सरकारको मौनताले गर्दा जनताप्रती सरकारको कुनै चासो नभएको आभास भएको छ ।
    सरकारले उपचारका लागि शयया बिस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती भएको छ । शययामात्र भएर हुँदैन, उपचारका लागि जनशक्ति पनि तयारी हुनुपर्छ, त्यो सम्भव देखिँदैन । सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने देखिन्छ । तर एक्कासी ह्वात्तै वडेको संक्रमणले गर्दा अस्पतालहरु भरिभराउ भएका छन् । संक्रमण यसरीनै फैलने हो भने अव सामान्य उपचार समेत पाउने अवस्था छैन । यस्तो अवस्थामा पनि किन टुलुटुठु हेरेर बस्छ सरकार ? पार्टीप्यालेस लगाएतको स्थानको भिडभाडको दृश्य ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार