२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

शक्ति पिठहरुमा हुने लुटको अन्त गर


३६११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २६, मंगलबार मा प्रकाशित २ साल अघि
  • हिन्दुहरुको महान पर्वको रुपमा मनाईने बिजया दशमी तथा दिपावली लगाएतका पर्वमा भक्तजनहरुले नेपालको बिभिन्न शक्तिपिठहरुको दर्शन गर्ने ठुलै लर्को लाग्दै आएको छ । गत बर्ष विश्वमा फैलिएको महांमहारी (कोरोन) को कारण भक्तजनहरुले मठ मन्दिरमा दर्शन गर्न पाएका थिएनन् । दुई बर्षपछि बल्ल शक्तिपिठको दर्शन गर्नपाएका भक्तजनहरुको ठुलै लर्को लाग्नु नौलो होइन, तर शक्तिपिठहरुमा पुजा सामाग्रीको व्यवसाय गर्दै आएकाहरुले लुट मच्चाउदै गरेको दृश्य अपाच्य ढंगको रहेको छ । पर्वहरुमा सम्बन्धित निकायले वजार अनुगमन गर्ने कार्य गरेपनि मन्दिरको छेउमा बसेर लुट मच्चाउनेहरुलाई छुट दिदा भक्तजनहरु समस्यामा परेका छन् ।

    मंन्दिरमा पुजा सामाग्री भक्तजनहरु मंन्दिर हातामा प्रवेश गर्न पाउंदा नपाउंदै व्यवसायीहरुले छोपछन्, मेरो पुजा सामाग्री किननोस भन्दै । तर एक सयको सामाग्रीलाई चार सय सम्म लिने गरेका छन् । भक्तजनहरु निकै समस्यामा पर्दै खरिद गर्न बाध्य भएको पाईन्छ । तर उनिहरुले भन्ने गर्छन काला बजारियालाई कस्ले कारबाही गर्ने ? निर्धक्क रुपमा लुट मच्चाउदै गर्दा कसैले चासो नदिदा निकै पिडा पोख्छन् भक्तजनहरु । काभे्रको शक्तिपिठको रुपमा रहेको पलाञ्चोक भगवति मंन्दिरमा पुजा सामाग्रीको नाममा लुट मच्चाउदै गरेको दृस्य थप रहस्य मय छ । व्यवसायीको नजिकै प्रहरीहरु घुमफिर गरिरहेका हुन्छन् । भक्तजनहरु पुजा सामाग्रीमा लुटको गुनासो गर्दै गरेकाहुन्छन् तर प्रहरीले वास्तै नगर्दा कुनै रहस्य लुकेको हुन सक्ने अनुमान लगाउंछन् भक्तजनहरु ।

    मन्दिरमा भक्तजनहरुलाई लुट्दै गरेको कारणले गर्दा भावि दिनहरुमा मंन्दिरको नजिकमा रहेर पुजा सामाग्री व्यवसाय गर्दै आएका वयसायिहरुको व्यवसाच चट् हुने दिन नजिकदो छ । भक्तजनहरुलाई ठग्ने प्रवित्ति वढ्दै गएको चौतर्फी हल्ला हुन थालेपछि मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले आफैले घरैबाट पुजा सामाग्री ल्याउने चलन बढ्दै गएको छ । मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुको समस्या नबुझ्दा थप समस्याहरु आउने गरेको छ । व्यवस्थापन समितिले टाडाबाट आउने भक्तजनहरुको सुबिधाको बिषयमा चनाखो हुन जरुरी रहन्छ । मन्दिर हातामा पुजा सामाग्री लगाएत अन्य व्यवसाय गर्नेहरुले भक्तजनहरुलाई नठगुन भन्नाको खातिर बजार अनुगमन गर्दै सुपथ मुल्यमा सामाग्री उपलब्ध गराउन जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार