२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

सहकारीमा राजनीतिकरण बन्द गर


९९६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ११, आईतबार मा प्रकाशित २ साल अघि
  • सहकारी भनेको निश्पक्ष साथै स्वतन्त्र हुन जरुरी छ । तर पछिल्लो समयमा सहकारीमा राजनीतिकरण बढ्दै गएको छ । जस्ले गर्दा स्वतन्त्र रहन चाहने शेयर सदस्यहरु समस्यामा परेका छन् । त्यतिमात्रै नभएर पार्टीका अगुवा कार्यकर्ताले सहकारी हाक्ने साथै आफुसंग बिचार नमिलेकालाई सहकारीले दिनुपर्ने सेवा सुबिधाको बारेमा बञ्चित गर्ने चलन ह्वात्तै वडेको छ । कुनैपनि सहकारीमा रहेका कार्यसमिति पदाधिकारी सहित सदस्य साथै उप—समितिमा आवद्ध रहनेहरु स्वतन्त्र हुनुपर्नेमा पार्टीको ह्वपका आधारमा चयन गर्ने परिपार्टीले सहकारीहरुको विश्वसनियता बिस्तारै गुम्दैछ ।

    पछिल्लो समयमा सहकारीले ल्याएको नयाँ अवधारणा अनुसार एक शेयर सदस्य समान प्रकृतिको धेरै सहकारीमा आबद्ध हुन नहुने नीति ल्याएको छ । यस्तो नीतिले सहकारीको हित रहन्छ तर पार्टीले सहकारीमा हस्तक्षप गर्दा सहकारीको भविश्य धारासायि हुने अवस्था सुनिश्चित रहेको छ । विगतमा केही सहकारीहरुले पार्टीमा आबद्ध भएकाहरुलाई मात्रै शेयर सदस्य बनाउने नीति नलिएका होईनन् तर पछिल्लो समयमा प्राय गरेर धेरै सहकारीहरुमा पार्टीको हस्तक्षेप हुने गरेको छ ।

    कुनैपनि सहकारीले खुलेरै कुनै एक पार्टीको हितको लागि सहकारी संञ्चालन गर्नु सहकारीको सिद्धान्त अनुसार नभएपनि पार्टी कार्यकर्ताको हितको खातिर हुन्छ । त्यस्तो खाले सहकारीमा सोही पार्टीमा आबद्ध पार्टीका नेता कार्यकर्ता साथै समर्थकहरु रहनु नौलो होईन साथै त्यस्ता सहकारीमा आबद्ध शेयर सदस्यहरुमा सायद विभेद नहोला । देखाउने दाँत र चपाउने दाँत फरक गरी संञ्चालन हुदै गरेको सहकारीमा भने बिभेद हुनु स्वभाविकै हो ।

    कुनै पार्टीको आडमा बनेको कार्यसमितिले सोही प्रकृतिका कर्मचारीहरुको छनोट गर्छन । त्यस्ता कर्मचारीहरुलाई कार्यसमितिको निर्देशन हुन्छ, हामी निकटलाई सुबिधा दिनु अन्यलाई लगार्नु । पार्टीका इसारामा नाचेका सहकारीका कार्यसमिति र सोही ढंगबाट अगाडी बढेका कर्मचारीहरुले आफु निकटका विचार बोकेकाहरुलाई अवसर दिने मात्रै नभएर उनिहरुले सानो भन्दा सानो कार्यमा सफलता पाउंदा पनि सहकारीको तर्फबाट बधाईको ओईरो । विचार नमिल्नेले ठुलै उपलब्धि हासिल गर्दा पनि चुप । त्यस्तै कार्यसमिति साथै कर्मचारी निकट विचार मिल्नेकोमा हुने शुभ अशुभ कार्यमा लाग्ने लर्को र विचार नमिल्नेकोमा देखिने शुन्यताले सहकारीहरुले विचारको आधारमा गरेको पक्षपाती व्यहार प्रस्ट भएको छ ।

    विगतमा शेयर सदस्यहरुको हितको खातिर सहकारीहरुले निश्पक्ष व्यवहार गर्दा बैंकहरुलाई उछिन्न सफल भएको थियो । सहकारीको राम्रो व्यवहारका कारण सम्पुर्ण नेपालीले साथ दिएका थिए । पछिल्लो समयमा सहकारीहरुमा देखिएको परिवर्तनले गर्दा नेपाली जनताहरु बैंक तर्फ आकर्षण हुन बाध्य भएका छन् । सहकारीको लामो इतिहासमा पछिल्लो समएमा आएर विस्वसनियता गुमाउदैछ । सहकारीमा कार्यसमितिको चयन होस यात सहकारीहरुको छातासंगठनमा क्षमतावान, विज्ञ,सक्षमता साथै निश्पक्ष व्यवहार गर्ने भन्दापनि पार्टीले छनोट गरेको व्यक्तिको छनोट गर्ने पछिल्लो परिपार्टीलाई अन्त्य गर्दै सहकारीहरुमा पार्टी करण गर्दै पक्षपाती ढंगको व्यवहारको अन्त नहुने हो भने भावि दिनहरुमा सहकारीको अवस्था विगतमा चलाईएको ढुकुटीको अवस्था आउने सुनिश्चित छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार