२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

रासायनिक मलको गुणस्तर पहिचान गर


७७०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ १५, आईतबार मा प्रकाशित १ साल अघि
  • कृषि प्रधान देशका कृषकहरू समयमा अनुदानको रासायनिक मल नपाउँदा समस्यामा परेका छन् । कृषि पेसाको भरमा जीवन यापन गर्दै आएका कृषकहरू मलको अभावमा समयमा खेती गर्न नपाउँदा बालबच्चा पाल्नको लागि चिन्तित भएका छन् । राज्यले अनुदानको लागि वितरण गर्न खरिद गरेको रासायनिक मल कोटा निर्धारणमा निष्पक्षता नगर्दा मुलुकमा भएको ७ प्रदेश मध्य बागमती प्रदेशमा वढी अभाव भएको पाइन्छ । खेती योग्य भूमिको पहिचान विना राजनीतिक शक्तिको आधारमा कोटा निर्धारण गर्दा थप समस्या भएको हो ।

    कोटाको आधारमा अनुदानको मल बिक्रीको जिम्मा पाएका कृषि सामाग्री कम्पनी र साल्ट टे्रडिङ्ग कर्पोरेसनले कति मल आयो र कुन कुन पालिकामा कुन कुन डिलरलाई कति उपलब्ध गराईएको बारेमा जानकारी सार्वजनिक गरेको छैन । बजारमा काला बजारीयाले अनुदानको मल बिक्री गर्नु र मल बिक्रीको जिम्मा पाएका पक्षले विवरण सार्वजनिक नगर्नुले थप शङ्काको वातावरण निम्तिएको छ । कार्यालयले सजिलैसँग कोटाको आधार भनेपनि कोटामा थोरै मल पाएकाले ढुवानीमा समस्या भएकोले कतिपय डिलरले मल नलगेको पाइन्छ तर कुन कुन डिलरले कति परिणाममा मल लगेनन् र सो नलगेको लम कुन आधारमा कसलाई बिक्री भयो भन्ने विषयमा जानकारी पाइन्न ।

    अनुदानको रासायनिक मलको अभावको मौका छोप्दै बिभिन्न नामका गैर अनुदानको मल बजारमा पाइन्छ । बजारमा मनोमनी ढङ्गको मूल्य निर्धारण गर्दै बिक्री गर्दै आएको रासायनिक मलको गुणस्तर के कस्तो छ भन्ने विषयमा कुनै विश्वसनीय आधार छैन । कुन नामको मलको बजार मूल्य कति हो ? भन्ने विषयमा समेत कुनै जानकारी छैन । सिंहदरबारको अधिकार पाएका स्थानीय सरकारले कृषकहरू मर्कामा परेको विषयमा मौखिकरूपमा जानकारी गराउँदा समेत खासै चासो देखाएको छैन ।

    कृषकहरूले गैर अनुदानको मलको गुणस्तरमा पहिचान गरी उचित मूल्य निर्धारण गर्नको लागि पटक पटक सुझाव दिदा समेत चासो नदिनुमा रहस्य हुन सक्ने कृषकहरूको गुनासो रहेको छ । कृषकहरूका अनुसार प्रति बोरा गैर अनुदानको मलमा ६ सय सम्म नाफा राख्नेगरेको गुनासो गरिरहँदा सम्बन्धित निकायको मौनताको रहस्य खुल्न सकेको छैन । कृषि सामाग्री कम्पनीको लोगो रहेको बोरामा अनुदानको रासायनिक मल बजारमा काला बजारीयाहरुले खुलेआम बिक्री गर्दैछन् त्यसमा समेत कसैको चासो पुग्न सकेको छैन । काला बजारीयाहरुले सो अनुदानको मल प्रति बोरा २ हजार रुपैयाँ सम्म बढी मूल्यमा बिक्री गरेको पाइन्छ ।

    कृषकको गुनासोको आधारमा काभ्रे केही पालिकाले गुणस्तर परीक्षणको लागि कृषि शाखा प्रमुख र नगरका उपप्रमुख समेतले नमुना संकलन गर्ने कार्य गरेको पाइन्छ । सो संकलन नमुना परीक्षणको लागि सम्बन्धित निकायमा पठाएको झण्डै तीन महिना बित्न लाग्दापनि परिणाम सार्वजनिक नगर्नुमा बजारमा रहेको गुणस्तर हीन रासायनिक मल बिक्री गरिसक्ने अवसर दिएको हुन सक्ने कृषकहरूको गुनासो रहेको छ । यस्तो समस्याको समाधानको लागि तत्काल गुणस्तरको पहिचान गरी गुणस्तर हीन मल बिक्री गर्ने कार्यलाई रोक्न जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार