२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सेवा ग्राहीलाई सास्ती दिने कार्य बन्द गर


७४४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ४, बिहिबार मा प्रकाशित १ साल अघि
  • पछिल्लो समयमा आएर सेवाग्राहीहरूलाई सहज ढंगबाट सेवा प्रदान गर्नुपर्छ भन्ने चेतनामा कमी आएको छ । कुनैपनि कार्यालयमा सेवाग्राहीहरू सेवा लिनको लागि पुग्दा जिम्मेवारी सम्हाल्दै आएका कर्मचारीहरूले सेवाग्राहीहरूलाई गर्ने व्यवहार पाच्य छैन । सेवाग्राहीले आफ्नो नैसर्गिक अधिकारको लागि सेवा लिन आएको अवस्थामा सेवा प्रदान गर्नुपर्ने पक्षले ढिला सुस्ती आलटाल गर्दै दुख दिने कार्य पर्याप्त हुने गरेको छ । ताकि सेवा लिन आउने पक्षसँग कुनै लाभको वातावरण बनोस । सेवा दिने पक्षले कुनै पनि कार्यको लागि दुई चार दिन अध्ययन गर्नुपर्छ भन्ने बाहना तथा कानुनी त्रुटिको छिद्रहरू खोज्दै दुख दिने कार्यले सिमा नाघिसकेको अवस्था छ । कुनैपनि वृक्षमा फलेको फल कुहाएपछि भुँईमा गिर्नै परे जस्तो सेवाग्राहीको धरेको जव बाँध फुट्छ तव सेवाग्राहीहरूलाई सास्ती दिनेहरूको भविष्य अन्धकार सुनिश्चित छ ।

    सेवाग्राहीहरूलाई सास्ती दिने काम प्राय सबै क्षेत्रमा छ तर चरम सास्ती दिनेमा विद्युत प्रधिकरण अग्रपङ्तिमा रहेको छ । प्रधिकरणमा रहेको कार्यालय प्रमुख देखि प्राविधिकहरूको ध्यान सेवा ग्राहीलाई कुन बाहनामा दुख दिने भन्दा अरु छैन । कसरी सेवाग्राहीसँग असुली गर्ने र गोजी भर्ने भन्दा अन्य ध्यानमै रहँदैन । यति सम्म विद्युतको महसुल तिर्न गएका सेवाग्राहीहरूलाई चार घण्टा सम्म लाइनमा उभ्याएर सास्ती दिने काममा नेपाल विद्युत प्राधिकरण काभ्रे बनेपा निकै सफल भएको छ ।सेवाग्राहीहरूलाई दुख दिनु आफूहरूको सफलता ठान्ने प्राधिकरणका कर्मचारीहरू दंग छन् । भुक्तानी लिने ठाउँको सहज व्यवस्था गर्दा समयमै भुक्तानी हुने र जरिवाना नपर्ने हो कि भन्ने चिन्तामा भिडभाडको सृजना गरेका छन् ।

    सो कार्यालयका प्रमुखले सेवाग्राहीहरूलाई प्रहार गर्ने वचन बाणले मुटु छिया छिया नपर्ने कुरै भएन । सभ्यता भन्ने कुन चराको नाउ भन्ने समेत थाहा नभएका कार्यालय प्रमुखले कार्यालयमा भएका प्राविधिकहरूलाई निर्देशन दिदै सेवाग्राहीले सेवा दिदै गर्दा मेवा मिलोस् ।

    आफ्नो इसारामा नाच्न सक्ने कर्मचारीहरूको लागि कार्यालय समयको कुनै वास्तै रहन्न । सेवाग्राहीले कर्मचारी खै भनी सोध्दा फिल्डमा गएका छन् १२ बजेतिर आँउछन् सजिलो उत्तर । विद्युत प्रधिकरण केन्द्रले यति छिटै छलाङ मारी सफलता हासिल गर्दै गरेको अवस्थामा कर्मचारीको व्यवस्थापनमा निष्पक्षता साथै सक्षम चयन हुन नसक्दा भावी दिनमा समस्या आउलाकी भन्ने विषयमा चनाखो हुन जरुरी रहन्छ । यस्ताखाले समस्यालाई सम्बन्धित निकायले ध्यान दिदै तत्काल समस्या समाधान गर्न नसके भावी दिनहरू जटिल छ । सेवाग्राहीहरूलाई तिरेको कारबाट आर्जित रकमबाट आफूले तलब तथा सेवा सुविधा लिएको भन्ने विषय भुल्नु हुँदैन कुर्सीमा आसीन व्यक्तित्वले ।

    स्थानीय तहहरूमा मुलुकमा संघीयता लागू भएपछिको दोस्रो नयाँ जनप्रतिनिधिहरू चुनिएको दश महिनाभन्दा बढी भइसक्यो ‚संघीयतालाई बलियो बनाउन स्थायी सरकार मानिने प्रशासनतन्त्रलाई व्यवस्थित बनाउनेतर्फ संघीय सरकार र संघीय संसद्को ध्यान नजाँदा बेथिति मौलाएको हो । सिंहदरवारको अधिकारहरू पालिकातिर सर्दा सहज ढंगबाट कार्य गर्न नसक्दा पनि सहजताको बदलामा बेथिति मौलाएको छ । यस्ता खालका समस्याहरू मौलाउँदै जाने हो भने जनताले जिम्मेवारी पक्षलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने भएकोले जनताको मन जित्नको लागि जनतालाई सास्ती दिने पक्षलाई सजग साथै सबक सिकाउन जरुरी रहन्छ । जनप्रतिनिधि साथै मातहतका निकायको सुझावलाई वास्ता नगरे बेथिति गर्ने पक्षको पहिचान गरी कारवाहीको दायरामा ल्याउन जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार