२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

राजश्व दुरुपयोगको अन्त्य गर


६४०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन १७, बुधबार मा प्रकाशित १ साल अघि
  • सिंहदरवारको अधिकार गाउँमा आएपछि जनताले करको थप भारी बोक्नु प¥यो । सहज ढंगबाट सेवा लिने विषय सपनाको खोले साबित भए‚ स्थानीय तहबाट सेवा लिनको लागि निर्वाचित जनप्रतिनिधिको फेरो समात्नै पर्ने वाध्यता पारिन्छ । फरक बिचार भएकाले सेवा लिनको लागि निकै सास्ती खेप्नै पर्छ । जनताको नैसर्गिक अधिकार प्राप्तिका लागि त्यति धेरै सास्ती खेप्नुपर्ने अवस्थाले गर्दा जनताहरू वाक्क दिक्क भएका छन् ।

    स्थानीय तहमा कार्यरत कर्मचारीले पनि कानुन सम्वत् काम गर्ने अवसर नपाएर दिक्क भएका छन् । जसका कारण स्थानीय तहमा कर्मचारीहरू जान रुचाउँदैनन् जसको मार सेवाग्राहि लाई पर्ने गरेको छ । स्थानीय तहमा स्थायी कर्मचारी आउन नरुचाएपछि करारका कर्मचारी फुरुङ्ग परेर रहने गरेका छन् । बिचारका आधारमा भर्ती भएका कर्मचारीले स्थाई कर्मचारीलाई लत्याउने गरेका धेरै उदाहरणहरू छन् । स्थाई कर्मचारीले कानुन सम्वत् कार्य गर्न खोज्छन् तर करारका कर्मचारी नेताको इसारामा कार्य गर्ने गरेका छन् ।

    स्थानीय तहका धेरै वडाहरूमा करारका कर्मचारीले हाली मुहाली जमाएका छन् । लोकसेवा पास गरेर आएका स्थायी कर्मचारी लाई करारका कर्मचारीले नटेर्दा कार्य गर्न निकै असहज भएको उदाहरणहरू छरपस्टै छन् । वडाहरूमा राजस्व संकलन गर्ने कार्यमा समेत स्थायी कर्मचारीले अवसर पाउँदैनन् । उनीहरूले संकलन गरेको राजस्व आफूखुसी ढंगबाट हालिमुहाली गर्दै गर्दा समेत सम्बन्धित पक्ष मौन रहन्छन् । दैनिक रुपमा संकलन भएको रकम नियमित ढंगबाट स्थानीय तहको खातामा जम्मा गर्नुपर्नेमा मासिक रुपमा जम्मा हुँदा समेत चासो रहन्न ।

    एक महिना सम्म राजस्वको रमक आफैले चलाउनुको पछाडि जनप्रतिनिधिहरू साथै सम्बन्धित पक्षमा समेत कुनै रहस्य हुन सक्ने कर्मचारीहरूको तर्क रहेको छ । स्थानीय तहमा दर्वन्दि भन्दा धेरै कर्मचारीको भर्ती केन्द्र बनेको हुन्छ तर त्यस्ता कर्मचारीको कार्यालयमा कुनै काम हुदैन । नेताको पछि लागेको भरमा तलब पाक्ने गरेको छ । त्यस्ता कर्मचारीलाई वडा वडा बाट नियमित रुपमा संकलित राजस्व स्थानीय तहको खातामा जम्मा गर्ने वातावरण बनाउन जरुरी छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार