२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

तरकारी बजारको ब्यवस्था गर, भारतिय तरकारीले गर्दा नेपाली कृषक मारमा


५५२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन २६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • नेपाली कृषकले उत्पादन गरेको ताजा तरकारीले बजार पाएको छैन । जसको कारणले गर्दा कृषकहरू मारमा परेका छन् । खेतीको समयमा मल बिउ नपाएर निकै सात्ति खेपेका कृषकहरूले उत्पादन गरेको तरकारी बिक्रीको लागि सहज वातावरण नहुदाँ कृषकहरू मारमा परेका हुन । सरकारले रासायनिक मलको उचित व्यवस्थापन गर्न नसक्दा कृषकहरूले काला बजारियासँगै मल खरिद गर्नुपर्ने बाध्यता भएको थियो । जसका कारण १ हजार १ सयमा पाउने मल २ हजार ५ मा खरिद गरेका थिए । अनुदानमा पाउने मलको मूल्य भन्दा दुई गुना भन्दा बडि सम्ममा मल खरिद गरेर खेती गरी उत्पादन गरेको तरकारी भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्दा कृषकहरू समस्यामा परेका हुन् ।

    नेपाली कृषकहरूले उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै अनावश्यक मात्रामा बिषदी प्रयोग नगरी जैविक विधि अपनाएर खेती गर्ने गरेका छन् । जुन ढंगबाट खेती गर्दा उत्पादनमा केही कमी आउँछ । तर छिमेकी मुलुकमा उत्पादन हुने जात तरकारी खेतीमा अन्धाधुन्ध मात्रामा बिषादिहरु प्रयोग भएको अध्ययन बाट प्रस्टिएको छ । धेरै उत्पादन गर्ने साथै लामो समय सम्म बिग्रन नदिनको लागि ताजा तरकारी खेतीमा अनावश्यक विषादी प्रयोग गरिन्छ । जुन ढङ्गको ताजा तरकारीहरू नेपाली भान्छामा सहजै पुग्छ‚ जसले गर्दा उपभोक्ताहरूको स्वास्थ्यमा प्रतिकुल असर पुग्दैछ ।

    विगतमा तरकारी बजारमा ताजा तरकारीहरू पुग्नुभन्दा पहिला तरकारीमा विषादीको मात्रा भए नभएको परिक्षण गरिन्थ्यो । जुन अवस्थामा नेपालमा उत्पादन भएको तरकारीको तुलनामा धेरै विषादीको मात्रा भारतबाट आयातित तरकारीमा पाइन्थ्यो । जुन परिणामको कारण नेपाली उपभोक्ताहरू सचेत रहने गरेका थिए । जसको कारण नेपालीहरूले भारतीय तरकारी उपभोग गर्न रुचाउदैनन थिए । परिक्षण परिणामको कारण नेपालीले भारतीय तरकारी सेवनमा हिचकिचाहट गरेकोले परिक्षण गर्ने कार्यलाई निरन्तरता दिइएन ।

    नेपाली उत्पादन ताजा तरकारीलाई सरकारले प्राथमिकतामा राखी कृषकहरूलाई हौसला प्रदान गरी ताजा तरकारीमा आत्मनिर्भर गराउने वातावरण निर्माण गर्नुको बदलामा आयातित तरकारीलाई प्राथमिकता दिदा नेपाली कृषकहरूको गाँस काट्ने काम गरेको छ । कृषकहरूको गाँस काट्ने कार्य मात्रै सरकारले गरेको नभइ उपभोक्ताहरूको स्वास्थ्यमा समेत खेलबाड गर्ने कार्यमा समेत पछि परेको देखिन्न । आम उपभोक्ताहरूले उपभोग गर्ने ताजा तरकारीमा सचेत रहेर सरकारले नियमित रुपमा तरकारीमा विषादिका अवशेष भए नभएको पहिचान गर्न जरुरी छ ।

    नेपाली कृषकहरूले उत्पादन गरेको ताजा तरकारीको बजार व्यवस्था गरी उचित मूल्य निर्धारण गर्दै आयातित तरकारीलाई निरुत्साहित पार्न जरुरी रहन्छ । जुन कार्यमा तीनै तहको सरकारको ध्यान केन्द्रित हुन जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार