२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

उपनिर्वाचनले दिएको सन्देश


८३२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख १५, शुक्रबार मा प्रकाशित १२ महिना अघि
  • संघीय तथा प्रदेश निर्वाचन सम्पन्न भएको पाँच महिनामा पछि उपनिर्वाचन सम्पन्न भयो । यो अवधिमा राजनीतिक तरङ्गले नेपाली जनतालाई मुलुकको विषयमा चनाखो साथै सचेत हुन वाध्य पारेको छ । आम निर्वाचन बाट नेपाली जनताले धेरै राम्रो अपेक्षा गर्दै मिलिजुली सरकार सञ्चालन गर्ने अनुमति दिएका थिए । तर जनताले चाहे अनुसारको कार्य भने खासै हुन सकेन । पहिलो पटक सरकार गठन हुँदै गर्दा पहिलो दल सरकार बाहिर बस्न विवश भए । जसको कारण राजनीतिक क्षेत्रमा थप तरंग मच्चियो ।

    पहिलो पटक सरकार बन्दै गर्दा दलहरूको मिलिमतो हुँदै गर्दा लामै समय सरकार सञ्चालन हुने अपेक्षा नगरेका हैनन् । तर सरकारमा सहभागी दल मध्य रास्वपार्टीको तफर्बाट सरकारमा सहभागी गृहमन्त्री रवि लामिछाने न्यायालयको फैसलाको कारण मन्त्री पदको साथै सांसद पद समेत चट् भयो । जसको कारण राजनीतिक तरंग थप धमिलिन पुग्यो । जसको कारण सरकार पुन फेरबदलको सङ्घारमा पुगेर सरकारमा सहभागि नेकपा एमाले बाहिरिन पुग्यो । राष्ट्रपति निर्वाचनमा माओवादीले नेपाली कांग्रेसलाई समर्थन गर्दै सरकारमा भित्र्याउने खेललाई जनताले निकै निकै चोसोका साथ नियाली हेरी रहे ।

    राजनीतिक खेलकै कारण साथै न्यायालयको साथ लिएर रविलाई गलत्याउने विषय नेपाली जनतालाई पाच्य थिएन । जनताको तर्क थियो पुराना दलहरूका नेताहरू सुध्रियनन् अव जनताले सुधार्नु पर्छ । मुलुकको हितको लागि कार्य गर्छु भन्दै संसद्मा प्रवेश गरेका लामिछानेलाई गलत्याउनु जनताको लागि पाच्य थिएन । किन के बिगारे रविले अनि लखेटियो ( पुराना ठूला दलहरू‚ न्यायालय अनि मिडिया समेत लागेर ) लामिछानेलाई चौतर्फ ढंगबाट दबाउन खोजियो तर मानेनन् जनताले जसको परिणाम उपनिर्वाचन सावित भयो ।

    जन चाहना अनुसारको काम नगर्ने दललाई जनताले साथ नदिने प्रस्टियो । मत परिणामलाई आधार मान्दा पुराना दलहरूको व्यवहार जनताको लागि पाच्य छैन । अव दलहरूले सचेत हुने समय आएको छ ‚ जन चाहना अनुसारको कार्य नगर्ने साथै बे कसुरमा कसैलाई पन्छाउन खोज्नु राम्रो हैन भन्ने सन्देश दिएको छ । उपनिर्वाचनको परिणामलाई नियाल्दा न्यायालयले दोसि ठहर गरेको लामिछानेलाई जनताले निर्दोस (सफाई ) सावित गरिदिएका छन् । परिणामलाई आधार मान्दा मुलुकको हितको पक्षमा जनताहरू सचेत भएका छन् ‚ जिम्मेवारी पाएका पक्षले गलत गरेमा जनता चुप नबस्ने संकेत मिलेकोले कमजोरी गर्ने पक्षहरू सचेत रहनु पर्ने अवस्था आएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार