२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

चोरी तथा लुटपाटलाई नियन्त्रण गर


७०७३ पाठक संख्या
  • २०८० अषाढ २७, बुधबार मा प्रकाशित ९ महिना अघि
  • पछिल्लो समयमा चोरी तथा लुटपाटको घटनाहरू दिन पर दिन बढ्दो छ । विषेश गरी लुटपाटको घटनामा सुन लाई निसाना गरिदै आएको छ । महिलाहरू जमघट हुने स्थान या महिलाहरू हिड्ने मार्गको पहिचान गरी उनीहरूले लगाएको सुनहरू लुट्नको लागि विभिन्न योजना बनाएको घटनाहरूबाट प्रस्टिन्छ । घटना घटेपछि पक्राउको लागि रणनीतिहरू बनाउँदै प्रहरी अगाडि बढ्दा सफल नभएको हैन । तर घटना घट्न नदिनु सकारात्मक कार्य हो । महिलाले लगाएको सुनको सिक्री लुट्दै गर्दा ज्यानको समेत खतरा हुन सक्छ । हाल सम्मत सुन मात्रै लुटिएको छ सुन लुटपाटको लागि ज्यानको समेत जोखिम नहोला भन्न सकिन्न ।

    पछिल्ला समयमा भएका लुटपाटका घटनाहरू नियाल्दा बिहानीको यात्रा ( मर्निङ वल्क ) मा धेरै घटनाहरू हुने गरेको छ । घटनाहरूलाई नियन्त्रण गर्नको लागि प्रहरीले त्यस्ता सम्भाव्यता स्थानहरूमा सिभिल पैदल ग्रस्ति गर्ने र शंकास्पद व्यक्तिहरूको चलखेलमा निगरानी बढाउँदै जान जरुरी रहन्छ । त्यसैगरी बिहानीको यात्रामा निस्कँदा सुरक्षित मार्गको छनोट गर्ने साथै एकल यात्रा नगरी समुहमा यात्रा उपयुक्त रहन्छ । त्यसैगरी बिहानीको यात्रामा निस्कँदा सुनका गहना लगाउनु उपयुक्त रहन्न । यसरी बहुमूल्य गहना लगाएर यात्रा गर्दै गर्दा लुटपाट मात्रै नभई ज्यानको समेत जोखिम हुन सक्छ ।

    महिलाहरूले ठुलै उल्लासका साथमा मनाउने साउन महिना आउँदै छ । सो महिनामा महिलाहरू विशेष गरेर सोमबार साथै अन्य दिनहरूमा पनि शिव मन्दिरहरूमा जाने गर्दछन् । मठ मन्दिरमा जाँदा विवाहित महिलाहरूले गरगहना सहित जाने गर्दैछन् । त्यसैगरी महिलाहरूको महान पर्वको रुपमा मानिने हरितालिका तिज ‚ कृष्ण अष्टमी जस्ता पर्वहरू नजिकिँदै छ । यस्तो पर्वहरूमा सुनको गरगहना बडी प्रयोगमा आउने र यता लुटपाटका गिरोहहरूले पनि सोही मौका छोप्ने भएकोले सम्बन्धित निकाय यतिखेर बाटै सचेत हुन जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार