२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

प्राकृतिक विपद् व्यवस्थापनको लागि तयारी गर


४९९३ पाठक संख्या
  • २०८० श्रावण ३, बुधबार मा प्रकाशित ९ महिना अघि
  • मध्य बर्सातको समय सुरुभएको छ ‚ विकास निर्माण कार्यको लागि सडक खन्ने कार्यहरू हुँदै गर्दा कतिपय स्थानहरूमा पहिरो जाने खतरा उत्तिकै रहन्छ । सडक विस्तारको क्रममा होस यात नयाँ सडक निर्माणको क्रममा किन नहोस् डोजर लगाउँदा कमजोर भएको जमिन बर्सातको कारणले बग्ने सम्भावना प्रबल रहन्छ । यस्तो सम्भाव्यत खतराको स्थानहरूमा खतराको सङ्केतहरू राखी सचेत गराउन जरुरी रहन्छ । कतिपय सडकहरूमा पहिरो जाने सम्भावना रहेको स्थानहरूमा सवारी साधनहरू पार्क गरी राख्ने कार्य समेत भएकोले विपद्को जोखिममा पर्न सक्ने सम्भावना रहन्छ । बर्सातको समयमा राजमार्ग वा भित्री सडकहरूमा लामो समयसम्म सवारी पार्क गर्नु जोखिम मोल्नु हो ।

    खोला किनारा तथा सडकको छेउछाउमा रहेको बस्तीमा प्राकृतिक विपद् निम्तिन सक्ने भएकोले त्यस्ता स्थानहरूको पहिचान गरी बस्तीलाई अन्यत्र सार्ने विषयमा स्थानीय तहले भूमिका निर्वाह गर्न जरुरी रहन्छ । कतिपय ठाउंहरु मा विद्युतको पोलहरू जीर्ण अवस्थामा रहेको छ त्यस्ता जीर्ण पोलहरू ढलेर दुर्घटनाहरू निम्तिन सक्छ । त्यस्ता विषयमा सम्बन्धित निकायहरूले चनाखो अपनाउन जरुरी रहन्छ । त्यति मात्रै नभएर विद्युत लाइन विस्तार तथा वितरण गर्दै गर्दा झाडि सुधारको विषयमा खासै चासो नदिदा रूखहरूमा लाइन सट हुने सम्भावना उत्तिकै रहन्छ । विद्युत लाइन वितरण भएको क्षेत्रहरूमा समय समयमा निरीक्षण गरी द्धाडि सुधार गर्न जरुरी रहन्छ ।

    विपत्ति अग्रिम जानकारी गराउँदै बाजा बजाएर आउँदैन । दुर्घटना भएपछि उद्धारको लागि जुट्दै हार गुहार गर्ने कार्य सबै तहबाट नभएका हैनन् । तर दुर्घटना भएपछि जनधनको क्षति भएपछि दौडधुप गर्नुभन्दा सम्भाव्य खतराको पहिचान गरी दुर्घटनाको बाटो रोक्ने प्रकृयागत अपनाउन जरुरी रहन्छ । स्थानीय तहले नयाँ घर निर्माण गर्दा दिनुपर्ने सिफारिसमा सम्भाव्यता खतराको पहिचान गरेर मात्रै सिफारिस दिन जरुरी रहन्छ ।विकास निर्माणको कार्य गर्दै गर्दा सडकको नक्सांकन गर्दै गर्दा जोखिमको सम्भावना नरहने स्थानहरूको पहिचान गर्न जरुरी रहन्छ । जिल्ला तहमा रहेको विपद व्यवस्थापन समितिले जिल्लाको सबै क्षेत्रमा तत्काल पुग्न सक्ने सम्भावना नहुने भएकोले स्थानीय तहको प्रत्येक वडाहरूमा समेत विपद व्यवस्थापन समितिको व्यवस्थापन जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार