२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

शिक्षा सुधार अभियानमा लाग


१०८९५ पाठक संख्या
  • २०८० श्रावण १७, बुधबार मा प्रकाशित ९ महिना अघि
  • पछिल्लो ५ वर्षको समयमा शिक्षाको गुणस्तर निकै खस्किएको अवस्था रहेको छ । यसरी शिक्षाको गुणस्तर खस्कनु भनेको दक्ष जनशक्ति उत्पादन हुन नसक्नु हो । विगतमा नेपालको शिक्षाको गुणस्तर विश्वमै अग्रपङ्तिमा रहेको थियो । पछिल्ला समयमा गुणस्तर खस्कँदै जानुको कारण परिणाम रामै्र देखाउनको लागि प्रयोगात्मक विषयलाई प्राथमिकता दिदै लगियो । यसरी शिक्षाको गुणस्तर खस्कनुको पछाडि धेरै कारणहरू रहेका छन् । सरकारले सामुदायिक विद्यालयहरूमा ठुलो लगानी गरेपनि लगानीको आधारमा उपलब्धि छैन । सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्कँदै गएकोले संस्थागत विद्यालय तफर् आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक स्वयंले आफ्ना बाल बालीका संस्थागत विद्यालयमा पठाउन थालेका छन् ।

    सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्कनुको प्रमुख कारण विना मियोको दाई हो ‚ अनुशासन नहुनु हो । जसले सामुदायिक विद्यालयमा अध्यापन गराउँछन् उनीहरु आफैलाई विश्वास छैन । जसको कारण आफ्नो बाल बालबालिका संस्थागत विद्यालयमा अध्यापन गराउनु हो । समयमा विद्यालय नआउने‚ कक्षा कोठामा गएर पुरा समय अध्यापन नगराउने बिभिन्न बाहनामा विद्यालयमा कम उपस्थित हुने भएपनि अध्यापन राम्रो नगराउनुले गर्दा गुणस्तर खस्किएको हो साथै दिनपरदिन विद्यार्थीहरू घट्दै कतिपय विद्यालयहरूमा शिक्षक र विद्यार्थी बराबरको अवस्थामा रहेका उदाहरणहरू रहेका छन् ।

    विगत तीन दशक अगाडि सम्म शिक्षा हासिल गर्ने स्रोत सामुदायिक विद्यालय हो । जुन समयमा सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गरिन्थ्यो । विस्तार आधुनिक शिक्षाको माग बढ्दै जाँदा सामुदायिक विद्यालयहरूबाट सो शिक्षा प्राप्ति नहुने ठहर गर्दै सम्पन्न परिवारहरू नेपाल बाहिरिन थाले । सोही देखेर निजी विद्यालयको अवधारणा बढ्दै गयो । जसका कारण सामुदायिक विद्यालयहरू ओझेलमा पर्दै गयो । निजी विद्यालयले गुणस्तरीय शिक्षाको लागि जुन तरिका अपनाएको छ सोही ढंगबाट बढ्न नसके सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरले फड्को मार्न सक्दैन ।

    सामुदायिक विद्यालयमा शिक्षा सुधार अभियान चलाउनको लागि सबैभन्दा पहिला अनुशासन ( निर्धारित समयमा शिक्षक तथा विद्यार्थी उपस्थिति तथा बाहिरिने ) पालना । शिक्षाको गुणस्तरमा आमूल परिवर्तन ‚ आधुनिक शिक्षामा जोड ‚ समय सुहाउँदो ढङ्गको शिक्षा प्रदान गर्न सक्ने शिक्षकको व्यवस्था । राजनीतिक आडमा शिक्षकको सरुवा तथा सुविधा प्रदान गर्ने र नियुक्ति गरिनु हुन्न । जुन ढंगबाट नीतिमा शिक्षकहरू वफादार हुन्छन सोही तरिका सामुदायिक विद्यालयका शिक्षकले अपनाउनुको साथै विद्यालय छोडेर विचारको आधारमा राजनीतिक कार्यक्रमहरूमा सहभागि नहुने लगायतको कार्यमा सचेत हुँदै जाँदा सामुदायिक विद्यालयप्रति विद्यार्थीहरूको आकर्षण बढ्दछ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार