२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

धार्मिक द्वन्दको वातावरण नवनाऊ


७५१५ पाठक संख्या
  • २०८० भाद्र १३, बुधबार मा प्रकाशित ८ महिना अघि
  • नेपालमा बसोवास गर्दै आएका नेपालीहरू बिच धर्म ‚ जाती ‚ लिंग ‚ बर्गको आधारमा विभेद नभई एक आपसमा भाइचाराको सम्बन्ध कायम गर्दै अगाडि बढेका नेपालीहरू बिचमा पछिल्लो समयमा आएर फुटाउनको षड्यन्त्र गर्दै अदृश्य शक्ति सकृय भएको संकेत मिलेको छ । हालै मात्रै धरानमा देखिएको धार्मिक द्वन्द्वको संकेत मुलुकमा सकारात्मक रहेन जसको असर ७७ जिल्लामा परेको छ । संविधानले बञ्चित गरेको गाईको हत्या गर्न नपाइने हिन्दुहरूको तर्क रहेको छ भने अर्को पक्षले विगत लामो समयदेखि खादै आएको मासु खान पाउनु पर्ने धारणा राख्दै आएको छ । यसरी दुवै पक्षले आ—आफ्नै अडान कायम राख्नुले सकारात्मक संकेत हैन ।

    विगतदेखि गाईको मासु खादै आउने पक्षले विगतमा जुन तरिका अपनाएर खादै आएका थिए सोही तरिका अपनाउंदै जाँदा के थिग्रन्थ्यो र ? सामाजिक सञ्जालमा प्रचार गरेर खाँदैमा सो मासु थप पौष्टिक हुने हैन । मुलुकमा शान्ति नचाहने ‚ साथै द्वन्द्वबाट स्वार्थ लुट्न पल्केका अदृश्य शक्तिको चलखेलमा भएको मुलुक हित विपरित कार्यमा सबै पक्ष चनाखो हुन जरूरी रहन्छ । मुलुकमा धार्मिक हिंसा हुने संकेत देखिँदै गर्दा राजनीतिक दलले धार्मिक र सामाजिक समुदायलाई सद्भाव कायम राख्दा लागि भूमिका खेल्न जरुरी रहन्छ । ’नेपालको संविधानले नेपाललाई नयाँ राजनीतिक मूलधार दिएको छ ।राज्यका निर्देशक सिद्धान्तहरू छन् । यस्तो अवस्थामा जुरमुराएको अतिवादलाई परास्त गर्दै नेपाली नेपाली बिचमा द्वन्द्व सृजना गराउने कार्यको अन्त्य गराउन जरुरी छ ।

    धरानदेखि विभिन्न क्षेत्रमा धार्मिक तथा साम्प्रदायिकता कायम राख्नुपर्ने राजनीतिक दलहरू साथै सरकारलाई नयाँ चुनौती थपिएको छ । बिभिन्न राजनीतिक दल‚ धार्मिक वा सामाजिक समुदायले यस्ता अतिवादलाई प्रश्रय दिनुहुँदैन । मुलुकमा देखापर्ने साम्प्रदायिक हिंसा लगायत अवस्थालाई अन्त्य गर्नका लागि सरकारले नै भूमिका खेल्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले शक्तिशाली आयोग बनाएर अगाडि बढ्न जरुरी रहला । संविधानप्रदत्त धर्मनिरपेक्ष राज्य नागरिकको धार्मिक‚ भाषिक र सांस्कृतिक हकको प्रचलन गराउन र समय समयमा देखा पर्ने साम्प्रदायिक हिंसाका अवस्थालाई कानुनी ढंगले नै निरुपण गर्न जरुरी रहला । यदि बिभिन्न बाहनामा द्वन्द्व निम्त्याएर भाइ फुटे गमार लुटेको अवस्था निम्त्याउनु भने न्याउरी मारी पछुतो सावित हुन सक्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार