२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

डेंगु रोगको नियन्त्रणमा ध्यान देऊ


७४६३ पाठक संख्या
  • २०८० भाद्र २९, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • नेपालमा डेंगु रोगको कारण महामारीे फैलने संकेत देखिएको छ । विगतको वर्षबाट फैलिएको रोग नियन्त्रणमा आएको छैन । रोग बढ्दै गर्दा नेपाली जनताहरु त्रसित भएको अवस्था छ । यस वर्ष डेंगुको कारण १४ जनाले ज्यान गुमाएको छ ।

    जसमध्ये १४ जना काठमाडौं उपत्यका बाहिरको रहेका छन् । यो रोग देशको २ जिल्ला बाहेक ७५ जिल्लामा रोग फैलिएको छ । गत बर्ष मुलुकभरमा ५४ हजार ७ सय ५४ जना संक्रमित भएका थिए । जसमध्य ३२ जना मृत्यु भएका थिए । पछिल्लो समयमा संक्रमण दर बढ्दै गरेको देख्दा बिगत वर्षको तुलनामा थप संक्रमित हुने संकेत देखिएको छ । गत मंसिर महिनाबाट चैत्र महिनासम्म स्थिर रहेको प्रकोप पछिल्लो समयमा ह्वात्तै बढेको छ ।

    रोगको अवस्था स्थिर रहैदै गर्दा सरकारको तर्फबाट पुर्ण रुपमा नियन्त्रणको लागि खासै चासो नदेखाउदा थप समस्या भएको हुन सक्छ । पुस महिनामा समेत डेंगु देखा परेको थियो । गत बर्ष उपत्यका वढि संक्रमण देखिएको थियो तर पछिल्लो समयमा उपत्यका भन्दा बाहिरी जिल्लाहरुमा संक्रमण फैलिएको छ ।

    यतिखेर बाहिरी जिल्लाहरुमा संक्रमण भएको तर उपत्यकामा संक्रमण क्रम कम देखिंदैमा संक्रमणको अवस्था नबढ्ला भन्न सकिन्न । डेंगु फैलाउने लामखुट्टे उत्पादन र बृद्धिको लागि उपत्यकामा वातावरण सहज छ । कलकारखाना उद्योग धन्दा उपत्यकामा धेरै छ जसको कारण डेंगु लामखुट्टे फैलने वातावरण सहज छ ।

    मुलुकका धेरै स्थानिय तहहरुमा डेंगु नियन्त्रणको लागि अभियान नचलाएका हैनन् । तर अभियान कुन ढंगबाट सञ्चालन भयो साथै सो अभियान कति प्रभावकारी भयो भन्ने बिषयमा सम्बन्धित निकायको चासो पुग्न सकेको छैन ।

    डेंगु नियन्त्रण अभियान फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नको लागि मात्रै सिमित हुँदा रोग नियन्त्रण हुन नसकेको हो । खामखुट्टेको वासस्थान पहिचान गरी नष्ट गर्नुपर्नेमा त्यस्तो कुनै कार्य हुन सकेको छैन । जसले गर्दा पनि समस्या थप जटिल हुने संभावना रहेको छ । जिल्लाहरुमा रहेका जिल्ला स्वास्थ्य कार्यालयहरुले रोग नियन्त्रणको लागि कुनै भूमिका निर्वाह नगरी रहदा समस्या जस्ताको तस्तै रहने प्रवल संभावना रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार