२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

दशैँमा दीर्गरोगीले के खाने के नखाने !


११३७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ– दशैँमा प्राय: सबैको घरमा खसीबोका काट्ने प्रचलन छ । दशैँको महाअष्टमीका दिनदेखि घरमा मासु पाक्न सुरु हुन्छ । विजयादशमीपछि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका थाप्ने चलन छ । यसरी टीका लगाउन जाँदा पनि कोसेली तथा पाहुनालाई दिइने खानामा मासुकै परिकार बन्ने गर्छन् ।

    विशेषगरी दीर्घरोगीहरु उच्च रक्तचाप, मधुमेह, हृदयघात, क्यान्सर रोगका बिरामीहरुले खानपीनमा ख्याल गर्नुपर्छ ।
    दशैँमा चिल्लो, बोसोयुक्त र मसला राखेको खाना नखान सुझाव दिएका छन् । विशेषगरी सम्बन्धित विशेषज्ञहरुले दशैँमा के खाने र के नखाने विषयमा दिएको सुझावः

    डाक्टर कुन्जाङ शेर्पा (मुटु रोग विशेषज्ञ)
    नेपालीहरुको भात धेरै खाने गेडागुडी र झोलिलो खानेकुरा कम खाने बानी छ । त्यसकारण कार्बोहाइड्रेडको मात्रा कम गराउने खाने कुरा कम खानु आवश्यक छ । सागसब्जीको मात्रा बढी सेवन गर्नुपर्छ ।

    बोक्सोरिक्त खानेकुरा खाने ।

    सकेसम्म बनस्पती र डाल्डा घ्यूबाट बनेका परिकार खानु हुँदैन ।

    विशेषगरी दशैँमा मासुका परिकार बढी पाक्ने हुँदा सकेसम्म बोसो बढी भएको मासु कम खाना चिकित्सकको सुझाव छ ।
    कुखुराको मासुको बाहिरी छालामा बढी बोसो हुन्छ त्यो नखाने । दूधको तर खानुहुँदैन ।

    साथै घ्यू तेलमा बनेका परिकार र मिठाइ कम खाने । तेलको प्रयोग गर्दा सकेसम्म तोरीको प्रयोग गर्नुपर्छ । यदी तोरीको तेल प्रयोग गर्न नसकेको खण्डमा दुइसाता तोरी थप दुइसाता सनफ्लवरमा पकाएको खाने कुरा खानुपर्छ ।

    उच्च रक्तचाप भएकाहरुले अचार, पापड मसला नखाने, बट्टामा प्याकिङ गरेको खाने कुरा र अजिनो मोटो नखाने ।

    बट्टामा प्याकिङ गरिएको खानेकुरामा सोडियम बढि हुने हुँदा पोटासियम बढी भएको जस्तै फलफूल, सागसब्जीको मात्रा बढाउनुपर्छ ।

    त्यस्तै मधुमेह भएकाहरुले चिनीको मात्रा कम भएका खाने कुरा खाने ।

    खसी बोका काटेपछि बिहानदेखि बेलुका सम्म साता भरि नै मासु खाने चलन छ । त्यसले रोगीलाइ मात्र होइन निरोगीलाइ पनि असर पुर्‍याउछ ।

    दशैँ तिहारको समयमा गंगालाल अस्पतालमा मुटु रोगका बिरामीको चाप खासै हुदैन । मानिसहरुले स्वास्थ्यभन्दा बढी प्राथमिकता चाडपर्वलाइ दिने गर्छन् ।

    त्यस्तै छात्ती सम्बन्धि समस्या देखिएँ चिरचिर पसिना आएमा तुरुन्त चिकित्ससँग सल्लाह लिने अथवा नजिकैको स्वास्थ्य चौकी जान उनको सुझाव छ ।

    डाक्टर मदन पिया (क्यान्सर रोग विशेषज्ञ)
    नेपालमा हरेक वर्ष ५० हजारको संख्यामा क्यान्सरका नयाँ बिरामी थपिने नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको अनुमान छ ।

    केमियो थेरापी र ट्रिटमेन्ट सकाएर घरमा बसेका बिरामीका लागि दशैँमा कुन खानेकुरा कति मात्रामा खाने भन्नेबारे अस्पतालका क्यान्सर रोग विषेशज्ञ डाक्टर मदन पिया सुझाव दिन्छन् ।

    रातो मासु सकेसम्म नखाने ।

    विशेष गरी जङ फुड, बोसोयुक्त खानेकुरा, आगोमा पोलेको, तेलमा तारेको मासु नखाने ।

    बोतलमा प्याक गरिएका खानेकुरा सकेसम्म नखाने ।

    मादक पदार्थ, धुम्रपान लगायतले क्यान्सर रोग निम्त्याउने हुँदा यसको सेवन नगर्ने ।

    चाडपर्वमा एक/दुइ टुक्रा मासु खाँदा फरक पर्दैन तर धेरै खानु भएन ।

    त्यस्तै क्यान्सर भएर निको भएका बिरामीले पनि खानपीनमा ध्यान पुर्‍याउन उनको सुझाव छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार