२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

दुख्छ मेरो मुटु


५०४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १६, बुधबार मा प्रकाशित १ महिना अघि
  •  

    १. खाइरहन्छ कुटुकुटु
    दुख्छ मेरो मुटु………
    २. रक्सिको नशाले
    चुरोटको धुँवाले
    सुर्तीको फ्वाँकोले
    गाडीको मुस्लोले
    खाइरहन्छ कुटुकुटु‘‘‘
    ३. नुन चिनी चिल्लोले
    खन्चुवा बानीले
    धुलोको कणले
    बाहिरी पत्रु खानाले
    खाइरहन्छ कुटुकुटु‘‘‘
    ४. टि.भि. बहुत हेर्नाले
    लक्ष्य आफ्नो छोड्नाले
    रक्तचापको घटबढले
    मानसिक तनावले
    खाइरहन्छ कुटुकुटु‘‘‘
    ५. पूर्खाको जिनले
    साहुजीको रिनले
    सत्यको सरापले
    भोगीको कुलतले
    खाइरहन्छ कुटुकुटु‘‘‘
    ६. चल्छ रगत सुटुसुटु
    हाँस्छ मेरो मुटु…….
    ७. धुम्रपान छोड्नाले
    मद्यपान त्याग्नाले
    स्वस्छ वातावरणले
    फलफूलको सेवनले
    चल्छ रगत सुटुसुटु……
    ८. योग ध्यान व्यायामले
    घुमघाम र खानपानले
    सफा तन मनले
    प्रकृतीमा रम्नाले
    चल्छ रगत सुटुसुटु……
    ९. धर्मकर्म गर्नाले
    दिलमा शान्ती भर्नाले
    जलवायु सौर्यले
    झिलिमिली पार्नाले
    चल्छ रगत सुटुसुटु……
    १०. पौडी साइकल खेलकुदले
    हाँसो ठट्टा नाचगानले
    मुटु जाँच गर्नाले
    स्वास्थ्य ज्ञान छर्नाले
    चल्छ रगत सुटुसुटु……
    ११. तिमीलाई नि स्वस्थ मुटु
    हाम्लाई नि स्वस्थ मुटु…….

    (गितकार पुर्वशिक्षक –सिताराम शिपखान
    हुन्) पाँचखालकाभ्रे

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार